2004-09-01 - press release - CPN-M२०६१-०५-१६ - प्रेस विज्ञप्ति - नेकपा-मा

Archive ref no: NCA-18926 अभिलेखालय सि. नं.: NCA-18926

नेपाल कम्युनिष्ट पार्टी (माओवादी)
Communist Party of Nepal (Maoist)
केन्द्रीय समिति
Central Committee

प्रेस विज्ञप्ति

हालै नेपाली सर्वहारा वर्गको महान र गौरवशाली अग्रदस्ता, नेपाल कम्युष्टि पार्टी (माओवादी) को केन्द्रीय समितिको पूर्ण बैठक (Plenum) देशको एक ग्रामिण आधार इलाकामा विभिन्न तूल, ब्यानरद्धारा विशेषरुपले सजिएको सभागृहमा सफलतापूर्वक सम्पन्न भयो। जनमुक्ति सेनाको विशेष सुरक्षा घेरा तथा आम जनताको प्रत्यक्ष सहयोगकासाथ, दुश्मनको कब्जामा रहेका बाहेक देशका सबै क्षेत्र, मोर्चा र विभागको जिम्मेवारी बहन गरिरहेका सम्पूर्ण सदस्यहरुको उपस्थिति र अध्यक्ष क. प्रचण्डको अध्यक्षतामा दस दिनसम्म चलेको केन्द्रीय समितिको ऐतिहासिक बैठकका महत्वपूर्ण निर्णयहरुको सारसंक्षेप सार्वजनिक गर्न यो प्रेस विज्ञप्ति जारि गरिएको छ।

१) अध्यक्ष क. प्रचण्डको उदघाटन मन्तव्यसहित अगाडि बढेको केन्द्रीय समितिको बैठकको प्रारम्भमा केन्द्रीय समिति सदस्य क. परिवर्तनलगायत महान जनयुद्धका अमर शहिदहरु तथा देशभित्र र बाहिरका तमाम ज्ञात-अज्ञात शहिदहरुप्रति मौनधारण गरि भावपूर्ण श्रद्धाञ्जली अर्पण गरियो।

२) केन्द्रीय समितिको पूर्ण बैठकमा पहिलो पटक उपस्थित नवनियुक्त केन्द्रीय सदस्यहरुद्धारा आफनो पद र जिम्मेवारीप्रति गहन भावउत्तेजक प्रतिबद्धता प्रकट गर्ने कार्यक्रम सु-सम्पन्न गरियो।

३) विभिन्न भौगोलिक ब्यूरो, सैन्य ब्यूरो, केन्द्रीय विभागहरुका इन्चार्ज तथा स्थायी समितिका सदस्यहरुका तर्फबाट आफनो कमाण्ड, ब्यूरो तथा विभागिय कामको रिपोर्ट प्रस्तूत गरियो। रिपोर्टको अन्तमा, त्यसको संश्लेषण गर्दै अध्यक्ष क. प्रचण्डबाट आगामी दिनमा रिपोर्ट प्रणालीलाई अझ वैज्ञानिक तूल्याउनु पर्ने आवश्यकतामा जोड दिंदै प्रस्तूत समग्र रिपोर्टहरुले क्रान्तिकारी रुपान्तरणसहित दुश्मनका विरुद्ध रणनैतिक सन्तूलनबाट रणनैतिक प्रत्याक्रमणमा प्रवेशकालागि वैचारिक, राजनैतिक, साँगठनिक र फौजी आधार तयार भएको निष्कर्ष निकालियो।

४) बैठकको प्रमुख कार्यसूचीकारुपमा अध्यक्ष क. प्रचण्डद्धारा "क्रान्तिकारी रुपान्तरणको प्रक्रियालाई नयाँ उचाइमा उठाउंदै रणनैतिक प्रत्याक्रमणको चरणम प्रवेश गरौं'' शिर्षको राजनैतिक एवं संगठनात्मक प्रस्ताव प्रस्तूत गरियो। बैठकमा ६ दिनसम्मको अत्यन्त गंभीर एवं विचार उत्तेजक बहशका बीचबाट आवश्यक थपघट र परिमार्जनसहित एकमतद्धारा पारित गरिएको उक्त दस्तावेजको सार निम्न अनुसार रहेको छ : -

