2004-02-23 - press release - CPN-M२०६०-११-११ - प्रेस विज्ञप्ति - नेकपा-मा

Archive ref no: NCA-18884 अभिलेखालय सि. नं.: NCA-18884

अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (क्रान्तिकारी)
केन्द्रीय समिति

विषय : प्रेस वक्तव्य

हाम्रो संगठन अखिल (क्रान्तिकारी)ले शाही दरबारिया फासीवादविरुद्ध अन्य युवा विद्यार्थीहरुले सञ्चालन गर्दै आएका संघर्षको समर्थन एवम् त्यस संगठनको परिपुरक संघर्षको योजना कार्यान्वयन गर्दै आएको कुरा सबैलाई जानकारी नै छ। यसै सिलसिलामा यही फागुन १३-१७ गतेसम्मको राष्ट्रव्यापी आमहड्ताल (यातायात, बजार, उद्योग एवम् शिक्षण संस्था)का घोषणाले प्रतिगामी र प्रंतिक्रियावादीहरुबीचमा ठूलो भुइँचालो श्रृजना गरिदिएको छ। यसैको परिणामस्वरुप त्यस्ता तहृ146वहरुले विभिन्न माध्यमहरुको दुरुपयोग गरी 'क्रान्तिकारीले आमहड्ताल फिर्ता लियो, शिक्षण संस्था मात्र हड्ताल हो, कोषाध्यक्षले फिर्ताको वक्तव्य निकाल्यो, स्ववियु चुनाव विथोल्न हड्तल घोषणा गरेको'जस्ता भ्रमपूर्ण समाचारहरु बाहिर ल्याएर जनतालाई भ्रम दिने जुन दुश्प्रयास गरिरहेका छन्, त्यस्ता कार्यप्रति घृणा जाहेर गर्दै आम जनसमुदाय भ्रममा नपरी सचेत रहँदै १३-१७ सम्मको राष्ट्रव्यापी आमहड्ताल प्रतिगमनविरुद्धको सशक्त संघर्ष भएकोले सबै देशभक्त, प्रजातन्त्रवादी एवम् वामपन्थीहरुले सहयोग र समर्थन गरी पूर्णरुपले सफल बनाउन र फासीवादलाई गतिलो चोट दिन आग्रह गर्दछौं।

यही फागुन १४ गते हुने भनी प्रचार गरिएको स्ववियु चुनावसँग हाम्रो संगठनको नाम जोडेर विविध नकारात्मक टिका-टिप्पणी र निराधार आरोपहरु लगाइएको सन्दर्भमा संगठनको गम्भीर ध्यानाकर्षण भएको छ। प्रतिगमनविरुद्ध सडक संघर्षमा केन्द्रित विद्यार्थी शक्तिलाई फुटाउने शासकहरुको उद्देश्यलाई सफल बनाउनेगरी विद्यार्थी संगठनहरु आपसमा लड्ने र टाउको फुटाउने जुन घटिया काम गर्दै शासकहरुले सोचजस्तै अन्तरविद्यार्थी संघर्ष सडकमा पुर्‍याएका छन््, यस्ता घटनाप्रति गम्भीर आलोचना गर्दै सबै क्याम्पसमा प्रतिगमनविरोधी सबै विद्यार्थी संगठनको साझा स्ववियु बनाउने र गणतन्त्रको नारा यही मञ्चद्वारा पूरा गर्ने प्रतिबद्धता जाहेर गर्दै जानुपर्नेमा उल्टो राजनीतिक निकास बिनाको स्ववियु चुनावले निकास दिन्छ भन्दै सडक संघर्ष मत्थर पारेर चुनावमा ज्यान फाल्नुलाई परिवर्तनशील विद्यार्थीमाथिको गद्दारी हो भन्ने हामीले ठानेका छौं। हिजो जुन कारणले निर्वाचन रोकिएको थियो, आज त्योभन्दा विकराल स्थिति जन्मिएकोले, चुनावको बलियो प्रतिस्पर्धी हाम्रो संगठनलाई प्रतिबन्धित गरेर क्याम्पसमा गतिविधि गर्न नदिइएकोले एवम् विद्यार्थी संघर्ष राजनीतिक विषयमा केन्द्रित भएर सडकमा गएको वर्तमानमा हुने भनिएको स्ववियु चुनावको कुनै सन्दर्भ र अर्थ नभएको हाम्रो संगठनको ठहर हो। त्यसैले यससँग सम्बन्धित त्रि.वि. उपकुलपति र बाँकी क्याम्पसका निर्वाचन अधिकृतलगायत सबै सदस्यहरुले तत्कालै राजीनामा दिन एवम् चुनावको बाँकी सबै कार्यक्रम रद्द गर्न आग्रह गर्दछौं। यदि यसको अवज्ञा गरिएमा प्रतिरोध आन्दोलन फागुन १४ पछि पनि जारी राख्ने चेतावनी दिंदै यसबाट गम्भीर प्रकृतिका घटनाहरु पनि घट्नसक्ने जानकारी बेलैमा गराइन्छ।

११ फागुन, ०६०

लेखनाथ न्यौपाने
अध्यक्ष
अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (क्रान्तिकारी)
के स