2004-12-19 - press release - CPN-M२०६१-०९-०४ - प्रेस विज्ञप्ति - नेकपा-मा

Archive ref no: NCA-20930 अभिलेखालय सि. नं.: NCA-20930

जनमुक्ति सेना नेपाल
१४औं बटालियन को कार्यालय

मितिः २०६१।०९।०४

प्रेस विज्ञप्ति

सर्वहारा वर्गको अग्रदस्ता ने.क.पा.(माओवादी)द्धारा महान जनयुद्धको रक्षा,सन्तुलनको चरण सम्पन्न गरी प्रत्याक्रमणको पहिलो फौजी योजनाको प्रवेश संगै जनमुक्तिसेना नेपाल बेथानस्मृति ५औं ब्रिगेड १४औं बटालिएनको विशेष कार्यदल (एस.टि.एफ) द्धारा अप्रेशन फोटीन अन्र्तगतको मुख्य फौजी कार्बाही यहि पुष ४ गते दिउसो ११ः५५बजे अरनीको राजमार्ग अन्तगत दोलखा जिल्ला लाकुरी डाँडा गा.ज.स.को सुरक्षा गुल्म खरिढुंङ्गा देखि ३ की.मि. पश्चिम दोलखा सिन्धुपाल्चोक जिल्लाको सिमानामा पर्ने निगाले गाउँमा भएको फाइरीङ एम्वुसमा खरिढुङ्गा गुल्म बाट जनहत्याका लागि गस्तीमा निस्केका शाही अमेरीकन सेनाका शाही सेनाका जल्लादहरुलाई जनमुक्ति सेनाद्धारा किलीङ रेन्जमा पारेपछि अत्मसर्पणको कासन कमाण्डरले गर्दा पनि अत्मसर्मपण नगरेपछि फाइरीङ द्धारा सेनाको जमदार (टिम कमाण्डर) सहित दश जनाको घटनास्थलमानै मृत्युभएको छ भने बाँकि सबै सक्त घाईते भएका छन्। उक्त फाइरिङ एम्वुसबाट जनमुक्ति सेनाले इन्सास एल.एम.जी. —१थान सो को म्याग्जीन १६थान, इन्सास राईफल ८ थान सो को म्याग्जीन ३९ थान, एस.एम.जी १थान सो को म्याग्जीन ९थान एस.एल.आर. एक थान सो को म्याग्जीन ४थान, जम्मा गोली ३हजार ९५ राउण्ड र घट ग्रिनेट ११थान, टु इन्च मोटार सेल १थान,वेल्ट २थान र नगद रु १५५ कब्जा गरेका छन्। र यसै गरि उक्त घटनामा दुश्मनसंग उच्च सहासका साथ लड्दा लड्दै सहादत प्राप्त गर्नु हुने ए कम्पनी सह कमिसार क कृष्णा(राम बालक पटेल) रौतहट, ए कम्पनि अन्र्तगत प्लाटुन कमाण्डर क जया( जय घलान) काभ्रे, एल.एम.जी.ग्रुपका एस डि एल क सुरेन्द्र,(सिंह बहादुर मोक्तान) रामेछाप लाई १४औं बटालिएन कार्यालय उच्च सम्मानका साथ श्रदाञ्जली अर्पण गर्दै महान शहिद भएको घोषणा गर्दछौ। उहाँ महान शहीदहरुले बगाएको रगतको बदला युद्धमोर्चाबाट लिने प्रतिबद्धता व्यक्त गर्दछौ। यस अप्रेशन फोटिन्थको फौजीकार्वाहीको तयारीदेखि अन्त्य सम्म सहयोग गर्नुहुने स्थानिय पार्टी कमिटि लगाएत सम्पुर्ण जनसमुदायलाई १४औं बटालियन हार्दीक आभार प्रकट गर्दछ।

अनिल
कमिसार
१४औ बटालियन

रामजी
कमाण्डर
१४औ बटालियन