2004-11-29 - incident - Banke district २०६१-०८-१४ - घटना - बाँके जिल्ला

Archive ref no: NCA-14364 अभिलेखालय सि. नं.: NCA-14364

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • क्र.सं.:२९२
  • पीडितको नाम र थर:कमलप्रसाद थारू
  • ठेगाना:जिल्ला बाँके शम्शरेगन्ज गाविस वडा नं.- १
  • उजुरीको सङ्क्षिप्त व्यहोरा:उजुरी नं. ९, जिल्ला बाँके शम्शेरगन्ज गाविस वडा नं.- १ बस्ने कमलप्रसाद थारूलाई सुरक्षाकर्मीले नियन्त्रणमा लिने अवस्था रहँदारहँदै हत्या गरेको
  • उल्लङ्घनकर्ता:सुरक्षाकर्मी
  • आयोगको निर्णय:आयोगको अनुसन्धान टोलीको प्रतिवेदनअनुसार मिति २०६१/८/१४ गते कमलप्रसाद थारू आफ्नै घरमा नुहाउँदै गरेको बखत सुरक्षाकर्मीले गोली चलाई हत्या गरेको बुझन आयो। निजले कानुनविपरीतको कुनै कार्य गरेको नै भए पनि हिरासतमा लिई आवश्यक कानुनी कारबाही गरिनुपर्नेमा सो नगरी गैरकानुनी हत्या गरेको घटनाले निजको कानुनप्रदत्त बाँच्न पाउने अधिकारको गम्भीर उल्लङ्घन भएको पाइयो। अत: मृतकका कानुनबमोजिमका हकवालालाई रु. ३,००,०००/- क्षतिपूर्ति प्रदान गर्न र घटनाका दोषी पहिचान गरी कानुनबमोजिम कारबाही गर्न नेपाल सरकारलाई सिफारिस गर्ने भन्ने मिति २०६६/९/२५ को निर्णय
  • आयोगबाट गरिएको सिफारिसको विवरण:च.नं. १२२५ सरंक्षण ९ मिति २०६६/११/१७ गते प्र. म.म.प.को कार्यालयलाई आयोगको निर्णय सिफारिस गरिएको
  • कार्यान्वयनको स्थिति:-
  • कैफियत:नभएको

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री