क) वर्तमान अन्तराष्टि्रय परिस्थितिको संक्षिप्त र सारगर्भित विवेचना गर्दै दस्तावेजले २१औं शताब्दिो आरम्भकालमा साम्राज्यवादी विश्व व्यवस्थाका आर्थिक, राजनैतिक र सामरिक विशेषताहरुको सटीक विश्लेषणसहित उसका अगाडि विद्यमान असमाधेय संकट एवं विश्व क्रान्तिको नयाँ लहरको अपरिहार्य विकासबारे वस्तुगत संश्लेषण गरेको छ। दस्तावेजले नेपाली क्रान्तिको सफलता र विश्व क्रान्तिको सेवाका निमित्त २१औं शताब्दिमा साम्राज्यवादले खडा गरेका कथित उत्तर आधुनिकतावाद लगायतका वैचारिक र साँस्कम, कथित भूमण्डलीकरण, नीजिकरण र उदारीकरणका नाममा चलाइएका आर्थिक औपनिवेशिकरण र लूटको प्रक्रिया एवं कथित आतंकवाद विरोधि युद्धका नाममा चलाइएको आधुनिक सैन्य फाशिवादको प्रतिरोधमा द्धन्दात्मक तथा ऐतिहासिक भौतिकवादको प्रयोग गर्दै दर्शन, राजनैतिक अर्थशास्त्र एवं वैज्ञानिक समाजवादका तीनवटै संघटक अंगमा मार्क्सवाद-लेनिनवाद-माओवादको विकास गर्ने ऐतिहासिक आवश्यकता र चूनौतीलाई स्वीकार गरेको छ। यस सन्दर्भमा अन्तराष्टि्रय कम्युनिष्ट आन्दोलन मुख्यत: क्रान्तिकारी अन्तराष्ट्रवादी आन्दोलन (जसमा हाम्रो गौरवशाली पार्टीसमेत सदस्य रहेको छ) को कमिटिले अगाडि बढांउदै गरेको वैचारिक बहशलाई स्वागत गर्दै दस्तावेजले नेपालमा प्रचण्ड-पथको विकसित नयाँ वैचारिक संश्लेषणकालागि सिंगो पार्टीको एकताबद्ध पहलमा जोड गरेको छ।

