2004-08-25 - press release - CPN-M२०६१-०५-०९ - प्रेस विज्ञप्ति - नेकपा-मा

Archive ref no: NCA-20942 अभिलेखालय सि. नं.: NCA-20942

विश्व मजदुरहरु एक हौं। मार्क्सवाद–लेलिनवाद–माओवाद र प्रचण्डपथ–जिन्दावाद !

नेपाल कम्युनिष्ट पार्टी (माओवादी)
Communist Party of Nepal (Maoist)
उपत्यका विशेष संगठन समिति
Valley Special Organizing Committee

मितिः २०६१।५।९

च.नं./L.N.
प.सं./Ref.N0.

श्री..............................................

प्रेसवक्तव्य

सर्वहारा वर्गको अग्रदस्ता नेपाल कम्युनिष्ट पार्टी (माओवादी)ले संचालन गरिरहेको महान् जनयुद्धको ९ बर्षको अवधिमा युद्धका विभिन्न चरणहरु पार गर्दै रणनैतिका प्रत्याक्रमणको चरण सम्म आईपुग्दा देशको ८० प्रतिशत भुगोल श्रमजीवीको हातमा पुगेको सर्वविदितै छ। आज देशमा दुई वटा सत्ताको विचमा प्रत्यक्ष टकरावको स्थिति छ। श्रमजीवी जनताले अधिकांश भुगोलमा वास्तविक जनसत्ताको संचालन गरिरहेको छ। र पुरानो सत्ता शहर र सदरमुकाममा मात्र सिमित हुन पुगेको यो विशिष्ट अवस्थामा मुख्य राजनैतिक विषय सर्वपक्षिय सम्मेलन, अन्तरिम सरकार र संविधान सभाको निर्वाचनको विषयमा नगैइकन हत्या हिंसा, दमन, धरपक्कड र हतियारको भरमा पुरानो सत्ता टिकाउन चुृनाव गराउने सकिन्छ भन्ने सोचेको छ भने त्योे केबल दिवा सपना मात्र हुनेछ। जसरी पुरानो सत्ताको केन्द्रीय निर्वाचन आयोगले निर्वाचनको नाटक मंञ्चन गर्दै छ, अहिले यो संगिनमय घडिमा निर्वाचन गर्न खोज्नु भनेको आम जनताको कत्ले आम गर्नु हो, रगतको भेल बगाउनु हो, जनताको लाशको खाट बनाउनु हो। त्यसैले पुरानो सत्तँको केन्द्रीय निवार्चनको आयुक्त केशव राजभण्डारी लगायत ५ जना केन्द्रीय आयुक्तहरुलाई यसै प्रेश बक्तब्य मार्फत ४ दिन भित्रमा निर्वाचनको आयुक्त पदबाट राजिनामा गर्न अनुरोध गरिन्छ। यो अनुरोधलाई बेवास्ता गरिएमा त्यसबाट उत्पन्न हुने गम्भीर परिणामको जिम्मेवार निर्वाचन आयुक्त स्वयं हुनु पर्ने छ।

आज देशमा सरकार छ कि छैन थाहा छैन, कठपुटली सरकार हत्या, अपहरण, बेपत्ता पार्ने जस्ता दिन चर्यामा नै वितेको छ। पुरानो सत्तँले बेपत्ता पारिएका सम्पुर्ण नागरिकहरुलाई १ महिना भित्र सार्वजनिक गर्ने भनेको कथित षडयन्त्रको तानाबुना मात्र हो। यदि तत्काल बेपत्तँ पारिएका नागरिकहरुलाई सार्वजनिक र आस्थाका बन्दीहरुलाई रिहा नगरेमा उपत्यकाका तीनै जिल्लामा अनिश्चितकालिन कडा भन्दा कडा कार्यक्रमहरु ल्याइने जानकारी गराइन्छ।

भिषण
कमाण्डर
उपत्यका विशेष कार्यदल

प्रभाकिरण
संयोजक
उपत्यका विशेष संगठन समिति