2005-02-13 - incident - Morang district २०६१-११-०२ - घटना - मोरङ जिल्ला

Archive ref no: NCA-15088 अभिलेखालय सि. नं.: NCA-15088

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • क्र.सं.:६९
  • पीडितको नाम र थर:मोरङ जिल्लाको जाँते घटना, दवे राज अधिकारी, कक्षा ९ मा अध्ययनरत महेन्द्र राई तथा सोही स्थान बस्ने राजेन्द्र मादी लिम्बुलाई मारिएको
  • ठेगाना:जाँते गाविस मोरङ
  • उजुरीको सङ्क्षिप्त व्यहोरा:मोरङ जिल्ला जाँते गाविस वडा नं.- २ स्थायी घर भई स्थानीय जाँते माविमा कक्षा ७ मा अध्ययनरत देवराज अधिकारी, कक्षा ९ मा अध्ययनरत महेन्द्र राई तथा सोही स्थान बस्ने राजेन्द्र मादी लिम्बुलाई मिति २०६१/११/२ गते श्रीपञ्चमीको दनि सरस्वती पूजाको लागतिेली खालेामा नुहाई घर फर्कने क्रममा विद्यालय नजिकै बाटोमा सुरक्षाकर्मी तथा माओवादीबीच भएको दोहोरो भीडन्तमा परी सुरक्षाकर्मीले चलाएको गोली गोली लागी मृत्यु भएको सम्बन्धमा आयोग समक्ष उजुरी निवेदन
  • उल्लङ्घनकर्ता:सुरक्षाकर्मी
  • आयोगको निर्णय:सो घटनामा दोषीको पहिचान गरी कानुनबमोजिम कारबाही गर्नुको साथै मृतकका परिवारलाई क्षतिपूर्ति स्वरूप रु. १,५०,०००/- उपलब्ध गराउने, सो घटनामा परी घाइते भएका डलिकुमारी कुरुङ्गवाङ्ग र मानकुमारी योङ्गहाङ्गको नि:शुल्क उपचारको व्यवस्था गर्ने तथा भीडन्तबाट खिमकुमारी लिम्बु र वीरबहादुरलिम्बुको घरका सामान तथा चौपाया मरेको भन्ने देखिँदा नरिीक्षण गरी क्षतिपूर्ति उपलब्ध गराउन श्री ५ को सरकारलाई सिफारिस गरी पठाउने तथा विद्यालयमा सशस्त्र गतिविधि सञ्चालन गरी द्वन्द्व‍मा असंलग्न पक्षलाई प्रभावति नपार्न ने.क.पा. (माओवादी)लाई आह्वान गर्ने मिति २०६२/११/५ को निर्णय
  • आयोगबाट गरिएको सिफारिसको विवरण:आयोगको च. नं. ३३ संरक्षण १८३९ मिति २०६२/१२/१० मा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयलाई पत्राचार गरिएको
  • कार्यान्वयनको स्थिति:प्र.म.म.का.को च.नं. ३७२ मिति २०६६/१०/२२ मा जनही रु. १,००,०००/- क्षतिपूर्तिसम्बन्धी जि.प्र.का.बाट भुक्तानी पाउने गरी निकासा फुकुवा पठाइएको भन्ने व्यहोरा रहेको शान्ति प्रक्रिया सहयोग आयोजनाको च. नं. १३८ मिति २०६६/८/२४ संलग्न भएको पत्र प्राप्त
  • कैफियत:आंशिक

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री