2003-06-02 - press release - CPN-M२०६०-०२-१९ - प्रेस विज्ञप्ति - नेकपा-मा

Archive ref no: NCA-21074 अभिलेखालय सि. नं.: NCA-21074

नेपाल कम्युनिष्ट पार्टी (माओवादी)
Communist Party of Nepal (Maoist)
केन्द्रीय समिति
Central Committee

प्रेस वक्तव्य

हालै नेपाली सर्वहारा वर्गको गौरवशाली राजनैतिक प्रतिनिधि, नेपाल कम्युनिष्ट पार्टी (माओवादी) को केन्द्रीय समितिको पूर्ण बैठक (Plenum) अध्यक्ष क. प्रचण्डको अध्यक्षतामा सफलतापूर्वक सम्पन्न भयो। जनमुक्ति सेनाको सुरक्षा एवं जनसमुदायको प्रत्यक्ष सहयोगमा देश भित्रको एक ग्रामिण आधार इलाकामा अत्यन्त सहज र उत्साहपूर्ण वातावरणमा सम्पन्न उक्त बैठकका निर्णहरुको सारसंक्षेप सार्वजनिक गर्न यो प्रेस वज्ञप्ति जारी गरिएको छ।

१— विभिन्न आकर्षक तूल, व्यानरद्धारा सजिएको विशेष हलमा अध्यक्ष क. प्रचण्डद्धारा सारगर्भित उद्घाटन मन्तव्य सहित अगाडि बढाइएको बैठकको प्रारम्भमा क. रामवृक्ष यादव, क. सुरेश वाग्ले, क. रित बहादुर खड्का लगायत जनयुद्धका सम्पूर्ण अमर शहिदहरु, जनयुद्ध पूर्व एवं देश भित्र र बाहिरका तमाम ज्ञात अज्ञात शहिदहरु प्रति मौनधारण सहित भावपूर्ण श्रद्धाञ्जली अर्पण गरियो।

२— बैठकमा विभिन्न केन्द्रीय कमाण्ड, क्षेत्रीय कमाण्ड र विभागिय इन्चार्ज सहित सबै PBM हरुबाट समेत आ—आफ्नो काम र जिम्मेवारीकाबारेमा तथ्यमूलक रिपोर्टी¨ प्रस्तूत गरियो। रिपोर्टी¨को अन्तमा त्यसको स्रश्लेषण गर्दै अध्यक्ष क. प्रचण्डले पार्टीको राजनैतिक श्र्रेष्ठता देशभित्र मात्र होइन, उल्लेखनीयरुपले अन्तर्राष्ट्रिय स्तरमा समेत स्थापित भएको, पार्टी प्रति आम जनताको आशा, विश्वास र भरोशामा गुणात्मक बृद्धि भएको तथा समग्र काम उत्साहबर्धक ढंगले अगाडि बढेको निष्कर्ष निकालियो। पार्टीको यो जबर्जस्त विकासकाकारण छटपटिएका सामन्तवादी र साम्राज्यवादी तत्वहरुद्धारा खडा गरिएको र खडा गरिने चूनौतीहरुको सफलतापूर्वक सामना गर्न संगठनका सबै संरचना एवं जन–सम्बन्धलाई अझ सुदृढ गर्ने आवश्यकताबारे पनि रिपोर्टि¨को निष्कर्षमा उल्लेख गरिएको छ।

३— बैठकको प्रमुख कार्यसूचीकारुपमा अध्यक्ष क. प्रचण्डद्धारा “वर्तमान परिस्थिति र हाम्रो ऐतिहासिक कार्यभार” नामक दस्तावेज प्रस्तूत गरियो। सकारात्मक आवेग र विवेकसंगत वहशको उच्चतासिहत जनसमुदाय र पार्टीको सामन्तवाद र साम्राज्यवादमाथि मात्र होइन भावी प्रतिक्रान्तिको खतरामाथि समेत विजयको नयां आत्मविश्वाससहित एकमतले पारित भएको उक्त दस्तावेजको सारसंक्षेप निम्न अनुसार रहेको छ ः—

