2004-05-21 - press release - CPN-M२०६१-०२-०८ - प्रेस विज्ञप्ति - नेकपा-मा

Archive ref no: NCA-20996 अभिलेखालय सि. नं.: NCA-20996

प्रेस वक्तव्य

जेठ ८ गते, पोखरा / यति बेला देश पुरै युद्ध मैदान बनेको छ। नेपाली जनता आफ्नो भाग्यको फैसला आफै गर्न कम्मर कसेर युद्ध मैदानमा उत्रिएका छन। ग्रामिण वर्ग संर्घष र शहरीया जनआन्दोलनबाट ढल्नै आटेको सामन्ति शाही सत्ताका विरुद्ध अझ सशक्त र निर्णायक संर्घष अनिवार्य र अपरिहार्य बन्न गएको छ। आफुले भोजपुर र वेनीबाट नराम्रोसंग बज्रमुक्का खाए पछि अलगथलग भएको शाही अमेरिकी सेना जेनेभा सन्धिको कुरा गर्न थालेको छ। देशका विभिन्न ठाँउबाट मान्छे समाउदै मार्दै गर्दा र दोरम्बा घटना घटाउदासम्म मावनअधिकारको समेत उच्चारण नगर्ने शाही अमेरिकी सेनाले जनमुक्ति सेनासंगको भिडन्तमा नराम्रोसंग पराजय भोगेपछि जेनेभा सन्धिको कुरा गर्न थालेको छ। वर्वर यातना, बलत्कार, बेपत्ता, झुठा मुठभेडको वकवासमा मात्रै टिकेको शाही अमेरिकी सेनाको हत्यारा दल फेरी एक पटक जनमुक्ति सेनाको गतिलो प्रहारबाट थला परेको छ।

यही बैशाख २९ गते धादि¨को जोगीमारा गा.ज.स. को हुग्दी खोलामा जनदमन मा निक्लेको शाही अमेरिकी सेनाको हत्यारो दल बासु स्मृति चौथो वृगेडको सेलेक्टेड फोर्सले ३ वटा गाडीमा आएको दुश्मन माथि ३ बजे आक्रमण गरी ३ः३० मा ३ वटै गाडी ध्वस्त भयो। र, एक जना प्रहरी निरिक्षक सहीत ६ जना प्रहरी र ७ जना शाही अमेरिकी सेनाको घटना स्थलमै मृत्यु भयो। र, दर्जनौ सेना घाइते भएका छन। उक्त कार्वाहीबाट ५ थान इन्सास राइफल, एक थान एस.एल.आर., १ थान ३०३, १ थान माउजर, २ थान एस.एम.जि., टुइन्च मोर्टारको सेल १५ थान, ग्रिनेट १३ थान, एल.एम.जि. को म्याजिन २० थान, लगायतका युद्ध सामग्री कब्जा भएका छन।

कार्वाहीको कमाण्ड वृगेड सहायक कमााण्डर क. प्रतिक्षा र सी सी एम तथा बटालियन कमिसार क. कुमारले गर्नु भएको थियो। जनमुक्ति सेना तर्फ १ जना घाइते बाहेक सबै सकुसल रहनु भएको छ। यस कार्वाहीले पुन एक पटक जनमुक्ति सेनाको युद्धकौशलता आक्रामक शैली साहास चातुर्य र रणकौशलको श्रेष्टतालाई सावित गरिदिएको छ।

अन्त्यमा युद्ध मोर्चामा वीरता पूर्वक वृगेडको योजनालाई ज्यानको बाजी लगाएर कार्यान्वयन गर्ने कमाण्डर, सेनानी, कमिसार, संगठक र आम जनसमुदायहरुमा क्रान्तिकारी लालसलाम सहीत धन्यवाद ज्ञापन गर्न चाहन्छु र घाइते कमरेड को सिग्र स्वास्थ्य लाभको कामना गर्दछु।

वलदेव
कमिसार बासु स्मृति चौथो वृगेड
जनमुक्ति सेना नेपाल