2004-05-09 - press release - CPN-M२०६१-०१-२७ - प्रेस विज्ञप्ति - नेकपा-मा

Archive ref no: NCA-18908 अभिलेखालय सि. नं.: NCA-18908

विश्वका मजदुरहरु एक हौं। मार्क्सवाद-लेलिनवाद-माओवाद र प्रचण्डपथ-जिन्दावाद

नेपाल कम्युनिष्ट पार्टी (माओवादी)
Communist Party of Nepal (Maoist)
ललितपुर जिल्ला
Lalitpur

मिति: २०६१।१।२७

च.नं./L.N.
प.सं./Ref.N0.

श्री..............................................

प्रेसवक्तव्य

असोज १८ को शाही कदम बाट२०४६सालमा प्राप्त सिमीत जन अधिकार पनि खोसेर शाही आमेरिकी सेनाको आडमा देशमा फेरी एकपटक सकृय तथा निरङ्कुश राजतन्त्र कायम गर्ने उद्देश्यले मनोनीत प्रतिगामी थापा सरकारले समेत जनसंघर्सको अगाडि टिक्न नसेर राजीनामा दिई सकेको अबस्थामा सोही प्रतिगामी तथा जन विरोधी सरकारद्वारा मनाेिनत स्थानीय निकायका पदाधिकारीहरु हाल सम्म पनि प्रतिगमनको गोटी बनेर सोही पदमा रहिरहनु परिवर्तनकामी जनताको अपमान गरेको ठहरिने छ। तसर्थ समयमै बहुसंख्यक जनताको पक्षमा आफुलाई उभ्याउनु नै बुद्धीमानी ठहरिने छ। त्यसैले ललितपुर जिल्ला भित्रका सम्पुर्ण स्थानिय निकायका मनोनित पदाधिकारी (ललितपुर उप-महानगर पालिकाका प्रपुख , उप-प्रमुख तथा सबै वडाध्यक्षहरु ल्लितपुर जिल्ला विकास समितिका मनोनित सभापति, उप-सभापति लगायात सम्पुर्ण पदाधिकारीहरु )लाई यही २०६१ वैशाख ३० गते वुधबार भित्र आ(आफ्नो पदबाट राजिनामा दिनुहुन हार्दिक अनुरोध गर्दछौं। उक्तमिति भित्र आ-आफ्नो पदबाट राजीनामा नदिएमा आम जनताहरुको माग बमोजिम बाध्य भई जनकार्वाही गर्नु पर्ने छ।

छिरिङ
संयोजक
नेकपा(माओवादी)विशेष केन्द्रिय कमाण्ड
दक्षिण उपक्षत्रीय व्यूरो
ललितपुर