2004-04-05 - press release - CPN-M२०६०-१२-२३ - प्रेस विज्ञप्ति - नेकपा-मा

Archive ref no: NCA-18902 अभिलेखालय सि. नं.: NCA-18902

नेपाल कम्युनिष्ट पार्टी (माओवादी)
पश्चिम केन्द्रीय कमाण्ड

प्रेस-वक्तव्य

यही चैत्र ७ गते म्याग्दी जिल्लाको सदरमुकाम बेनीमा सम्पन्न केन्द्रित कार्वाहीका क्रममा हाम्रो हिरासतमा रहेका सामन्ती निरंकुशतावादी पुरानो सत्ताको प्रमुख जिल्ला अधिकारी सागरमणि पराजुली, प्रहरी उपरिक्षक रणबहादुर गौतम लगायतका ३४ सुरक्षाकर्मीहरुलाई रिहाइ गर्न हामीले हाम्रो पार्टीको केन्द्रीय समितिको पोलिटव्यूरो सदस्य तथा तराईका लोकप्रिय नेता क. मात्रिका यादव, केन्द्रीय समितिका सदस्य तथा जनजातिका प्रमुख र प्राज्ञ नेता क. सुरेश आलेमगर तथा क्षेत्रीयव्यूरो सदस्य क. तिलक शर्माको रिहाइका कुरा उठाएका थियौ। यसक्रममा विभिन्न मानवअधिकारवादी संस्था, नागरिक समाज र प्रमुख जिल्ला अधिकारी लगायतका परिवारजनसमेतबाट उहाँहरुको रिहाइका लागि हामीलाई गरेको आग्रहको कदर गर्दै हाम्रो पार्टीका अध्यक्ष तथा जनमुक्ति सेनाका सर्वोच्च कमाण्डर क. प्रचण्डको निर्देशन अनुसार प्रमुख जिल्ला अधिकारी, प्रहरी उपरिक्षक लगायत सबैलाई अर्न्तराष्ट्रिय रेडक्रस सोसाइटी (I.C.R.C.) को रोहवरमा आज २०६०/१२/२४ गते १० बजे मुक्त गरिएको सर्वत्र अवगत गराइन्छ। साथै सामन्ती निरंकुशतावादी सत्ताद्वारा हाम्रा संगठक शुभ-चिन्तक र जनसमुदायलाई अपहरण गरी बेपत्ता पार्ने अमानुषिक यातना दिने र हत्या गर्ने वर्वर श्रृखलालाई बन्द गरी युद्धबन्दी र राजबन्दीको व्यवहार गर्ने गराउने कार्यमा सम्पूर्ण मानव अधिकारवादी संघ संस्था र नागरिक समाजबाट अझै प्रभावकारी पहल भैरहनेछ भन्ने विश्वास पनि व्यक्त गर्दछौ।

मिति : - २०६०/१२/२३ गते

दिवाकर
इन्चार्ज
पश्चिम केन्द्रीय कमाण्ड
ने.क.पा (माओवादी)