2004-12-23 - press release - CPN-M२०६१-०९-०८ - प्रेस विज्ञप्ति - नेकपा-मा

Archive ref no: NCA-20927 अभिलेखालय सि. नं.: NCA-20927

प्रेस विज्ञप्ती

हाम्रो महान् एवं गौरबशाली पार्टी ने.क.पा.(माओवादी)को प्रत्याक्रमणको चरणको पहिलो योजना कार्यान्वयन एवं सफलताबाट पुरानो सत्ता राजनैतिक एवं फौजीरुपल क्षेतविक्षत हुनपुगेको छ र साम्राज्यवादसामू घुँडा टेकी राष्ट्रिय अस्तित्वमा खतरा बढेर आएको छ। क्रान्तिकारी विचारबाट निर्देशित जनता, पार्टी र जनमुक्ति सेनाको असिम, त्याग, विरता एवं बलिदानबाट क्रान्तिलाई नयाँ विचारको जन्म दिंदै केन्द्रीय सत्ता कब्जाको अन्तिम चरण प्रवेशले नेपाली शासक मात्र होइन संकटग्रस्त विश्व साम्राज्यवादीहरुसमेत नाङ्गो चरित्र प्रदर्शन गरिरहेका छन्।

मालेमावाद र प्रचण्डपथको संयुक्त विचारबाट लैस जनमुक्ति सेनालाई नयाँ फौजी कला र प्रविधिको प्रयोगबाट कथित सुरक्षाकर्मीहरु माथि आक्रमण गर्दै सफलता हासिल गर्दै फासीवादी सत्ताको अन्तिम पराजयको सुनिश्चित गरेको छ भने सिंगो सर्वहारा र शोसित पीडित जनतामा नयाँ उत्साह एवं विश्वास पैदा गरेको छ। ज्ञानेन्द्रको फासीवादी सत्तालाई तराईबाट गुमेको सत्ताले ब्यूँताउन चुरेलाई केन्द्र बनाई सैन्य अभियान संचलन गर्दै आएको नरसंहारकारी सैन्य दस्तामाथि यस मंगलसेन फ्रस्ट ब्रिगेडको एसटीएफ र अन्य शक्तिबाट अर्घाखाँचीको सिद्धारा गाजसमा २० दिनको अन्तरालमा चार वटा आक्रमणहरु सफल पारी दुश्मनको अभियान असफल तुल्याएको छ। यही पुस ८ गते सिद्धाराको बतासेडाँडा भन्ने स्थानमा यस ब्रिगेडको एउटा शक्तिले आक्रमण गर्दा कथित शाही अमेरिकन सेना पाँच जना मरेको र २५ जना घायल भएका छन् भने युद्धसामग्री पनि कबजा गरी क्षेतविक्षेत बनाइएको छ। जनमुक्ति सेनातर्फ सेक्सन सह–कमाण्डर कमरेड छाँयाको शहादत भएको छ भने ७ जना कमरेडहरु घायल हुनुभएको छ। शहादत प्राप्त गर्नुहुने कमरेडप्रति श्रद्धाञ्जली टक्राउँदै सोकाकुल परिवारमा हार्दिक समवेदना टक्राउनकासाथै घाइते कमरेडहरुको सीघ्र स्वास्थ्य लाभको कामना गर्दछौं।

वर्गविहिन समाज मात्रै स्थायी शान्तिको समाज बन्ने वैज्ञानिक विचारकासाथ क्रान्तिले अन्तिम विजय हासिल गर्ने चरणमा प्रवेश गरिरहेको परिवेशमा पुरानो सत्ताद्वारा राष्ट्रिय अस्तित्व मेटाउने खतराबाट बचाउन सम्पूर्ण राष्ट्रवादी शक्तिहरुको एकता अपरिहार्य बनेको छ। सम्पूर्ण शोसित वर्गको एकता नै क्रान्तिमा उर्जा शक्ति हुनेछ। अन्तिम जीत सर्वहारा वर्गको नै हुनेछ। धन्यवाद †

२०६१/९/८

सुनिल
सीसीएम तथा व्रिगेड कमिसार