2005-05-25 - press release - CPN-M२०६२-०२-११ - प्रेस विज्ञप्ति - नेकपा-मा

Archive ref no: NCA-20984 अभिलेखालय सि. नं.: NCA-20984

प्रेस वक्तव्य

हाल नेपालमा राजतन्त्रविरोधी संयुक्त लोकतान्त्रिक गणतन्त्रवादी आन्दोलन अघि वढ्न लागिरहेको अवस्थामा त्यसलाई भाँड्न र फुटाउन विभिन्न कोणहरुबाट हाम्रो पार्टी र मेरा विरुद्ध भइरहेका दुष्प्रचारहरुको खण्डन गर्दै सत्यतथ्य जनतासमक्ष प्रस्तुत गर्न यो प्रेस—वक्तव्य जारी गरिएको छ।

१. यही २०६१ जेठ ६ गते दरवारिया भरौटे शाही सेनाले हाम्रो पार्टीका अध्यक्ष क.प्रचण्डको अडियो टेप सार्वजनिक गरेर हाम्रो आन्तरिक विवादलाई राजतन्त्रविरोधी आन्दोलन भाँड्ने हतियारका रुपमा प्रयोग गर्ने दुष्प्रयास गरेकोछ। सो टेपमा मलाई ुभारतपरस्तु भन्दै भारतीय सत्तापक्षले मेरो पार्टीमा पुनर्वहालीको प्रश्न र भारतीय जेलमा रहनु भएका हाम्रा वरिष्ठ नेताहरु क्m.किरण र क.गौरवको रिहाइलाई शर्तवन्दी गर्न खोजेको भन्ने विल्कुल निराधार, कपोलकल्पित, भ्रामक र चरित्रहत्या गर्ने खालको गंभीर आरोप लगाइएको छ। त्यसबारे क.प्रचण्डले जेठ ८ गते जारी गरेको प्रेस—वक्तव्यमा ूक.बाबुराम भट्टराईसंग सम्वन्धित कतिपय कुराहरुलाई घटनाक्रमको विकासले अहिले गलत सावित गरेकोू भनिएको छ र मैले सो सम्वन्धमा आÏनो असहमति र विरोध पार्टी केन्द्रीय कार्यालयमा प्रस्तुत गर्दै सो सम्पूर्ण घटनाक्रमको विस्तृत छानवीन गरेर सत्य—तथ्य पार्टी पंक्तिभित्र र जनसमक्ष ल्याउन आग्रह गरिसकेको छु। विगत करिब ३० वर्षदेखि राष्ट्रियता र जनवादका दुई प्रवर्गहरु बीचमा सही सन्तुलन कायम गरेर नयाँ जनवादी क्रान्ति सम्पन्न गर्ने अभियानमा लाग्दै आएको र सुगौली—सन्धी यताको नेपाल—भारत असमान सम्वन्धलाई प्रगतिशील ढंगले पुनर्संरचना नगरी नेपालको सर्वतोमुखी विकास सम्भव छैन भन्ने निष्कर्षकासाथ विद्यावारिधी सोधग्रन्थ तयार गरेर प्रकाशित गरेको व्यक्तिको देशभक्तिमाथि अहिले एक्कासी निराधार र दुराग्रहपूर्ण ढंगले प्रश्नचिन्ह लगाइ“दा मलाई निश्चित रुपले मर्माहत बनाएको छ। वैचारिक—राजनैतिक मतभिन्नता हुने वित्तिकै कसैलाई विदेशीको दलाल वा एजेन्टको रुपमा प्रस्तुत गर्न खोज्नु आÏनै राजनैतिक दिवालियापनको पराकाष्ठा मात्र हो। नेपालको वर्तमान राजनैतिक सन्दर्भमा राजतन्त्र र भारतीय सत्तापक्ष मध्ये राजतन्त्रसंगको अन्तरविरोध नै प्रधान हो र लोकतान्त्रिक गणतन्त्रको कार्यनीति नै अहिलेको सही कार्यनीति हो भन्ने हाम्रो पार्टी र मेरो दृढ मत रहँदै आएको हुँदा त्यसै आधारमा नै मलाई कसैले ुभारतपरस्तु भन्छ भने उ स्वयं राजापरस्त हुने स्वतस्सिद्ध छ। साथै विगतमा विदेश विभागको प्रमुखको हैसियतले मैले हाम्रा वरिष्ठ कमरेडहर क.किरण र क.गौरवको रिहाईको निम्ति हरसंभव कुटनीतिक र अन्य पहलहरु गर्दै आइरहेको यथार्थतालाई विर्सेर अहिले मलाई वहाँहरुको विरुद्धमा खडा गर्ने प्रयत्न कसैले गर्दछ भने त्यो भन्दा ठूलो झुट र वेइमानी अरु केही हुनै सक्दैन। त्यसैले पार्टीभित्रको स्वस्थ वैचारिक—राजनैतिक संघर्षलाई शत्रुतापूर्ण रुप दिने र अहिले देशमा चुलिंदै गैरहेको राजतन्त्रविरोधी संयुक्त आन्दोलनलाई कमजोर पार्ने सबै प्रयत्न र प्रवृत्तिदेखि सतर्क र सचेत रहन म पार्टीभित्रका सम्पूर्ण सहयोद्धा कमरेडहरु र आम जनसमुदायमा हार्दिक आग्रह गर्दछु।