ख) दस्तावेजले, नेपालको राष्टियता, भौगोलिक अखण्डता, आर्थिक आत्मनिर्भरता एवं राजनैतिक र सांस्कृतिक स्वतन्त्रतामाथि भारतीय प्रतिकृयावादी शासक वर्गको विस्तारवादी हस्तक्षेपको प्रक्रिया, पुरानो सामन्ती सत्ताको राष्टिय आत्मसमर्पणवादी चरित्र एवं विस्तारवादी हस्तक्षेप र राष्टिय आत्मसमर्पणवादका विरुद्ध नेपाली जनताको लामो संघर्षको ऐतिहासिक विवेचना गरेको छ। उक्त विवेचनासहित दस्तावेजले, आज नेपाली जनताको राष्टियता, जनतन्त्र एवं जनजीविकाका निमित्त ऐतिहासिकरुपले अगाडि बढिरहेको महान जनयुद्धका विरुद्ध अमेरिकी साम्राज्यवादको दलालीपूर्ण समर्थन लिएर भारतीय विस्तारवाद प्रत्यक्ष हस्तक्षेपमा उत्रंदै गएको तथ्य स्पष्ट गरेको छ। हालै हाम्रो पार्टी हेडक्वार्टर समेतलाई लक्षीत गर्दै स्थायी समितिका वरिष्ठ सदस्य क. किरणलगायतका जिम्मेवार कमरेडहरुमाथि भारतका विभिन्न शहरहरुमा गरिएको हस्तक्षेप र कब्जाले उक्त कुरालाई थप प्रमाणित गरेको छ। हिमालय पर्वत श्रृंखलालाई आफनो उत्तरी सिमाना मान्ने विस्तारवादी नेहरु डक्टीन (नेहरुकोसिद्धान्त) को अनुसरण गर्दै नेपालको भूटानीकरण वा सिक्किमीकरण गर्ने रणनीतिमा भारतीय विस्तारवाद अत्यन्त कूटील र षडयन्त्रमूलक ढंगले अगाडि बढिरहेको छ। नेपालमा हमेशा अस्थिरता र अराजकताको पक्षपोषण गर्ने भारतीय एकाधिकार पूंजीवादी शासकहरु अहिले कथित आतंकवादका विरुद्ध सहयोगका नाममा देशभक्त र स्वाभिमानी नेपालीको कत्लेआम गर्न र त्यसरी नेपाललाई आफनो कब्जामा पार्ने कूनियत सहित खुलेआम फौजी हस्तक्षेपको धम्की दिइरहेका छन। नेपालमा अहिले विश्वास योग्य वातावरण सहित शान्तिपूर्ण वार्तामार्फत अग्रगामी राजनैतिक निकासको प्रमुख वाह्य बाधककारुपमा भारतीय विस्तारवाद नै खडा भएको छ। नेपालमा पुरानो सत्ताका नाइकेहरु आज आफनो आयु लम्ब्याउने दिवा सपनामा साम्राज्यवाद, मुख्यत: भारतीय विस्तारवादकैअगािड घुडा टेकेर नेपाल नेपाल र नेपाली जनताको स्वतन्त्र अस्थित्व एवं स्वाभिमान माथि खेलवाड गर्ने जघन्य अपराध गरिरहेका छन। उपरोक्त सार सहितको विश्लेषण गर्दै दस्तावेजले पुरानो सत्ताको राष्टियता आत्मसमर्पणवाद र भारतीय विस्तारवादी हस्तक्षेप र सन्नीकट फौजी हमलाको खतराका विरुद्ध एकजुट हुन सम्पूर्ण स्वाभिमानी र देशभक्त नेपालीहरुलाई आवहन गरेको छ। दस्तावेजले पार्टीको नयां योजनामा वैचारिक, राजनैतिक र फौजी हरेक दृष्टिले राष्टिय आत्मसमर्पणवाद र विस्तारवादी हस्तक्षेपका विरुद्ध केन्द्रीत हुन जोड दिएको छ। सिंगो देशलाई युद्धमोर्चामा परिणत गरेर, आम जनताको फौजी करण गरेर तथा जनयुद्धको रणनीतिलाई नयां उचाइमा उठाएर कुनैपनि साम्राज्यवाद र विस्तारवादको सैन्य हस्तक्षेपका विरुद्ध नेपाल र नेपाली जनताको स्वतन्त्रताको रक्षा गरिने र गर्न सकिने दृढ विश्वास पनि दस्तावेजले व्यक्त गरेको छ। साथै दस्तावेजले राष्टिय आत्मसमर्पणवाद र विस्तारवादी हस्तक्षेपका विरुद्धकोलडाईमा आम देशभक्त नेपाली (जसमा स्वयंपुरानो सत्ताका कथित शाही सेनाका देशभक्त जवानहरुपनि पर्ने छन) को मात्र होइन न्यायप्रेमी भारतीय जनसमुदाय र विश्वभरिकै जनसमुदायको समेत सहयोग र समर्थन प्राप्त हुने विश्वास लिइएको छ।

