2005-01-18 - press release - CPN-M२०६१-१०-०५ - प्रेस विज्ञप्ति - नेकपा-मा

Archive ref no: NCA-20991 अभिलेखालय सि. नं.: NCA-20991

नेपाल कम्यूनिष्ट पार्टी (माओवादी)
Communist Party of Nepal (Maoist)
केन्द्रीय समिति
Central committee

प्रेस वक्तव्य

आÏनै व्यारेकमा समेत रक्षात्मक स्थितिमा पुगेको शाही सेनाका बलमा टिकेको काठमाडौंस्थित पुरानो सामन्ती सत्ताको देउवा—एमाले नामको सरकारले शाही सैनिक अधिनायकवादको स्वार्थ रक्षाका लागि सिंगो देश एवं सबै तह र तप्काका जनसमुदाय माथि अभूतपूर्व संकट थोपर्ने मूर्खतापूर्ण दूःस्साहस गरिरहेको छ। आÏनो नियुक्तिको पहिलो चरणमै सामन्ती दरवारको खर्च बढाएर तथा शाही सेनाको आतंकलाई लगाम विहीन तुल्याउने कालो कानुनको निर्माण गरेर कुख्याती कमाएको देउवा—एमाले सरकारले अब पेट्रोलियम पदार्थको आश्चर्यजनक मूल्यबृद्धि संगै अध्यादेश मार्फतको कथित बजेटद्वारा सीमित राष्ट्रिय उद्योग धंधादेखि सर्वसाधारण जनतासम्म विविधरुपका कर बृद्धि गरी सबैको ढाड भांचेर मरणासन्न शाही आतंककारी सेनालाई पोस्ने भयानक कुकृत्यमा उत्रेको छ।

सर्वमान्य अन्तर्राष्ट्रिय मध्यस्थता र संविधानसभा मार्फत तत्काल राजनीतिक निकास अपरिहार्य बनिसकेको आजको परिस्थितिमा त्यो दिशातिर ठोस पहल गर्नुको सट्टा मजदूर किसानदेखि राष्ट्रिय उद्योगपतिसम्मको निर्मम शोषण गरेर शाही फासीवादको अस्तित्व धान्ने कुकृत्यको चौतर्फी विरोध गर्नु विल्कुल न्यायसंगत र अनिवार्य छ। पुरानो सत्ताका उपरोक्त जनघाती क्रियाकलापको विरोधमा आवाज उठाउने तथा सडकमा प्रतिरोध गर्ने विभिन्न राजनैतिक दल, जनवर्गीय संगठन तथा नागरिक समाजप्रति हाम्रो पार्टी आÏनो दृढ ऐक्यबद्धता प्रकट गर्दछ। सामन्ती प्रभुहरुको स्वार्थका निमित्त देश र जनतालाई धरापमा पार्ने सबै प्रकारका कर र मूल्यवृद्धि अविलम्ब फिर्ता गर्न हामी पुराना सत्ताका ठेकेदारहरुसंग जोडदार आग्रह गर्दछौं। यदि त्यो दिशामा ठोस पहल नगरिए हामी देशव्यापी सशक्त प्रतिरोधमा उत्रन बाध्य हुनेछौं, जसबाट निस्कने परिणामको जिम्मेवार पुरानो सत्ता नै हुनेछ।

भरपर्दो अन्तर्राष्ट्रिय मध्यस्थता र संविधानसभा जस्तो प्रजातान्त्रिक निकासको पक्षमा वातावरण बनाई गृहयद्धको शान्तिपूर्ण समाधान छाडेर कथित निर्वाचनको डिंग हांक्ने देउवाको प्रलाप उनीहरुकै लागि धेरै महंगो पर्ने छ। जनमुक्ति सेनासंगको वास्तविक मोर्चामा देशव्यापी पराजय भोग्दै व्यारेकमा कैद हुन पुगेको कथित शाही सेना अब व्यारेकमा पनि सुरक्षित हुने छैन। यो स्थितिमा निर्वाचनको कुरा गर्नु आÏनै सर्वनाश निम्त्याउनु बाहेक के हुन सक्छ ?

इतिहासमा थांति रहेको प्रजातन्त्रको पूर्णताका निम्ति पुरानो सामन्ती प्रतिगामी सत्ताका विरुद्ध संघर्षको आंधिबेहरी सृष्टि गर्न हाम्रो पार्टी देशका संपूर्ण राजनीतिक दल, नागरिक समाज र आम जनसमुदायसंग हार्दिक अपील गर्दछ। सामन्ती तत्वहरुको पराजय र जनताको विजय अब नजिक आइसकेको छ। इतिहासको यो अपरिहार्य फैसला कसैले रोक्न सक्ने छैन।

५ माघ, २०६१

प्रचण्ड
अध्यक्ष
केन्द्रीय समिति
ने.क.पा.(माओबादी)