2004-12-26 - press release - CPN-M२०६१-०९-११ - प्रेस विज्ञप्ति - नेकपा-मा

Archive ref no: NCA-20925 अभिलेखालय सि. नं.: NCA-20925

नेपाल कम्युनिष्ट पार्टी (माओवादी)
Communist Party of Nepal (Maoist)
केन्द्रीय समिति
Central Committee

प्रेस वक्तव्य

विश्व सर्वहारा वर्गका महान् नेता तथा माओवादका प्रर्वतक क.माओत्सेतुङ् (सन् १८९३ देखि १९७६) को जन्म जयन्ती सदा झैं यसवर्ष पनि २६ डिसेम्वरका दिन विश्वभरका श्रमजीवी जनसमुदायले उच्च सम्मान र गर्वका साथ मनाउदै छन्। सचेत सर्वहारा प्रतिनिधि तथा आम श्रमजीवी वर्गका निमित्त माओ जयन्ती मनाउनु कुनै औपचारिकता नभएर साम्राज्यवादी विश्व व्यवस्था, सवैखाले प्रतिक्रियावाद, संशोधनवाद र अवसरवादका विरुद्ध क्रान्तिको झण्डालाई अझ माथि उठाउने प्रतिज्ञाको नवीकरण गर्नु हो। माओले देखाएको वाटोमा सृजनात्मकढंगले अगाडि बढदै जादा हाम्रो गौरवशाली पार्टी ने.क.पा.(माओवादी)को नेतृत्वमा पहल गरिरहेको जनयुद्ध आज रणनैतिक प्रत्याक्रमणमा प्रवेश गरेको विशिष्ठ अवसरमा माओ जयन्ती मनाउनुको अर्थ र महत्व पनि विशिष्ठ नै छ।

साम्राज्यवाद र विस्तारवादद्वारा पालित पोषित सामन्ती सैनिक फासीवादका विरुद्ध अनेकौ युद्धमोर्चामा वम, गोला र वारुदको धुवासँगै माओ जयन्ती मनाउने बिशेषता नै हाम्रो विशिष्ठता हो। “राजनैतिक सत्ताको जन्म वन्दुकको नालवाट हुन्छ” भन्ने माओको सु–प्रसिद्ध प्रस्थापनालाई क्रान्तिको व्यवहारमा दृढतापूर्वक लागू गर्दै रणनैतिक प्रत्याक्रमणको पहिलो योजना कार्यान्वयन गरी रहेको हाम्रो पार्टीको काधमा विश्व क्रान्तिलाई सेवा गर्ने गहन जिम्मेवारी रहेको छ। दुश्मनका विरुद्ध युद्धमोर्चाहरुमा जीवनमरणको लडाइको नेतृत्व गरिरहेको हाम्रो पार्टी एकसय वार््हैं माओ जयन्तीका सन्दर्भमा निम्न प्रतिज्ञा स्पष्ट गर्न चाहान्छ।

माक्र्सवाद–लेनिनवाद–माओवादका रुपमा सष्लेषित अन्तर्राष्ट्रिय सर्वहारा वर्गको वैज्ञानिक एवं क्रान्तिकारी विचारको रक्षा गर्ने, प्रयोग गर्ने र विकास गर्ने प्रश्नवारे हामी कहिल्यै विचलित हुने छैनौं।

अन्तर्राष्ट्रिय सर्वहारा वर्गको वर्गसंघर्षको सर्वोच्च अभिव्यक्तिका रुपमा क.माओको नेतृत्वमा छेडिएको महान् सर्वहारा साँस्कृतिक क्रान्ति र त्यसैक्रममा माओद्वारा विकसित सर्वहारा वर्गको अधिनायकत्व अन्तर्गत निरन्तर क्रान्तिको सिद्धान्तलाई आफ्नो कामको प्रस्थान विन्दु वनाउने अडानप्रति पार्टी आफ्नो अविचल दृढता व्यक्त गर्दछ।

क्रान्तिको विकाससँगै असाधारण रुपले जटिल वनेर आउने प्रतिक्रान्तिकारी संशोधनवादका विरुद्धको वैचारिक र व्यवहारिक संघर्षलाई नयाँ उचाइमा उठाएर निरन्तर क्रान्तिको माध्यमवाट प्रतिक्रान्ति रोक्ने प्रकृयालाई पार्टीले सर्वाधिक महत्वपूर्ण कार्यको रुपमा हमेशा लिइरहने छ।

सर्वहारा अन्तर्राष्ट्रियवादप्रति अविचल दृढता सहित पार्टी मालेमावादको निर्देशनमा एक्काइसौ शताब्दीको नयाँ अन्तर्राष्ट्रियको गठनमा क्रान्तिकारी अन्तर्राष्ट्रियतावादी आन्दोलन (रिम)ले खेलिरहेको भुमिकामा आफ्नो तर्फवाट अझ ठोस सहयोग पुर््याउने प्रतिवद्धता व्यक्त गर्दछ।

साम्रँजयवादी, विस्तारवादी र सवैखाले प्रतिक्रियावादी षडयन्त्रका विरुद्ध जनयुद्धको झण्डालाई विश्वको सर्वोच्च शिखर सगरमाथामा गाडेर नयाँ शताब्दीमा विश्व क्रान्तिको नयाँ लहर पैदा गर्न महान् नेपाली जनताले प्रदर्शन गरिरहेको अभुतपूर्व त्याग र वलिदानका कीर्तिमानहरुप्रति गर्व गर्दै पार्टी अन्त्यसम्म जनताको नेतृत्वगरिरहने आफ्नो प्रतिज्ञा जाहेर गर्न चाहान्छ।

२०६१ पुष ११ गते

प्रचण्ड
अध्यक्ष
केन्द्रीय समिति, ने.क.पा.(माओवादी)