2003-09-19 - press release - CPN-M२०६०-०६-०२ - प्रेस विज्ञप्ति - नेकपा-मा

Archive ref no: NCA-20957 अभिलेखालय सि. नं.: NCA-20957

नेपाल कम्युनिष्ट पार्टी (माओवादी)
Communist Party of Nepal (Maoist)
केन्द्रीय समिति
Central Committee

प्रेस वक्तव्य

गत भाद्र ३१ गते रोल्पाको भावा¨मा भएको मूठभेडका सम्बन्धमा पुरानो सत्ताको कथित शाही सेनाद्धारा गरिएको प्रचार नितान्त झुठ्ठो र प्रायोजित भएको तथ्य जनमुक्ति सेनाका तर्फबाट हामी आम संचार माध्यम एवं जनसमुदायमा स्पष्ट गर्न चाहान्छौं। उक्त स्थानमा जनमुक्ति सेनाको महत्वपूर्ण कार्यक्रम चलिरहेको अवस्थामा कथित शाही सेनाद्धारा घेरा हालेर आक्रमण गर्ने जमर्को अवश्य गरिएको थियो। तर, जनमुक्ति सेनाका योद्धाहरुद्धारा दुश्मनका विरुद्ध जर्वजस्त प्रतिरोध गर्दै उसको कथित घेरा तोडेर सफलतापूर्वक नयां आक्रमणको तयारी गरिरहेको छ। उक्त मूठभेडका क्रममा जनमुक्ति सेनाका एक कम्पनी कमाण्डर महिला कमरेड समेत ७ जनाको शाहदत र १५ जना घाइते बन्न पुग्नु भएको थियो। उता दुश्मनका तर्फ पाँच जनाको घटनास्थलमै र दुई जनाको पछि मृत्यु भएको तथा कम्तीमा २५ जना घाइते भएका थिए। यो वास्तविकताका विरुद्ध कथित शाही सेनाले ५७ जना माओवादी मारिएको तथा सयौं घाइते भएको भन्ने जस्तो झुट्टो प्रचारद्धारा नेपाल बन्दको मुखमा जनसमुदायलाई भ्रमित र आतंकित पार्ने तथा आफ्नो पराजयमाथि पर्दा हाल्ने दुश्प्रयाश गरिरहेको छ। केहि दिन पहिले रोल्पाकै कोर्चावा¨मा आफुले पुरै पराजय र रक्षाको स्थिति भोग्न बाध्य भएको मोर्चाबद्ध मूठभेड ( जुन मूठभेडमा जनमुक्ति सेनाले M-16 का तेह्र हजार र SLR का चार हजार गोली समेत ठूलो मात्रामा लजिस्टिकसंग सम्बन्धित सामग्रीहरु कब्जा गरेको थियो ) को पनि उल्टो प्रचार गरेर आफ्ना जवानहरुको “मनोबल” कायम राख्ने आत्मरती गरेको थियो। अहिले साँच्चैनै दुश्मनले यदि ५७ जनाको लास भेटेको छ भने या त उसले विगत संकटकालमा झैं आफ्नो कब्जामा रहेका क्रान्तिकारीहरुको कत्लेआम गरेको छ वा निर्दोष र निहत्या जनताको गुपचुप हत्या गरेर आफ्नो कायरताको परिचय दिएको छ। त्यो स्थितिमा हामी देशका तमाम जनपक्षीय संचार माध्यमसंग पुराना सत्तापक्षका प्रायोजीत हल्लाहरुको पछि दगुरेर वास्तविकता जनसमक्ष ल्याउने आफ्नो कत्र्तव्यबाट विमुख नहुन अनुरोध गर्दछौं। देशका तमाम बुद्धिजीवी एवं मानव अधिकारवादी सँघ, सँस्थाहरुसँग रामेछापको दोरम्बामा जस्तै रोल्पाको भावा¨को वास्तविकता समेत पत्ता लगाउन हार्दिक अपील गर्दछौं। अन्तमा दुश्मनका झुट्टा र प्रायोजीत प्रचारबाजीको भ्रममा नपरि सदाझैं महान जनयुद्धमा अगाडि बढ्न हामी आम जनसमुदायसंग अनुरोध गर्दछौं। यहां हामी यो कुरा पनि स्पष्ट गर्न चाहान्छौं कि गत सालमा जस्तो विकट ग्रामिण इलाकामा हुने मूठभेडको वास्तविकता जनसमक्ष ल्याउन हप्तौं लाग्ने स्थिति अब हाम्रो छैन। जनमुक्ति सेनाले संचारको गुणात्मक विकास गरिसकेको छ।

मिति ः— २ असोज २०६०

प्रचण्ड
सुप्रीम कमाण्डर
जनरल हेडक्वार्टर
जनमुक्ति सेना, नेपाल
तथा
अध्यक्ष
ने.क.पा.(माओवादी)