2004-12-08 - press release - CPN-M२०६१-०८-२३ - प्रेस विज्ञप्ति - नेकपा-मा

Archive ref no: NCA-20936 अभिलेखालय सि. नं.: NCA-20936

वक्तव्य

मसाल गुटद्वारा फासिवादी संचार माध्यमबाट पुनः गरिएको झुटो र भ्रामक प्रचार बारे !

शाही फासिवाद र वैदेशिक हस्तक्षेप बिरुद्ध सम्पूर्ण देशभक्त र जनवादी शक्तिहरुको संयुक्त जनआन्दोलन होस् भन्ने आम जनसमुदायको सदिक्षा र हाम्रँे पार्टीले त्यस दिशातिर गरेको सचेत पहलको विपरीत मसाल गुटले दुश्मनको उक्साहटमा लागेर हाम्रँे विरुद्ध झन उग्र प्रकारले अचेत भन्डाफोर र प्रतिरोधको दंगा पिट्दै फासिवादी संचार माध्यमबाट झुटो र उत्ताउलो प्रचार गरिरहेको छ। यसले फासिवाद विरोधी मोर्चालाई क्षति मात्र गराएको छैन, अपितु फासिवादी र साम्राज्यवादीलाई सघाइरहेको तथ्य पुनः स्पष्ट गर्दछौ। यस मसाल गुटले, एकता केन्द्र मसालसंग भएको ६ बुँदे सम्झौताहरु एक अर्काको बिरुद्ध उत्तेजित भाषण नगर्ने, साझा छलफल गर्न पाउने, वार्ता टोली बनाउने, कब्जा गरेका सामग्रीहरु फिर्ता गर्ने, कब्जा परेका मान्छेहरु मुक्त गर्ने आदिको पालना त कुरै छोडौं, अर्काे दिनबाटै उनीहरु हामीलाई सामाजिक फासिवादी, सैन्यवादी भन्दै उत्तेजना फैलाउदै हिंडे र मोहनविक्रमले दिन–दिनै जसो वक्तव्य प्रकाशन गरिरहेका छन्।

बाग्लुङमा हामीले आक्रमण गरेको प्रचार सरासर झुटो र भ्रामक छ। सत्य यो हो कि मंसिर १२ गते हाम्रँ कमरेडहरु जिल्ला इन्चार्जको नेतृत्वमा जनसभा गर्न होक्दीसेर गाजसको बर्याङ बजारमा पुग्दा सभामा आइरहेका जनतासहितलाई मसालका कार्यकर्ताहरुले उत्तेजित नाराबाजी गर्दै ढुंगामुढा गरे। १२ गते साँझ नै उनीहरुले हाम्रँ २ जना डि.सि.एम. कमरेडहरु उत्तम र बिद्रोही लाई अपहरण गरे। १३ गते दिउसो डि.सि.एम. कमरेड चिरञ्जिवी र ३ जना अन्य बिरामी कमरेडहरुलाई अपहरण गरे। यसपछि मात्र कमरेडहरुलाई छुटाउन हिंडेका हाम्रँ कमरेडहरुसंग भिडन्त हुँदा मसालका केही कार्यकर्ता घाइते हुन पुगेका छन्। यो सब सत्य होइन भने नागरिक समाज र मानवअधिकारवादी संथाले स्वतन्त्र अध्ययन गरुन भन्ने हाम्रँे आग्रह छ।

अहिले मसालको उद्दन्ड क्रियाकलाप र प्रचारलाई शेरबहादुर देउवा, सेना र प्रहरीले उक्साइरहेका छन् र उनीहरुको उक्साहटमा लागेर प्युठान अर्घाखाँचीमा पनि कु–प्रचार गर्ने र वातावरण धुमिल्याउने षड्यन्त्र भैरहेको छ। त्यसप्रति सबैको ध्यान पुग्न जरुरी छ।

अझै पनि आम जनसमुदायको विचार भावना अनुरुप हाम्रँे आक्रमणको मुख्य निसानामा फासिवाद नै रहेको छ। साथै एके–मसालले पनि भुलहरु सच्चाउँदै त्यसै गरोस् भन्ने हाम्रँे चाहना छ। यदि त्यसो भएन भने हाम्रँे विषेश क्षेत्र अन्यायको प्रतिरोध गर्न पाउने क्रान्तिकारी अधिकार अन्तर्गत अरु कडा निर्णय लिन पनि नछोड्ने स्पष्ट गर्दछौ।

२०६१ मंसिर २३

विप्लव
इन्चार्ज
विशेष क्षेत्रीय व्युरो
मध्य कमाण्ड
ने.क.पा.(माओवादी)।