2004-12-11 - press release - CPN-M२०६१-०८-२६ - प्रेस विज्ञप्ति - नेकपा-मा

Archive ref no: NCA-20937 अभिलेखालय सि. नं.: NCA-20937

वक्तव्य

नेपाल कम्युनिष्ट पार्टीका संस्थापक सदस्य तथा ने.क.पा.(एकताकेन्द्र–मसाल)का सल्लाहकार कमरेड निरञ्जनगोविन्द वैद्यको निधनको खवरले हामीलाई शोकसन्तप्त वनाएको छ। आफ्नो जीवनको अन्तिम समयसम्म सामन्तवाद र साम्राज्यवादका विरुद्ध खडा हुँदै कम्युनिष्ट आन्दोलन खास गरेर कम्युनिष्ट साहित्यको प्रकाशन तथा प्रचारमा निरन्तर योगदान गर्दै आउनु भएका क.वैद्य नेपाली जनयुद्धप्रति सकारात्मक र आशावादी धारणा राख्नुहुन्थ्यो र जनयुद्धलाई समर्थन एवं सक्दो सहयोग गर्दै आउनु भएको थियो। जीवनका अन्तिम घडीमा जनयुद्धले निर्माण गरेको जनमुक्ति सेना र आधार क्षेत्रका जनसमुदायसँग भेटने तथा पार्टी स्थापनास्थलमा आफ्नो फोटो खिचाउने उहाँको सदिच्छा पूरा गराउन हाम्रो तर्फबाट सहयोग एवं आवश्यक व्यवस्थापनको तयारी भइरहेकै वेला उहाँको निधनले हामीलाई विशेष रुपले दुःखित तुल्याएको छ। पार्टी संस्थापकका हैसियतमा उहाँको निधनले इमान्दार कम्युनिष्ट व्यक्तित्व र प्रेरणा, नेपाली जनताले गुमाउनु परेको महशुुस हामीले गरेका छौं।

हाम्रो पार्टी ने.क.पा.(माओवादी) जनमुक्ति सेना, नेपाल र समग्र क्रान्तिकारी जनसमुदायको तर्फवाट उहाँप्रति अन्तिम लालसलाम टक्राउँदै भावपूर्ण श्रद्धान्जली अर्पण गर्दछ। साथै हामी उहाँको निधनबाट शोकाकुल परिवारजनप्रति हार्दिक समवेदना व्यक्त गर्दछौं।

२०६१ मंसिर २६ गते

कृष्णबहादुर महरा
प्रवक्ता
ने.क.पा.(माओवादी)
केन्द्रीय समिति