2004-04-13 - press release - CPN-M२०६१-०१-०१ - प्रेस विज्ञप्ति - नेकपा-मा

Archive ref no: NCA-20999 अभिलेखालय सि. नं.: NCA-20999

नेपाल कम्युनिष्ट पार्टी (माओवादी)
केन्द्रीय कार्यालय

प्रेस वक्तव्य

यही चैत्र २५ गते साँझ कञ्चनपुरको त्रिभुवनवस्ती टाउनमा र यही २६ गते बिहान कञ्चनपुरकै प्रासन ‘क’ गाउँमा हाम्रा पार्टीका जिल्ला सदस्य क. शिखरसहित विरामीहरु, स्वास्थ्यकर्मी एवम् विरामीका सहयोगी समेत सात जना कार्यकर्ताहरुलाई आफूलाई राजनीतिक कार्यकर्ता भन्ने रामचन्द्र नेपाल र लोकेन्द्र लम्सालको योजना तथा विन्दु श्रेष्ठको नेतृत्वमा रहेको सरकार संरक्षित गुण्डादलद्वारा विभत्स हत्या गरिएको छ।

यसरी नै यही चैत्र ३० गते दिउँसो ४ः३० बजे स्थानीय जनताको परम्परागत संक्रान्ति मेलामा आयोजित विसु सांस्कृतिक कार्यक्रम भइरहेको समयमा शाही सैनिक जल्लादहरुले हेलिकप्टर द्वारा आक्रमण गरी शिक्षकसहित सर्वसाधारण गरी ५ जनाको हत्या गरेका छन् भने १९ जनालाई घाइते बनाएका छन्। यस नियोजित र विभत्स जनहत्याले फेरि एकपटक सामन्ती निरंकुश सैनिक सत्ताको खुनी अनुहार जनसमक्ष उदा¨िन पुगेको छ। कतिपय घटनामा संसदीय दलका कतिपय जिम्मेवार पार्टीका कार्यकर्तासमेतको संलग्नताले उनीहरुको पार्टीको ‘वाम’ एवम् ‘प्रजातान्त्रिक’को आवरणको अन्तर्यमा छिपेको नियतसमेत उजागर हुन पुगेको छ।

उपरोक्त हत्याकाण्डको हाम्रो पार्टी घोर भत्र्सना गर्दछ। अपराधीमाथि सम्बन्धित पक्षले कडा कार्वाही गरोस् भन्ने चाहन्छ। यसैमा नेतृत्व तहको राजनीतिक इमान्दारिता समेत अभिव्यक्त हुनेछ। मृत्युवरण गर्ने सबै कार्यकर्तालाई हाम्रो पार्टी शहीद घोषणा गर्दछ र अपराधीहरु र तिनीहरुलाई प्रोत्साहन गर्ने या संरक्षण गर्ने कुनै पनि पक्षलाई जनयुद्धको क्रममा जनताको तर्फबाट उचित सजाय दिइने प्रतिबद्धता समेत जाहेर गर्दछौं।

१ वैशाख, २०६१

कृष्णबहादुर महरा
प्रवक्ता
ने.क.पा.(माओवादी)