ग) दस्तावेजले देशको वर्तमान स्थितिको विश्लेषण गर्दै जिल्ला सदरमुकाम र राजधानी केन्द्रीत पुरानो सत्ता, ऐतिहासिकरुपले अपरिहार्य राज्यसत्ताको पुर्नसंरचना र गुणात्मक राजनैतिक निकास तिर होइन साम्राज्यवाद र विस्तारवादको आडमा अस्थित्वको अन्तिम घडिसम्म देश र जनताको राष्टिय डुकुटीमा ब्रमहलूट मच्चाइरहने एकसुत्रीय काममालागि रहेको तथ्य स्पष्ट गरेको छ। अर्थतन्त्रको सम्पूर्ण वागडोर विदेशी दलाल पूंजीपतिहरुलाई सुम्पेर बेरोजगार नेपाली युवाहरु्कलाई साम्राज्यवादकै गुरु योजना अनुसार विदेश लखेटने र संसारभर छरेर उनिहरुको बेहाल पार्ने कशरतनै पुरानो सत्ताको दैनिकी बनेको छ। देशको यो स्थितिप्रति गंभीरचिन्ता र आक्रोश व्यक्त गर्दै दस्तावेजले पुरानो सत्ताको मालिक रहेको सामन्ती दरवारका भरौटे नोकरहरु (कथित सरकार का अर्थ र औचित्यहिन वार्ताको कानै पटयाउने होहल्लालाईपर्णत: खारेज गरेको छ।

निश्चितरुपमा दस्तावेजले पुरानो सत्तासंग वार्ताको प्रश्नलाई खारेज गरेको छैन, तर अबको वार्ता पुरानो सत्ताका नोकरहरुसंग होइन त्यसका मालिकहरुसंग भरपर्दो अन्तराष्टिय मध्यस्थतासहित नेपाली जनतालाई पुर्णरुपमा सार्वभौम तूल्यउने उद्धेश्यमा केन्द्रीत रहेरमात्र हुन सक्ने कुरा स्पष्ट गरेको छ। साथै दस्तावेजले देशका संसदवादी राजनैतिक दलहरु एवं जनगरिक समाजका प्रतिनिधिहरुसंग वार्ता र अर्न्तक्रियाको प्रक्रियालाई निरन्तर अगाडि बढाउने कुरापनि स्पष्ट गरेको छ।

घ) दस्तावेजले आफनो अर्कोमहत्वपूर्ण अध्यायमा विगत एक वर्षका पार्टी र आन्दोलनका राजनैतिक र फौजी उपलब्धि र कमजोरीको समिक्षा गर्दै दुश्मनका विरुद्ध रणनैकि प्रत्याक्रमणमा प्रवेश गर्नकालागि आधार तयार भएको निष्कर्ष निकालेको छ। नेपालको विशिष्ट सन्दर्भ र आजको अन्तरािष्टय स्थितिका आधारमा रणनैतिक प्रत्याक्रमणको विशिष्ट परिभाषा र ब्याख्या गर्दै दस्तावेजले निश्चित राजनैतिक र फौजी लक्ष्यसहित प्रत्याक्रमणको पहिलो योजनाको रुपरेखा प्रस्तूत गरेको छ। योजनाका निर्धारित लक्ष्य प्राप्तिका निमित्त दस्तावेजले पाटीर्, जनमुक्ति सेना, संयुक्त क्रान्तिकारी जन परिषद, विभिन्न जातीय तथा क्षेत्रीय स्वायत्त सरकारहरु, विभिन्न मोर्चाहरु, जनवर्गिय संगठनहरु, विभागहरु र आम जनसमुदायसम्म पार्टीको एकिकृत र केन्द्रीकृत ( Unified and Centralised) नेततिराध अगाडि बढाउन जोड दिएको छ। साथै नयां योजनामा जनमुक्ति सेनाको दक्षता, साधन श्रोत र संख्यामा भएको गुणात्मक बृद्धिको स्थिति र प्रत्याक्रमणको आवश्यकतालाई ध्यान दिंदै त्यसको संरचनामा बृद्धि गरि पूर्वीर पश्चिमी डिभीजनका अलावा मध्य डिभीजनको विकास गरिएको छ। जसअनुसार जनमुक्ति सेनाको नियमित सैन्य शक्ति अब ३ डिभीजन, ९ ब्रिगेड र २९ बटालियनमा संगठीत हुन पुगेको छ। साथै एक लाख बराबरको जनमिलिशीयालाई पनि जिल्ला र क्षेत्रीय हेडक्वार्टर अन्तर्गत कम्पनी स्तरसम्मको संरचना (formation) मा विकास गर्ने निर्णय गरिएको छ। अन्तमा नयां योजनाले वैदेशिक हस्तक्षेपका विरुद्ध लडन आम जनतालाई सुरुड.युद्ध ( तगललभ िधबच) लगायतका रक्षा र आक्रमण