क) दस्तावेजले वर्तमान विश्व परिस्थितिको तथ्यपरक संश्लेषण गर्दै आजको साम्राज्यवाद मुख्यतः अमेरिकी साम्राज्यवादको विशेषता, उदण्डता र त्यसको अनिवार्य पतनको प्रक्रियाबारे ठोस संश्लेषण गरिएको छ। विश्व परिस्थिति र नेपाली क्रान्तिको सम्बन्धबारे चर्चा गर्दै दस्तावेजले अमेरिकी साम्राज्यवाद र यसका अगाडि घुंडा टेक्ने सामन्ती आत्मसमर्पणवादका विरुद्ध संघर्षको नयां रणनीति प्रस्तूत गरेको छ। नेपाललाई अड्डा बनाएर दक्षिण एशियाका जनसमुदायमाथि प्रभुत्व कस्ने तथा चीनलाई घेरा हाल्ने साम्राज्यवादी अमेरिकाको रणनीतिको प्रतिकार गर्न देश भित्र र बाहिर अपनाइने क्रान्तिकारी रणनीतिको तर्जुमा पनि दस्तावेजले गरेको छ। पुरानो सत्ताको शाही सेनालाई सामरिक, आर्थिक र प्राविधिक सहयोगका नाममा शाही अमेरिकन सेना बनाउने षडयन्त्रको भण्डाफोर गर्दै दस्तावेजले “अमेरिकी साम्राज्यवाद नेपाल छोड” को नारा अन्तर्गत देशको स्वतन्त्रता, स्वाभिमान र स्व–निर्णयको अधिकार प्राप्तिका लागि एकजूट भएर अगाडि बढ्न आम जनसमुदायसंग अपील गरेको छ। इराक युद्धसम्म आउंदा साम्राज्यवादका विरुद्ध विश्वक्रान्तिको नयां लहरका लागि वस्तूगत परिस्थिति अझ परिपक्व बनेको निष्कर्ष निकाल्दैं दस्तावेजले अमेरिकी साम्राज्यवादको उदण्डता र धम्किका विरुद्ध लड्ने २१औं शताब्दिका रणनीतिको प्रारम्भिक खाका प्रस्तूत गरेको छ।

ख) दस्तावेजको सबैभन्दा विचारोत्तेजक खण्डकारुपमा “इतिहासका अनुभव र २१औं शताब्दिमा जनवादको विकासबारे ” शिर्षकको अध्याय रहेको छ। २०औं शताब्दिका महान क्रान्ति र भयानक प्रतिक्रन्तिका अनुभव, विज्ञान प्रविधि मुख्यतः सुचना प्रविधिमा भएको अभुतपूर्व विकास सहितको आजको विश्व परिस्थिति एवं स्वयं नेपाली जनयुद्धका सात वर्षका अनुभव र यसका अगाडि विद्यमान संभावना र चूनौतीहरुको लेखाजोखाका आधारमा दस्तावेजले ‘निरन्तर क्रान्ति’ र ‘विद्रोह गर्ने जनसमुदायको अधिकार’ लाई २१औं शताब्दिमा संस्थागत गर्ने विचार, नीति, विधि र योजनाको सिर्जनात्मक र साहशिक प्रस्तावना पेश गरेको छ। पार्टी भित्र र बाहिर समेत वृहत छलफलका निमित्त केन्द्रीय समितिद्धारा पारित दस्तावेजको यो अध्यायमा क्रान्ति सम्पन्न गर्ने तथा भावी प्रतिक्रान्ति रोक्ने ऐतिहासिक आवश्यकतामा केन्द्रीत हुंदै पार्टी, सेना र राज्यसत्तामा जनसमुदायको नियन्त्रण, निगरानी र हस्तक्षेपलाई संस्थागत गर्ने नयां मान्यता र विधि सहित औपचारिक जनवाद र नौकरशाही वर्ग र कार्यशैलीको विकासको खतराका विरुद्ध लड्ने नयां वैचारिक हतियारद्धारा जनसमुदायलाई सूसज्जित गर्ने गंभीर जमर्को गरिएको छ। जनवादी नयां राज्यसत्ताको वैधानिक सिमा भित्र जनसमुदायको गतिशिलता, स्वतन्त्रता र जनवादी प्रतिश्पर्धालाई नयां आधारमा संस्थागत गरि प्रतिक्रान्तिलाई रोक्ने यो अध्यायको निष्कर्ष नेपाली क्रान्तिकालागि मात्र होइन विश्वक्रान्तिकै लागि पनि एउटा कोसेढुङ्गा (Milestone) हुन सक्ने विश्वास केन्द्रीय समितिले प्रकट गरेको छ। विश्वव्यापि महत्वको अत्यन्त गंभीर विषय भएकोले नै केन्द्रीय समितिले यसमाथि पार्टी भित्र र बाहिर समेत व्यापक वहश पछि मात्र आवश्यक परिमार्जनसहित अन्तिम निर्णयमा पुग्नु सहि हुने निष्कर्ष निकालेको छ।

