2004-06-22 - press release - CPN-M२०६१-०३-०८ - प्रेस विज्ञप्ति - नेकपा-मा

Archive ref no: NCA-20965 अभिलेखालय सि. नं.: NCA-20965

विश्व मजदुरहरु एक हौं। मार्क्सवाद–लेलिनवाद–माओवाद र प्रचण्डपथ–जिन्दावाद !

नेपाल कम्युनिष्ट पार्टी (माओवादी)
Communist Party of Nepal (Maoist)
उपत्यका विशेष संगठन समिति
Valley Special Organizing Committee

मितिः २०६१।३।८

च.नं.\L.N.
प.सं.\Ref.N0.
श्री..............................................

प्रेसवक्तव्य

सरकारी सञ्चार माध्यमले गरिएको प्रचार अनुसार असार ५ गते काठमाण्डौंको डाँडा पौवा गाउँमा ने.क.पा.(माओवादी)का एक जना छापामार दोहोरो भिडन्तमा मारिएको भन्ने समाचार प्रति हाम्रो पार्टीको गम्भिर ध्यानाकर्षण भएको छ। उक्त घटना मारिएका भन्ने ब्यक्ति हाल काठमाण्डौंको कुनै पनि संगठनसंग आबद्ध नरहेको जानकारी गराउन चहान्छौं। उक्त मारिएको ब्यक्ति अन्य जिल्लाबाट गिरफ्तार गरी मारिएको अथवा काठमाण्डौं उपत्यका भित्रैबाट गिरफ्तार गरी बेपत्ता पारिएकालाई लगि हत्या गरेको हुनसक्ने वा अन्य सर्वसाधारण मानिसको हत्या गरी विगतमा जस्तै यो प्रतिक्रियावादी फासिष्ट निरंकुश सामन्ती राज्यसत्ताद्वारा मुठभेदको झुठो नाम दिएको हुन सक्ने सम्भावना रहेको छ। यस्तो गैरजिम्मेवारी र गैरन्यायिक हत्याको पार्टी घोर भत्सर्ना गर्दछ। र साथै यदि मानवअधिकारवादी संघ–संस्था र पत्रकारहरुको काम–कर्तब्य धोंग मात्र होइन भने सम्पुर्ण मानवअधिकारवादी, पत्रकारहरु, आमनागरिक समुदाय, नागरिक समाज तथा विभिन्न सघ–संस्थाहरुमा घटनास्थलमा गैई घटनाको सत्यतथ्य सहित सार्वजनिक गर्न पनि पार्टी अपिल गर्दछ।

प्रभाकिरण
संयोजक
नेकपा (माओवादी) विशेष केिन्द्रय कमाण्ड
उपत्यका विशेष संगठन समिति