2003-12-02 - press release - CPN-M२०६०-०८-१६ - प्रेस विज्ञप्ति - नेकपा-मा

Archive ref no: NCA-18856 अभिलेखालय सि. नं.: NCA-18856

बिश्वभरका मजदूरहरु एक होऔं !

नेपाल कम्युनिष्ट पार्टी (माओवादी)
Communist Party of Nepal (Maoist)
उपत्यका क्षेत्रिय ब्यूरो

मिति : २०६०। ८। १६

प्रेस बक्तव्य

१.पछिल्लो पटक भएको युद्धबिराम भंग भएयता काठमाडौं उपत्यकामा प्रतिकृयावादी सत्ताको दमन र पाटीर् तथा जनमुक्ति सेनाको तर्फ बाट प्रतिरोधात्मक कारबाहीहरु निकै बढेर गएका छन्। यही अबधीमा पाटीर् एवम् बिभिन्न जनबगीर् य संगठन तथा मोर्चामा आबद्ध कृष्ण के.सी., ज्ञानेन्द्र त्रिपाठी , हिमाल शर्मा , बालकृष्ण श्रेष्ठ (बाग्लुङ्ग) , भीमराज महर्जन, बुद्धि लामा , सरीता पोख्रेल लगायत कैंयौलाई अमेरिकी साम्राज्यवादको कठपुतली शाहीसेनाले अपहरण गरी बेपत्ता बनाएको छ।

२.यसैक्रममा कतिपय युद्धसामाग्री सहित पाटीर् को उपत्यका क्षेत्रिय ब्यूरोको तर्फबाट सहयोगका लागि आग्रह गरिएका पत्रहरु समेत दुश्मनको कब्जामा परेका र बिशेषगरी गत कार्तिकको पहिलो हप्तापछि बिभिन्न उद्योग, ब्यबसायी एवम् व्यक्तिहरुसंग यीनै पत्र लिएर प्रतिकृयावादी सत्ताका सेना, पुलिस, सुराकी तथा तिनीहरुबाट संचालित खराब तत्वहरु आर्थिक संकलन गर्न हिडिरहेको बुझएकाले सो समय अबधी पछि आएकाहरुलाई कुनै पनि सहयोग नगर्न सम्बन्धित सबैमा आग्रह गर्दछौं। साथै हाम्रो पाटीर् ले काठमाडौं उपत्यकाका तीन वटै जिल्लामा उपत्यका क्षेत्रिय ब्यूरो को नाममा उ.क्षे.ब्यू.इन्चार्ज विजय द्वारा हस्ताक्षरित शिष्ट भाषामा लेखिएको पत्र मात्र प्रयोग गरेको हँुदा सो अबधी अघि पनि बिभिन्न नाममा गाली गलौज गर्दै लेखिएका चिठीहरु पाटीर् का आधिकारिक नभएका समेत अबगत गराउंछौं।

३.हाम्रो गौरवशाली पाटीर् र यसले नेतृत्व गरिरहेको महान् जनयुद्धको बिकास हजारौ वीर-वीरंगनाबाट सम्भव भएको हो। दुश्मनका कठोर यातना र मृत्युलाई जित्दै पाटीर् र क्रान्तिको पक्षमा नेपाल आमाका हजारांै छोराछोरीहरु वीरतापूर्वक नउभिएका भए रणनीतिक शक्ति सन्तुलन एवम् प्रत्याक्रमणको तयारीको यो अबस्था आउने नै थिएन। अजेय मार्क्सवाद, लेनिनवाद, माओवाद र प्रचण्डपथले क्रान्तिको कोटा आफनो अमूल्य जीवन दिएर चुक्ता गर्न हामी सबैलाई महान् शहिदहरुको पद चिन्हमा लामबद्ध हुन असिम प्रेरणा प्रदान गरेको छ। तर क्रान्तिको भेलमा समेटिएर आएका कतिपय ब्यक्तिहरुबाट दुश्मनका सामु कायरतापूर्ण तरीकाले भौतिक जीवनको भीख मागिएका एकाध घटनाहरु पनि देखिदै आएका छन्। हालै दुश्मनको कब्जामा परेको नेवा : राष्टि्रय मुक्ति मोर्चाको के.स.स. तथा पाटीर् कार्यकर्ता राजेन्द्र माली पाटीर् को गोपनियता खोल्ने, सेल्टरहरु एवम् महान् शहिदहरुको रगतद्वारा साटिएका युद्धसामाग्री समेत दुश्मनलाई बुझाउने जस्ता घृणित गतिविधीमा संलग्न भएको बुझएको हुँदा निजलाई पाटीर् तथा मोर्चाबाट निलम्बन गरी अनुसन्धान प्रकृया अघि बढाइएको छ। अरु कतिपयको तर्फबाट पनि देखिएका गल्ती एवम् कमजोरीहरुको अनुसन्धान गरी कारबाहीको उपयुक्त प्रकृया शुरु गरिने छ। साथै बिगतमा रवी काकीर् को सम्बन्धमा हाम्रो पाटीर् को तर्फबाट यथेष्ट जानकारी सार्वजनिक भइसकेको र निजकी श्रीमती लक्ष्मी महर्जनको नाममा पाटीर् को पैसाबाट नयांबजारमा जग्गा-जमिन खरिद गरिएको भन्ने हाम्रो जानकारीमा आएको हुंदा सो जग्गा-जमिनको किनबेच प्रतिबन्धित गरिएको छ।

पाटीर् र क्रान्तिको रक्षाको लागि दुश्मनका गुमनाम यातना शिवीरहरुमा मृत्युसंग संघर्ष गरिरहेका र लड्दालड्दै अमरत्व प्राप्त गरेका सम्पूर्ण क्रान्तिकारी नेता, कार्यकर्ता र शुभचिन्तक न्यायप्रेमी जनसमुदायहरुमा उपत्यका क्षेत्रिय ब्यूरो क्रान्तिकारी लाल अभिवादन अर्पण गर्दछ।

विजय
इनचार्ज
उपत्यका क्षेत्रिय ब्यूरो
ने क पा (माओबादी)