ग) वर्तमान घरेलु परिस्थितिबारे चर्चा गर्दै दस्तावेजले युद्धविराम, वार्ता र अग्रगामी राजनैतिक निकासबारे पार्टीको गंभीर र जिम्मेवारपूर्ण पहल र भूमिकाका बावजूद वैदेशिक शक्ति केन्द्र मुख्यतः अमेरिकी साम्राज्यवाद र उसका नेपाली दलालहरुले प्रारम्भ देखिनै षडयन्त्र गर्दै आएको तथ्यहरु प्रस्तूत गरिएको छ। युद्धविराम र वार्ताको क्रममा पार्टीको भूमिका, वार्ताको टेबूलमा प्रस्तूत राजनैतिक कार्यसूचीको वस्तूवादी महत्वबोधसहित आम जनसमुदायको आकर्षण हाम्रो पार्टीप्रति तिब्र गतिमा बढ्न थालेपछि त्यहि अनुपातमा साम्राज्यवादी हस्तक्षेप र षडयन्त्र पनि बढ्दै गएको यथार्थलाई दस्तावेजले स्पष्ट गरेको छ। गोलमेच सम्मेलन, अन्तिरिम सरकार र संविधान सभा मार्फत शान्तिपूर्ण र अग्रगामी निकास खोज्ने हाम्रो न्यूनतम पूंजीवादी प्रजातान्त्रिक मांगमा सामन्ती निरंकुशतावादी मात्र होइन प्रमुख संसदवादी दलहरु समेत सहमत न भएको यथार्थले उनिहरु देशमा न वास्तविक अर्थमा राष्ट्रियताको संवर्दन र शान्ति चाहान्छन्, न वास्तविक प्रजातन्त्र नै भन्ने कुरा एक पटक फेरी प्रमाणित भएको छ। यो ऐतिहासिक सच्चाईलाई स्पष्ट गर्दै दस्तावेजले अहिले देखा परेको दरवारीया र प्रमुख संसदवादीका बीचको खिचातानीका पछाडि विभिन्न वैदेशिक शक्ति केन्द्रहरुको नेपालमा आफ्नो स्वार्थका निमित्त चलेको आपशी टकराव रहेको वास्तविकता औंल्याएको छ। अन्ततः उनिहरुका बीचको झगडा देश र जनताका विरुद्ध पुरानो सत्तामा अंशवंडाको झगडामात्र भएकोले त्यो वैदेशिक शक्ति केन्द्रहरुको सहमती र निर्देशन अनुसार कूर्सिको तालमेलमा टु¨िने यथार्थद्धारा जनसमुदायलाई प्रशिक्ष्ँीत र गोलबन्द गर्ने आवश्यकतामा दस्तावेजले जोड दिएको छ। तर, जनआधार एवं जनविश्वास गुमाइसकेका तत्वहरुको अपवित्र सांठगांठले आजको नेपालका विष्फोटक समस्याहरुको समाधान हुन नसक्ने यथार्थलाई दस्तावेजले स्पष्ट गरेको छ। यति हुंदा हुदै पनि युद्धविराम, वार्ता र शान्तिपूर्ण एवं अग्रगामी राजनैतिक निकासका विरुद्ध भइरहेका तमाम षडयन्त्रलाई चिर्दै यसलाई सफल पार्नकालागि मिल्न सक्ने जति सबै संग तालमेल, समझदारी र कार्यगत एकता सहित आन्दोलन गर्ने नीति पार्टीले अघिसारेको छ। शान्तिपूर्ण र अग्रगामी राजनैतिक निकास प्रतिको हाम्रो अन्तिम पहलका बावजूद यो सफल नभएमा त्यसको जिम्मेवार साम्राज्यवाद र उसको आडं र इसारामा चल्ने पुरानो सत्ता र त्यसका अंशीयार नै हुने छन्। र नेपाली जनताको विद्राहलाई कसैले रोक्न सक्ने छैनन्।

घ) दस्तावेजको अन्तमा तात्कालिक नीति र योजनाबारे ठोस प्रस्तावहरु अघिसारेको छ। जसमा वैचारिक, सांगठानिक र जनसम्बन्ध सुदृढ गर्ने विषय प्रमुख रहेका छन्।

४— बैठकले संगठनात्मक कार्य विभाजन र जन परिचालनबारे समेत कैयौं राष्ट्रिय र अन्तर्राष्ट्रिय काम सम्बन्धि महत्वपूर्ण निर्णय गरेको छ।

अन्तमा बैठकको ऐतिहासिक महत्व एवं नेपाल र नेपाली जनताको अवश्यंभावी विजयबारे अध्यक्ष क. प्रचण्डको भाव र आवेगले भरिएको समापन मन्तव्यका साथ बैठक समापन गरियो।

मिति ः— १९ जेष्ठ,२०६०

प्रचण्ड
अध्यक्ष
के.स.
ने.क.पा.(माओवादी)