सम्बन्धि आधारभूत सैनिक प्रशिक्षण दिने लक्ष्यसमेत स्पष्ट गरेको छ।

ड.) दस्तावेजको अर्को महत्वपूर्ण हिस्सामा संगठनात्मक शुद्धिकरणको विस्तृत प्रस्ताव प्रस्तूत गरिएको छ। वैचारिक शुद्धिकरण र संगठन र कार्यशैलीमा शुद्धिकरणका दुइ भागमा प्रस्तुत गरिएकोउक्त प्रस्तावमा अभियानको ठोस योजना र कार्यक्रम समेत किटान गरिएको छ। त्यसअनुसार वैचारिक शुद्धिकरणमा प्रचण्डपथको रक्षा, प्रयोग र विकास गर्ने सहि मालेमावादी सोच, व्यक्तिवादी अराजकतावाद र नोकरशाही कार्यशैलीका विरुद्ध वैचारिक संघर्षको महत्व एवं द्धन्दात्मक तथा ऐतिहासिक भौतिकवादको अध्ययन र प्रगोगको समस्याबारे ठोस दिशा निर्देश गरिएको छ। संगठनात्मक शुद्धिकरण र कार्यशैलीमा सुधार अन्तर्गत काम कार्यवाहीमा विगतका गल्ती कमजोरीहरुबाट शिक्षा लिदैं मुख्यत: जनसमुदाय र मित्रशक्तिहरुसंगको सम्बन्धलाई हार्दिक, सजीव र प्रगाढ तूल्याउन अपनाउनु पर्ने विभिन्न प्रावधानहरु निश्चित गरिएको छ। सिंगो देशको जिम्मा लिने हिसाबले आफनो विचार, संगठन र कार्यशैलीमा शुद्धिकरण गर्ने मर्मनै प्रस्तावको मूल मर्म रहेको छ। शुद्धिकरणलाई केन्द्रदेखि शुर गरेर तलसम्म अभियानकै रुपमा लैजानकालागि कार्यक्रमको ठोसरुपरेखा समेत निश्चित गरिएको छ।

५) केन्द्रीय समितिको बैठकले राजनैतिक र संगठनात्मक प्रस्ताव पारित गरि सकेपछि प्रत्याक्रमणका नयां योजनाका विभिन्न आवश्यक संगठनात्मक र सैन्य विन्यास कहियौ महत्वपूर्ण निर्णयहरु गरेको छ।

६) बैठकको अन्तिम चरणमा विभिन्न कमरेडहरुबाट बैठकबारे आफनो अनुभूती मन्तव्य राख्ने समापन कायक्रमको योजना गरियो। मन्तव्य राख्ने सबै कमरेडहरुबाट केन्द्रीय समितिको यो बैठक वैचारिक, राजनैतिक, सांगठनिक र विधीगत हरेक दृष्टिले दुरगामी र ऐतिहासिक महत्वको बन्न पुगेको समिक्षा प्रस्तुत गरियो।

समापन कार्यक्रमको अन्तमा अध्यक्ष क. प्रचण्डद्धारा आफनो महत्वपूर्ण मन्तव्यमार्फत बैठकलाई बहुआयामिक महत्व राख्ने विजय र एकताको बैठककोरुपमा परिभाषीत गर्दै यस ऐतिहासिक बैठकको समापन भएको घोषणा गर्नु भयो। अध्यक्षबाट समापनको घोषणाको लगत्तै सबै कमरेडहरुद्धारा आ आफनो ठाउबाट उठेर मुठि उचालदै प्रतिबद्ध भाव र जोशका साथ निम्न नाराहरु गगनभेदीरुपमा घन्काइयो।

मिती : १६ भाद्र २०६१

प्रचण्ड
अध्यक्ष
के.स.
ने.क.पा.(माओवादी)