2005-11-30 - incident - Makwanpur district २०६२-०८-१५ - घटना - मकवानपुर जिल्ला

Archive ref no: NCA-16867 अभिलेखालय सि. नं.: NCA-16867

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.1
  • घटना:हत्या (अन्य)
  • कम्प्युटर अ. नं.9369
  • अ. नं.143
  • घटना भएको जिल्ला:मकवानपुर
  • गाविस:श्रीपुरछतीवन
  • वार्ड नं.:1
  • टोलको नाम:हात्तीसुढेको सेभी जंगल
  • पीडित विवरण
  • पीडितको नाम:राजभाइ रञ्जितकार
  • जन्म मिति:
  • साल:2023
  • महिना:02
  • गते:06
  • उमेर:39
  • स्थायी ठेगाना:
  • जिल्ला:काभ्रेपलाञ्चोक
  • गाविस:बनेपा नपा
  • वार्ड नं.:6
  • टोल:वाङ्‍ख्यो टोल
  • अस्थायी ठेगाना:
  • जिल्ला:काभ्रेपलाञ्चोक
  • गाविस:बनेपा नपा
  • वार्ड नं.:6
  • टोल:वाङ्‍ख्यो टोल
  • लिङ्ग:पुरुष
  • थर:रञ्जितकार
  • जात:जनजाति
  • भाषा:नेपाली
  • घटना हुँदाको पेशा:राजनीति
  • कार्यालयको नामनेकपा माओवादी
  • पद:जिल्ला कमिटी सदस्य
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:नेकपा माओवादी, कार्यकर्ता
  • बाबुको नामकृष्णकुमार रञ्जितकार
  • आमाको नाम:मैया रञ्जितकार
  • शैक्षिक स्तर:प्रमाणपत्र
  • आर्थिक स्तरनिम्नमध्यम
  • वैवाहिक स्थिति:विवाहित
  • विवाहित भए पति वा पत्नीको नाम:मनकुमारी रञ्जितकार
  • छोराको संख्या:2
  • छोरीको संख्या:1
  • अन्य आश्रितहरु भए संख्या0
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:Yes
  • कतै काममा लागेको भए कामको प्रकृति:घरव्यवहारमा रहेको
  • आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
  • क्षतिपुर्ती प्राप्त:No
  • प्राप्त भएको भए कोबाट:
  • कति रकम बराबर (रु.)0
  • घटनाको प्रभाव
  • पीडितपक्ष विस्थापित भएकोNo
  • विस्थापित भएको स्थान
  • मिति0000-00-00
  • पुनस्थापित भएको भए मिति0000-00-00
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • पीडक पक्ष
  • गैर राज्य एमाओवादी
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2062-08-15
  • समय:00:03:00 PM
  • घटनास्थल
  • जिल्ला:मकवानपुर
  • गाविस:श्रीपुरछतीवन
  • वार्ड नं.:1
  • पोस्टमार्टम भएको भए
  • अस्पतालको नाम:पोष्टमार्टम नगरेको
  • मिति:0000-00-00
  • चिकित्सकको नाम:
  • सदगत गरिएको स्थान
  • परिवारले लास नै नपाएको
  • घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):बनेपा नपा ६ निवासी माओवादी काभ्रे जिल्ला सेक्रेटरीयट सदस्य राजभाइ रञ्जितलाको २०६२ मंसिर १५ गते श्रमशिविरमा रहेको अवस्थामा माओवादीले मकवानपुर जिल्लाको हात्तसिढेस्थित सेभी जंगलमा लगी यातना दिएर हत्या गरे। राज्यले बेपत्ता वनाएको भनिएका रञ्जितलाई सिन्धुपाल्चोकका शिव श्रेष्ठ भनिने माओवादी कमाण्डरको नेतृत्वमा ६ जनाले लौराले कुटी कुटी मारेका थिए। राजभाइ रञ्जितलाई २०६० मंसिर ९ गते सेनाले बालाजुको पुलबाट गिरफ्तार गरेको थियो। माओवादी कार्यकर्ता देशबहादुर लिम्वुले पैसा चाहियो भनेका कारण पैसा दिन त्यहाँ गएका रञ्जितलाई उनीसँगै आएका भैरबनाथ गणका सेनाले पक्रिएका थिए। लामो समयसम्म सैनिक हिरासतमा राखिएपछि अदालतको आदेशमा पति, पत्नि दुबैलाई २०६२ भदौँ ३० गते रिहा गरिएको थियो। पक्राउ परेपछि राजभाइलाई माओवादी कार्यकर्ता हिरा रोक्का, बुद्धि लामा र सुचिन्द्र महर्जनलार्इ पक्राउ गर्न सहयोग पुरयाएको आरोप लागेको थियो। अदालतको आदेशमा छुटेपछि भक्तपुरका तत्कालिन सेक्रेटरी सचिनले राजभाइलाई २०६२ असोज ४ गते कामीँडाडा पुरयाएका थिए। रञ्जितमाथी लागेको आरोपको सुनुवाइ गर्न माओवादीले श्रीराम खैजुलाई जिम्मा दिएको थियो। पार्टीको सेक्रेटरियट बैठकले राजभाइलाई मार्नैपर्ने निर्णय गरेको थियो। राजभाइको पत्नि मनकुमारीको भनाइमा २०६३ मंसिरको अन्तिम हप्ता नेवा: राष्टि्य मुक्ति मोर्चाका अध्यक्ष पवनमान श्रेष्ठसँग भेट हुँदा उनले रिसाएर सफाया गरेको बताएका थिए। जेलबाट छुटेपछि २०६२ असोज १० गतेबाट पतिसँग मनकुमारीको भेट भएन।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री