२. सन् २००५ मईं २५ मा भारतबाट प्रकाशित हुने ुद टाइम्स अफ इण्डियाु अखबारले वडो सनसनीपूर्ण ढंगले प्रकाशित गरेको मैले भारतीय गुप्तचर संस्थाको सहयोगमा भारतीय कम्युनिष्ट पार्टी (माक्र्सवादी) का महासचिव प्रकाश काराट लगायत अन्यलाई भेटघाट गरेर नेपालको राजतन्त्रविरोधी आन्दोलनमा सहयोग जुटाउन खोजेको भन्ने समाचारटिप्पणीप्रति मेरो ध्यान आकर्षित भएको छ। त्यो सरासर झुट र बदनियतपूर्ण समाचारको आशय पनि नेपालको राजतन्त्रविरोधी आन्दोलनमा भ्रम सिर्जना गर्ने र हाम्रो पार्टीमा फुट पार्ने रहेको स्पष्टै छ। नेपालमा तत्काल लोकतान्त्रिक गणतन्त्र र संविधानसभाको न्यूनतम कार्यक्रमको पक्षमा विभिन्न राजनैति शक्तिहरु र अन्तर्राष्ट्रिय समुदायसंग आवश्यक पहल गर्ने लगायतका पार्टी केन्द्रले तोकेका जिम्मेवारीहरु पुरा गर्ने कार्यमा म सहित कतिपय कमरेडहरु क्रियाशील रहेको कुरा विल्कुल सत्य हो। त्यसबाट अत्तालिएर दरवारिया तत्व वा तिनका दलालहरुले नै मेरो चरित्रहत्या गर्न र पार्टीपंक्ति तथा जनसमुदायमा भ्रम छर्न अज्ञात भारतीय गुप्तचर संस्थासंग मलाई जोडेर यस्तो सरासर मनगढन्ते र षड्यन्त्रपूर्ण समाचारटिप्पणी प्रसारित गराएको सुस्पष्ट छ। अलिकति पनि सहजबुद्धि भएको र मेरो विगतको खुला पृष्ठभूमि र गतिविधिसंग जानकारी राख्ने जो कसैले मैले संसारका कसैसंग पनि कुनै प्रकारको सम्वन्ध राख्न कुनै स्वदेशी वा विदेशी गुप्तचर संस्थाको सहारा लिनु पर्दैन भन्ने राम्ररी बुझ्ने कुरा हो। त्यसैले यस्तो ग्वेवेलियन शैलीको दुष्प्रचारको भ्रममा पटक्कै नपर्न र नेपालमा हामी माओवादी क्रान्तिकारीहरु र संसदवादी राजनैतिक शक्तिहरु बीच साझा मोर्चा कायम गरेर सैनिक अधिनायकवादी राजतन्त्र विरुद्ध चोटीलो प्रहार केन्द्रित गर्ने कार्यमा सहयोग गर्न म सम्पूर्ण लोकतान्त्रिक राजनैतिक शक्तिहरु र अन्तर्राष्ट्रिय समुदायमा हार्दिक अपील गर्दछु।

३. हाम्रो क्रान्तिकारी पार्टीभित्र केही समयदेखि चल्दै आएको वैचारिक—राजनैतिक सघर्षलाई एककाइसौं शताव्दीमा जनवादको विकासको मूल मर्म र क्रान्ति र पार्टीको बिकासको नयाँ आवश्यकता अनुरुप सार्वजनिक समेत गरेर जाने र आम पार्टीपंक्ति र जनसमुदाय समेतको सक्रिय सहभागितामा क्रान्तिकारी द्धन्दवादी ढंगले हल गरेर जाने हाम्रो पार्टी केन्द्रीय कार्यालयको हालैको निर्णयप्रति मेरो पूर्ण सहमति रहेको जानकारी पनि म सम्वन्धित सबैलाई गराउन चाहन्छु। एउटा जीवन्त क्रान्तिकारी पार्टीभित्र निरन्तर चलिरहने अन्तरविरोधहरुलाई प्रशासनिक र बल प्रयोगको तरिकाले होइन कि विधिसम्मत् भित्री र बाहिरी वृहद् जनवादको अभ्यासको तरिकाले मात्र हल गर्न सकिन्छ भन्ने माक्र्सवाद—लेनिनवाद—माओवादको पछिल्लो विकसित मान्यता हो। त्यसैले दाहिने या देव्रे विभिन्न अवसरवादी र प्रतिक्रियावादी कोणबाट आउन सक्ने गुटपरस्त र फुटपरस्त प्रवृत्तिलाई परास्त गर्दै यो वृहद् जनवादको अभ्यास मार्फत् पार्टीमा नयाँ आधारमा नयाँ एकता कायम गरेर अघि बढ्न म सम्पूर्ण पार्टी, जनमुक्ति सेना र मोर्चाहरुमा कार्यरत सहयोद्धा कमरेडहरुमा हार्दिक आग्रह गर्दछु। साथै प्रतिक्रियावादी र अवसरवादीहरुले फैलाउने सबै प्रकारका भ्रमहरुलाई चिर्दै तत्काल लोकतान्त्रिक गणतन्त्रको न्यूनतम कार्यक्रमलाई सफल पार्न संयुक्त आन्दोलनको आँधिवेहरी सिर्जना गर्न पनि सम्पूर्ण क्रान्तिकारी कमरेडहरु र आमजनसमुदायलाई विशेष अपील गर्दछु।

२०६० जेठ ११

बाबुराम भट्टराई
ने.क.पा.(माओवादी)