2004-08-16 - press release - CPN-M२०६१-०४-३२ - प्रेस विज्ञप्ति - नेकपा-मा

Archive ref no: NCA-20947 अभिलेखालय सि. नं.: NCA-20947

अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (क्रान्तिकारी)
रसुवा+नुवाकोट+सिन्धुपाल्चो संयुक्त जिल्ला समिति

मिति ः २०६१/४/३२

प्रेस वक्तव्य

आज देश अत्यन्तै संगीनमय घडीमा पुगेको छ। देशमा सरकार छ भने भन्ने महसुस कसैले गर्न पाएका छैनन्। दिन हो की रात हो छुट्याउने अवस्था छैन, को कति बेला मारिने, अपहरण हुने, स्कुल पढ्न गएका विद्यार्थी, पढाउन गएका शिक्षक स्कुलबाट फर्किने हो की होइन, आफ्ना छोरा छोरी घर नआईपुगुन्जेल बाटो हेरेर अभिवावक बस्न बाध्य छन्। सरकार फाँसीवादी शैलीमा उत्रेको छ। यस्तो कहाली लाग्दो अवस्थामा देश छ। देशका कर्णधार र परिवर्तनको बाहक भनेको नै विद्यार्थी हो। हाम्रो जुझारु संगठन अखिल राष्ट्रिय नेपाल स्वतन्त्र विद्यार्थी युनियन (क्रान्तिकारी) सम्पुर्ण विद्यार्थीहरुको हक हितको लागि संघर्ष गर्दै आएको छ। कुनै पनि समस्याको समाधन वार्ताका माध्यमबाट हल हुन्छ भन्ने विश्वास राख्दछ। तर वार्ताको वातावरण बनिरहेका बेला फाँसिवादी सरकार भने धादिंगको गुम्दीमा अखिल नेपाल स्वतन्त्र विद्यार्थी युनियन (क्रान्तिकारी) का बैकल्पिक केन्द्रीय सदस्य क.बैकुण्ठ पोख्रेल र किसान नेता क.भरत ढुंगानाको विभत्स हत्या गरी आफ्नो नाङ्गो नाच देखायो र वार्ता गर्न सरकार कतिको इमान्दारिताका साथ आएको छ भन्ने कुरा यस घटनाले प्रष्ट्याउँछ। हाम्रो विद्यार्थी संगठनले तलका ७ बुँदाहरुको माग भाद्र १४ गते भित्र पुरा नभएमा भाद्र १५ गते देखि रसुवा+नुवाकोट+सिन्धुपाल्चोकका शहर, सदरमुकाम र सडकका सम्पुर्ण शिक्षण संस्थाहरु बन्द गरिने जानकारी यसै प्रेश विज्ञप्ती मार्फत गराइन्छ।

मागहरुः–

१. सरकारी विद्यालयमा मा.वि. स्कुल सम्म निःशुल्क शिक्षाको ग्यारेन्टी गर्नु पर्ने।

२. निजी श्रोतको विद्यालयकामा ६ प्रतिशत देखि २९ प्रतिशत शुल्क घटाउनु पर्ने।

३. गुम्दी हत्यकाण्डमा मारिनु भएका विद्यार्थी नेता क.बैकुण्ठ पोख्रेल तथा किसान नेता क.भरत ढुंगाना लगाएत गणेशस्थान हत्यकाण्ड, बागेश्वरी हत्यकााण्डढप थप्रेक हत्ययाकण्ड, थानसिङ हत्याकाण्ड, रसुवाको ठुलो गाउँ हत्याकाण्ड तथा गैरन्यायिक हत्याको छानबिन गरी दोषी माथि कार्वाही गरिनु पर्ने।

४. संगठनका बेपत्ता पारिएका सम्पुर्ण नेता कार्यकताहरुलाई तत्काल सार्वजनिक तथा रिहाई गरिनु पर्ने।

३. शिक्षकहरुलाई दिंइदै आएको कथित लाइसेन्स प्रणाली तत्काल खारेज गरिनु पर्ने।

५. अस्थाई शिक्षकलार्य तत्काल थाई नियक्ति दिई रोजगारीको ग्यारेन्टी गर्नु पर्ने।

६. विगतमा शिक्षा मन्त्रालयसंग भएका सम्पुर्ण सहमती तत्काल कार्यान्वयन गरी लागु गरी वार्ताको वातावरण तयार गरिनु पर्ने।

७. अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (क्रान्तिकारी) केन्द्रीय समितिद्वारा राखिएका सम्पुर्ण मागहरु पुरा गरिनु पर्ने।

प्रेम बहादु तामाङ
अध्यक्ष
अनेरास्ववियु (क्रान्तिकारी)
रसुवा+नुवाकोट+सिन्धुपाल्चोक संयुक्त जिल्ला समिति