2002-12-26 - press release - CPN-M२०५९-०९-११ - प्रेस विज्ञप्ति - नेकपा-मा

Archive ref no: NCA-21075 अभिलेखालय सि. नं.: NCA-21075

नेपाल कम्युनिष्ट पार्टी (माओवादी)
Communist Party of Nepal (Maoist)
केन्द्रीय समिति
Central Committee

प्रेस बक्तव्य

विश्व सर्वहारा वर्ग एवं श्रमजीवी जन—समुदायका महान नेता तथा माक्र्सवाद—लेनिनवादलाई माक्र्सवाद—लेनिनवाद—माओवादको स्तरमा विकास गरि मानव जातिकै सून्दर भविष्यको दिशा निर्देश गर्ने क. माओ त्सेतूङ्गको जन्म जयन्ती आज २६ डिसेम्बरका दिन सदा झैं संसारका उत्पीडित र मुक्तिकामी जन—समुदायले जोशका साथ मनाइरहेका छन्। कमरेड माओत्सेतूङ्गले देखाएको बाटोमा अगाडि बढ्दै २१ औं शताब्दीको पहिलो जन(—क्रान्तिको गौरवपूर्ण विजयको संघारमा पुगेका नेपाली सर्वहारा वर्ग र श्रमजीवी जन—समुदायका लागि यो जयन्ती मनाउनुको विशेष अर्थ र महत्व रहेको छ। माओत्सेतूङ्गको विचार र नाम आज संसारभरका श्रमजीवी जन—समुदायकालागि पहिले भन्दा अझ बढि आवश्यक र प्रेरणाको स्रोत बनेको छ भने साम्राज्यवादी विश्व व्यवस्था र त्यसका नाइकेहरुकालागि अझ बढि आतंकको पर्याय बनेको छ।

विद्रोहको अधिकारलाई प्रयोग गर्दै जनयुद्धको महान अभियानमा अगाडि बढिरहेका नेपाली सर्वहारा वर्ग र जन—समुदायकालागि माओ जयन्ती मनाउनुको तात्कालिक अर्थ र महत्व सामन्तवाद र साम्राज्यवादका विरुद्ध जनवादी क्रान्तिलाई पूर्णता प्रदान गर्न अझ जोडदार पहलको प्रतिज्ञा गर्नु हो। यसको अर्थ माक्र्सवाद—लेनिनवाद—माओवादको सार्वभौम सिद्धान्तलाई नेपाली क्रान्तिको विशिष्टतामा सिर्जनात्मकढंगले प्रयोग गर्दै विश्व सर्वहारा क्रान्तिलाई सेवा गर्ने आफ्नो दायित्वप्रति अझ दृढ संकल्प गर्नु हो। विजय उन्मुख नेपाली जनयुद्धको नेतृत्वका हैशियतले नेपाली सर्वहारा वर्गको गौरवशाली अग्रदस्ता नेपाल कम्युनिष्ट पार्टी (माओवादी), माओ जयन्तीको यस ऐतिहासिक अवसरमा सिंगो पार्टी पंक्ति, क्रान्तिकारी योद्धा र आम जन—समुदायमा हार्दिक बधाई ज्ञापन गर्नुका साथै जन—क्रान्तिलाई विजयको शिखरमा पुर््याई आफ्नो विश्वव्यापि महत्वको भूमिका पुरा गर्न दृढ र एकताबद्ध पहलका निमित्त हार्दिक अनुरोध गर्दछ। जन—क्रान्तिलाई विजयी बनाउन अगाडि बढनु भन्दा ठूलो माओ जयन्ती मनाउनुको सार्थकता अर्को हुनै सक्तैन।

मिति ः— ११ पौष २०५९

(प्रचण्ड)
अध्यक्ष
ने.क.पा(माओवादी)
तथा, सुप्रिम कमाण्डर जनमुक्ति सेना, नेपाल