2005-06-13 - incident - Arghakhanchi district २०६२-०२-३० - घटना - अर्घाखाँची जिल्ला

Archive ref no: NCA-16183 अभिलेखालय सि. नं.: NCA-16183

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • क्र.सं.:८७
  • पीडितको नाम र थर:वसन्ती रजाली, सुमित्रा रजाली, गमु कला रजाली, फूलमाया सुनारी, भोजकुमारी सुनारी
  • ठेगाना:ठाडा गाविस वडा नं.- ५, अर्घाखाँची
  • उजुरीको सङ्क्षिप्त व्यहोरा:अर्घाखाँची जिल्लाको ठाडा गाविस वडा नं.- ५ को बाघमन्ुटे जङ्गलमा मिति २०६२/२/३० का दनि अज्ञात समूहले छाडेको बवेारिसे बम बिष्फोट हुन गई सोही जिल्लाको सिद्धारा गाविस वडा नं.- ५ की १० वर्षीय वसन्ती रजाली र १९ वर्षीय सुमित्रा रजालीको घटनास्थलमै मृत्यु भएको र १३ वर्षीय भोजकुमारी सुनारी, २५ वर्षकी गुमकला रजाली र १० वर्षकी फूलमाया सुनारी घाइते भई उपचारार्थ लगिएको भन्ने विषयमा आयोग स्वयम्को सक्रियतामा अनुसन्धान गरिएको
  • उल्लङ्घनकर्ता:अज्ञात
  • आयोगको निर्णय:मृतक वसन्ती रजाली, सुमति्रा रजाली तथा घाइतहेरू गमुकला रजाली, फूलमाया सुनारी र भोजकुमारी सुनारीसमेतलाई उचित क्षतिपूर्तिको व्यवस्था गर्न श्री ५ को सरकारलाई सिफारिस गर्ने २०६२/७/३ को निर्णय
  • आयोगबाट गरिएको सिफारिसको विवरण:आयोगको क्षे. का. पोखराको च. नं. २९४ मिति २०६२/३/१४ मा निजहरूको क्षतिपूर्तिसम्बन्धमा जानकारी माग गरी जिल्ला प्रशासन कार्यालयलाई पत्राचार गरिएको, आयोगको क्षे. का. पोखराको च. नं. ३४ संरक्षण २२१ मिति २०६२/३/६ मा पश्चमि पृतना हेडक्वार्टरलाई पत्राचार गरिएको, आयोगको च. नं. ३० संरक्षण ११०० मिति २०६२/१०/३ बाट आयोगको निर्णय कार्यान्वयनको लागि सिफारिस गरी श्री प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयलाई पत्राचार गरिएको तथा रक्षा मन्त्रालय, गृह मन्त्रालय, मानवअधिकार प्रवर्द्धन केन्द्र तथा रा.मा.अ.आ., क्षे.का. पोखरालाई बोधार्थ दिइएको
  • कार्यान्वयनको स्थिति:गृह मन्त्रालयको मिति २०६३/११/२८ च. नं. १६६ को पत्रमाफर्त् १,५०,०००/- क्षतिपूर्ति प्रदान गरिसकेको व्यहोराको पत्र प्राप्त, प्र.म.म.का.को च. नं. ३७२ मिति २०६६/१०/२२ मा वसन्ती रजालीलाई १,००,०००/- क्षतिपूर्तिसम्बन्धी जि.प्र.का.बाट भुक्तानी पाउने गरी निकासा फुकुवा पठाइएको भन्ने व्यहोरा रहेको शान्ति प्रक्रिया सहयोग आयोजनाको च. नं. १३८ मिति २०६६/८/२४ संलग्न भएको पत्र प्राप्त
  • कैफियत:आंशिक

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री