2004-12-21 - press release - CPN-M२०६१-०९-०६ - प्रेस विज्ञप्ति - नेकपा-मा

Archive ref no: NCA-20931 अभिलेखालय सि. नं.: NCA-20931

नेपाल कम्युनिष्ट पार्टी (माओवादी)
वाग्मती+नारायणी क्षेत्रीय व्यूरो संयोजन समिति
पूर्वी केन्द्रीय कमाण्ड

२०६१ साल पौष ४ गते फासिवादी शाहीजल्लादहरुले आफ्नो घृणित कलंकित इतिहासमा अर्को जघन्य अपराधको श्रृखंला थपेका छन्। जनमुक्ति सेना नेपाल ५औं ब्रिगेट अन्र्तगत सि कम्पनिका सह—कमिसार प्रशान्त (साधुराम देवकोटा) जो रहस्यमय ढंगले कब्जामा परेको खबर सार्वजनिक भएको थियो। नीज प्रशान्तलाई जनता,जनयुद्ध र हाम्रोपार्टीका बिरुद्ध प्रयोग गरेको र त्यसबाट पार्टीलाई निकै क्षति पुगेको थियो। गत पौष ३ गते जनमुक्ति सेना नेपाल ५औं ब्रिगेट १३औं बटालिएन अन्र्तगत विशेष कार्यदलले काठमाण्डौको साँखु स्थीत इलाका प्रहरी कार्यालयमा साहासीक र चमत्कारी हमला गरि गुणात्मकाप्रकारको फौजी कार्वाही सफल गरेका थिए। उक्त प्रहरी कार्यालय कब्जाभएको खबर थाहापाएपछि शाही सेना नामका अपराधिहरुले प्रशान्तलाई निर्घात कुटेर पाशविक तरिकाले हत्या गरे। उक्त घृणित एवं क्रुर हत्याकाण्डाको तिव्र रोषका साथ विरोध र भत्र्सना गर्दै हाम्रो पार्टी छानविनको लागि कडा दबाव दिन सम्पुण मानवअधिकारवादी,पत्रकार,नागरिक समाजलाई अपिल गर्दछ। आत्मासर्मंपण गरिसकेको र आफ्नो कब्जामा रहेको मान्छेलाई आत्माहत्याको जालसाची बयान जारी गरेर शाही जल्लादहरुले आफ्नो कायर र षडयन्त्रकारी चरित्रको दुनियाको सामु परिचय दिएका छन्। ति अपराधिहरुलाई हाम्रो पार्टी जनमुक्तिसेनासंग आमने सामने लड्न तयार रहदै त्यसप्रकारका घृणित र अपराधिक कार्यको तुरुन्त बन्दगर्न कडा चेतावनी दिन चाहन्छ।

मितिः ०६१पौष ६गते

(कञ्चन)
इन्चार्ज तथा संयोजक
वाग्मती+नारायणी क्षेत्रीय व्यूरो संयोजन समिति
पूर्वी केन्द्रीय कमाण्ड
ने.क.पा.(माओवादी)