2004-04-07 - press release - CPN-M२०६०-१२-२५ - प्रेस विज्ञप्ति - नेकपा-मा

Archive ref no: NCA-18903 अभिलेखालय सि. नं.: NCA-18903

नेपाल कम्युनिष्ट पार्टी (माओवादी)
विशेष जिल्ला समिति
काठमाण्डौं

प्रेस विज्ञप्ती

हजारांै वीर शहीदहरुको वलिदान, लाखांै लाख जनताको त्याग, वलिदान तथा हजारौं जनमुक्ति सेनाको साहसिक र कुशल कार्वाहीवाट आज हाम्रो पार्टीले संचालन गरेको जनयुद्ध प्रतिआक्रमणको तयारीमा जुटिरहेकोछ। यसैक्रममा २०४६ सालको ऐतिहासिक दिन चैत्र २४ को स्मृतिमा पार्टीले चैत्र २४,२५ र २६ गते नेपाल बन्दको आव्हान गरेको छ। बन्दका क्रममा बन्दको अवज्ञा गर्ने र कथित सुरक्षा फौजले सर्वसाधारणलाई जोरजवस्ती पसल खोल्न लगाउने तथा गाडी चलाउन दवाब दिने गरेकाले आज कार्वाही स्वरुप काठमाण्डांैको वांगेमुढामा एउटा भाडाको ट्याक्सी र क्षेत्रपाटी, धोवीचौर स्थित प्रहरी बीटमा कार्वाही गरिएको छ। कार्वाहीमा परेको गाडी पुरै क्षतिग्रस्त भएको छ।

प्रशान्त
संयोजक
विशेष जिल्ला समिति
काठमाण्डौं

२०६० चैत्र २५