2005-05-17 - press release - CPN-M२०६२-०२-०३ - प्रेस विज्ञप्ति - नेकपा-मा

Archive ref no: NCA-20983 अभिलेखालय सि. नं.: NCA-20983

जनमुक्ति सेना, नेपाल
पूर्वी डिभिजन कार्यालय

सिन्धुली र उदयपुर भीडन्तवारे प्रेस वक्तव्य

रणनैतिक प्रत्याक्रमणको योजना कार्यान्यवनको क्रममा हालै सम्पन्न ऐतिहासिक वन्दीपुर, चौहर्वा, मिर्चैया र धारापानी मोर्चामा भएका विजय र मोर्चावद्ध युद्धलाई निरन्तरता दिंदै यही जेठ १ र ३ गते सिन्धुलीको जरायोटार क्षेत्रमा तथा २ गते उदयपुरको चिसापानीमा भीषण मोर्चावद्ध भीडन्त भएको छ। चिसापानीमा विहान दुइघण्टासम्म भएको मोर्चावद्ध भीडन्तपश्चात् शाही जल्लादहरु पराजित भई भागदौड गरेका थिए। भीडन्तमा ३५ जना शाही सेनाहरुको घटनास्थलमै मृत्यु हुनुका साथै दुई दर्जनभन्दा बढी सख्त घाइते हुन पुगेका छन्। सो भीडन्तवाट जनमुक्ति सेनाले पाँच थान इन्सास राइफलसहित विभिन्न राइफल, ५ हजार राउण्ड गोली, २० वटा झोला, टु इन्च मोर्टार सेल १० वटा, संचारसेट १ थानसहितका युद्धसामग्रीहरु कब्जा भएका छन्। उक्त भीडन्तमा हाम्रँेतर्फ कम्पनी कमाण्डर अनुसहित ३ जनाको उच्च शहादत भएको छ।

त्यसैगरी जेठ १ गते सिन्धुलीको जरायोटारस्थित सान्धानीमा ४ घण्टासम्म भएको मोर्चावद्ध भीडन्तमा १२ शाही सेनाको मृत्यु भएको छ। सो भीडन्तमा ५०० थान गोली, झोलासहित महत्वपूर्ण युद्ध सामग्रीहरु कब्जा भएको छ। भीडन्तमा हाम्रँेतर्फ २ जनाको शहादत प्राप्त भएको छ। त्यसैगरी जेठ ३ गते जरायोटार क्षेत्रमै शाही सेनाको एउटा कम्पनी वरावरको दस्ता गाउमा आएर लुटपाट र आतंक मच्चाइरहेको अवस्थामा जनमुक्ति सेना पूर्वी डिभिजनको एक टुकडीले आक्रमण गरेको छ। केही वेरसम्म भएको दोहोरो भीडन्तमा ३ शाही सेनाको मृत्यु हुनाका साथै कैयौ घाइते भएका छन्। यो भीडन्तमा शाही सेनाका १ थान फोल्डिङ इन्सास र २ थान इन्सास राइफल, १ थान पेष्तोल तथा हजारौ राउण्ड गोलीहरु कब्जा गरिएको छ। यो भीडन्तमा जनमुक्ति सेनातर्फ कुनै क्षति भएको छैन।

यि मोर्चाहरुमा उच्च शहादत प्राप्त गर्नुहुने कम्पनी कमाण्डर अनुसहितका वीरयोद्धाहरुप्रति भावपूर्ण श्रद्धान्जली अर्पण गर्दै महान् जनयुद्धलाई विजयसम्म पुर्याउने दृढता व्यक्त गर्दछौ। साथै सामन्ती निरंकुश शाही फासीवाद विरोधी देशभक्त लोकतान्त्रिक शक्तिहरुको आन्दोलनप्रति जनमुक्ति सेनाको तर्फवाट ऐक्यवद्धता जाहेर गर्दछौ। आगामी मोर्चा अझै भीषण, उच्च र अभुतपूर्व हुने पनि यसै वक्तव्यमार्फत जानकारी गराउन चाहन्छौ।

२०६२ जेठ ३

अनन्त
कमाण्डर
पूर्वी डिभिजन
जनमुक्ति सेना, नेपाल
ने.क.पा.(माओवादी)