2005-04-27 - incident - Sindhupalchok district २०६२-०१-१४ - घटना - सिन्धुपाल्चोक जिल्ला

Archive ref no: NCA-15776 अभिलेखालय सि. नं.: NCA-15776

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • क्र.सं.:८३
  • पीडितको नाम र थर:मृतकहरू सुरेन्द्र बस्नते, श्रीराम चौहान र शंकर भण्डारी
  • ठेगाना:पीपलडाँडा, सिन्धुपाल्चोक
  • उजुरीको सङ्क्षिप्त व्यहोरा:मिति २०६२/१/१४ गते सिन्धुपाल्चोक जिल्लाको पीपलडाँडा गाविसमा नेकपा (माओवादी) द्वारा स्थानीय बासिन्दाको विरुद्धमा गरिएको हत्या तथा आगजनीका घटनाहरूको सम्बन्धमा आयोगबाट मिति २०६२/१/१७ देखि १९ गतेसम्म अनुगमन/अनुसन्धान गरिएको
  • उल्लङ्घनकर्ता:माओवादी
  • आयोगको निर्णय:मारिएका पीपलडाँडा गाविस वडा नं.- ३ का सुरेन्द्र बस्नेत, श्रीराम चौहान र शंकर भण्डारीको परिवारलाई जनही रु. १,५०,०००/- का दरले क्षतिपूर्तिको व्यवस्था गर्न, आवश्यक अनुसन्धान गरी दोषीलाई कारबाही गर्न, घाइतहे रूको उपचारमा लागेको सम्पूर्ण खर्च सरकारबाट व्यवस्था गर्न, घटनापछि त्रासको कारण बिस्थापित भएकाहरूलाई पुन: स्थापनाको व्यवस्था गर्न र सो नभएसम्म गाउँबाट बिस्थापित भएका व्यक्तिहरूको सुरक्षा तथा उनीहरूका दैनिक आवश्यकताहरू पूरा गर्न तथा उक्त घटनामा बम बिष्फोट गराई जलाइएका तथा आगजनी गरिएका घरहरूको यथोचति क्षतिपूर्ति व्यवस्था गर्न सिफारिस गर्ने
  • आयोगबाट गरिएको सिफारिसको विवरण:आयोगको च. नं. २२९६ मिति २०६२/१/२८ मा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्‍को कार्यालयलाई पत्राचार गरिएको
  • कार्यान्वयनको स्थिति:-
  • कैफियत:नभएको

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री