2004-10-07 - incident - Baitadi district २०६१-०६-२१ - घटना - बैतडी जिल्ला

Archive ref no: NCA-13973 अभिलेखालय सि. नं.: NCA-13973

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • क्र.सं.:१९३
  • पीडितको नाम र थर:नारददत्त भट्ट, रमेश भट्ट, अन्दराज भट्ट
  • ठेगाना:बतैडी भटना गाविस वडा नं. - ५
  • उजुरीको सङ्क्षिप्त व्यहोरा:जिल्ला बतैडी भटना गाविस वडा नं.- ५ बस्ने नारददत्त भट्ट– १, ऐ.ऐ. बस्ने रमेश भट्ट र ऐ.ऐ. बस्ने अन्दराज भट्टसमेत जना ३ लाई २०६१/६/२१ गते सुरक्षाकर्मीले गोली हानी मानवअधिकारको हनन् गरेकोले कारबाहीको लागि आयोगमा उजुरी पर्न आएको
  • उल्लङ्घनकर्ता:सुरक्षाकर्मी
  • आयोगको निर्णय:मृतकहरू नारददत्त भट्ट, रमशे भट्ट र भक्तराज भट्टका आश्रित परिवारलाई जनही रु. ३,००,०००/- का दरले राष्ट्रिय मानवअधिकार आयोग (उजुरी, कारबाही तथा क्षतिपूर्ति निर्धारण) नियमावली,२०५७ को नियम १७ बमोजिम क्षतिपूर्ति उपलब्ध गराउन र दोषी सुरक्षाकर्मीको पहिचान गरी कानुनबमोजिम कारबाही गर्न नेपाल सरकारलाई सिफारिस गर्ने मिति २०६५/५/२४ को निर्णय
  • आयागेबाट गरिएको सिफारिसको विवरण:च. नं. धनगढी/४३५ संरक्षण ७४८ मिति २०६५/९/४ मा प्र. म.म.प.को कायार्लय र शान्ति तथा पुन:निर्माण मन्त्रालयलाई आयोगको निर्णय सिफारिस गरिएको
  • कार्यान्वयनको स्थिति:आयोगको निर्णय कार्यान्वयन सम्बन्धमा सम्बन्धित इकाईमा पठाइएको शान्ति तथा पुन:निर्माण मन्त्रालयको च. नं. ७०३ मिति २०६५/९/७ को बोधार्थ प्राप्त, प्र.म.म.का.को च. नं. ३७२ मिति २०६६/१०/२२ मा जनही रु. १,००,०००/- क्षतिपूर्तिसम्बन्धी जि.प्र.का.बाट भुक्तानी पाउने गरी निकासा फुकुवा पठाइएको भन्ने व्यहोरा रहेको शान्ति प्रक्रिया सहयोग आयोजनाको च. नं. १३८ मिति २०६६/८/२४ संलग्न भएको पत्र प्राप्त
  • कैफियत:आंशिक

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री