2004-07-15 - press release - CPN-M२०६१-०३-३१ - प्रेस विज्ञप्ति - नेकपा-मा

Archive ref no: NCA-20951 अभिलेखालय सि. नं.: NCA-20951

विश्व मजदुरहरु एक हौं। मार्क्सवाद–लेलिनवाद–माओवाद र प्रचण्डपथ–जिन्दावाद !

नेपाल कम्युनिष्ट पार्टी (माओवादी)
Communist Party of Nepal (Maoist)
उपत्यका विशेष संगठन समिति
Valley Special Organizing Committee

मितिः २०६१।३।३१

च.नं./L.N.
प.सं./Ref.N0.
श्री..............................................

प्रेसवक्तव्य

काठमाण्डौंको पुरानो बानेश्वरमा असार २९ गते शाही अमेरिकी सेनाद्वारा दुई जना सर्वसाधारणको हत्याको घटनामा हाम्रँे पार्टीको गम्भीर ध्यानाकर्षण भएको छ। प्रतिक्रियावादी सत्ताका संचार माध्यमहरुद्वारा प्रायोजित र नियोजित रुपमा घटनाको प्रचार गरिए जसरी र हाम्रँे संलग्नताको कुरा उठाइएको छ, त्यसमा कुनै सत्यता नभएको र हाम्रँे पार्टीको कुनै संलग्नता नभएको आमजनसमुदाय समक्ष जानकारी गराउँदछौं। उक्त घटना प्रचार गरिए जस्तै कुनै चन्दा प्रकरण नभइ कथित सुरक्षा जाँचको क्रममा रहेका शाही अमेरिकी सेनाले पराजित मानसिकता, जनमुक्ति सेनाको एक पछि अर्काे सफल कार्वाहीबाट अत्तालिएर तथा देशभरिको प्रत्याक्रमणबाट रन्थनिएर आफ्नो होस हवास र विवेक समेत गुमाएर हतास मानसिकतामा गरिएको हत्याकाण्ड हो। माओवादी तथा चन्दा लिन गएका ब्यक्ति भनि प्रचारित कृष्ण अधिकारी हाम्रँे पार्टी तथा अन्य कुनै मोर्चा र संगठनमा आबद्ध र कुनै सम्बन्ध नरहेको र चन्दा दिने ब्यक्ति भनि प्रचारित ब्यक्ति उल्लास बैद्यसंग पनि हामीले कुनै पनि सहयोग वा चन्दाको लागि सम्पर्क नगरिएको पनि जानकारी गराउँदछौं। देशको राजधानीको मुटुमा खुल्ला रुपमा सर्वसाधरणको हत्या पश्चात झुठो नाटक रचि आफ्नो घृणित क्रियाकलापलाई ढाक छोप गर्ने, जनमानसको आँखामा छारो हाल्ने, जनतालाई दिग्भ्रमित पार्ने, यस्ता गैरजिम्मेवार र गैरन्यायिक फासिष्ट सैन्यउन्मादमा गरिएका कार्यहरु प्रति घोर भत्सर्ना र आपत्ति जनाउँदै दोषि माथि कार्वाही, घटनाको सत्य तथ्य सहित सार्वजनिकको माग गर्दछांै र दोषीलाई उचित समयमा कार्वाही गरिने प्रतिबद्धता पनि जाहेर गर्दछौं। घटनाको सत्य तथ्य सहित वास्तविकताको सार्वजनिकीरण गर्न सम्बन्धित सम्पुर्ण संघ–संस्थाहरु, मानवअधिकारवादीहरु संघ–संस्थाहरु, पत्रकारहरु, बौद्धिक समुदाय, नागरिक समाज तथा अन्य संघ–संस्थाहरुमा अपिल गर्दछौं।

राजधानीको मुटुमा सरकारको रबैया यस्तो छ भने दुरदराजमा अवस्थित गाउँ बस्तिहरुमा दैनिक रुपमा कथित सुरक्षा फौजले दोहोरो भिडन्तको नाममा दजर्नाैं माओवादीका नाममा हत्या गरिहेका छन, ती घटनाहरु प्रति पनि गम्भीर प्रश्न चिन्ह खडा भएको छ र त्यसको निवारण नागरिकहरुको अधिकारको विषयमा संधै चनाखो रहने मानवअधिकारवादीहरु तथा संघ–संस्थाहरु, निष्पक्ष र आमजनसमुदायलाई सुसुचित पार्ने अभिलक्ष्य सहित पत्रकार पेशा अंगालेका पत्रकारहरु, देशका बुद्धिजीवीवर्ग तथा अन्य सवै संघ–संस्थाहरु जो जनताको सेवाको लागि भनि खोलिएका छन्, ती सबैले आफ्नो पेशाको ब्यबहारिक रुपमै पुष्टि गरि आमजनसमुदायको सुसुचित हुने अधिकारलाई ग्यारेण्टी गरि दिनु हुनेछ र घटनाहरुको सत्य तथ्य सहित सार्वजनिक गर्नु हुनेछ भनि पुनः अपिल पनि गर्दछांै।

हाम्रँे पार्टीे ने.क.पा.(माओवादी)का छापामारहरुद्वारा काठमाण्डौंको समाखुसीमा असार ३० गते बुधवार साँझ करिब ७ बजे तिर टिकाबहादुर के.सी.लाई भौतिक कार्वाही गरिएको छ। निज टिका बहादुर के.सी. सम्मानित शिक्षण पेशालाई आवरणको रुपमा प्रयोग गरि ने.क.पा.(माओवादी) पार्टीका नेता तथा कार्यकर्ताहरुको विरुद्धमा सुराकी गर्ने र पक्राउ गराउने कार्यमा विगत देखि सक्रिय रुपमा संलग्न रहंदै आईरहेको हुनाले निज ब्यक्तिलाई भौतिक कार्वाही गरिएकोे छ।

प्रभाकिरण
संयोजक
उपत्यका शिेष संगठन समिति
विशेष केिन्द्रय कमाण्ड नेकपा (माओवादी)