2004-09-27 - incident - Morang district २०६१-०६-११ - घटना - मोरङ जिल्ला

Archive ref no: NCA-13901 अभिलेखालय सि. नं.: NCA-13901

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • क्र.सं.:५६
  • पीडितको नाम र थर:धनबहादुर तामाङ, नगेन्द्र पराजुली तथा टोमनाथ पौडेल
  • ठेगाना:हसन्दह गाविस- ८, मोरङ
  • उजुरीको सङ्क्षिप्त व्यहोरा:जिल्ला मोरङ हसन्दह गाविस वडा नं.- ८ निवासी धनबहादुर तामाङ, ऐ. गाविस वडा नं.- ७ निवासी नगेन्द्र पराजुली तथा टोमनाथ पौडेललाई सादा पोसाकमा आएका सुरक्षाफौजले हसन्दह गाविसको वडा नं.- ८ बाट मिति २०६१/६/११ गते बेलकुा पक्राउ गरी सोही वडास्थित रामजानकी प्रावि परिसरमा लगी रातभरिको करे कार र यातनापश्चात् भोलिपल्ट बिहान ४:४५ बजे गोली हानी हत्या गरेको हुँदा उक्त घटनाको निष्पक्ष छानबिन गर्नका लागि मिति २०६१/६/१५ गतेको आयोगमा प्राप्त निवेदन
  • उल्लङ्घनकर्ता:सुरक्षाकर्मी
  • आयोगको निर्णय:दोषी सुरक्षाकर्मीलाई प्रचलित कानुन बमोजिम कारबाही तथा पीडित परिवारहरूलाई जनही रु. १,५०,०००/- क्षतिपूर्ति उपलव्ध गराइदिन श्री ५ को सरकारलाई लेखी पठाउने मिति २०६२/२/३ को निर्णय
  • आयोगबाट गरिएको सिफारिसको विवरण:श्री ५ को सरकारमा मिति २०६२/०३/०२ गते निर्णय कार्यान्वयनको लागि पठाइएको, आयोगको च. नं. २१७६ मिति २०६३/४/८ मा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्‍को कार्यालयलाई ताकेता पत्र पठाइएको
  • कार्यान्वयनको स्थिति:गृह मन्त्रालयको २०६५/७/१८ को निर्णयानुसार रु. १,५०,०००/- क्षतिपूर्ति उपलब्ध गराएको र दोषी सुरक्षाकर्मीलाई कारबाही गर्न प्र.प.का.लाई निर्देशन दिइएको मिति २०६६/७/१० को च. नं. ७३ मा प्र.म.म.प.को पत्र प्राप्त, प्र.म.म.का.को च. नं. ३७२ मिति २०६६/१०/२२ मा जनही रु. १,००,०००/- क्षतिपूर्तिसम्बन्धी जि.प्र.का.बाट भुक्तानी पाउने गरी निकासा फुकुवा पठाइएको भन्ने व्यहोरा रहको शान्ति प्रक्रिया सहयोग आयोजनाको च. नं. १३८ मिति २०६६/८/२४ संलग्न भएको पत्र प्राप्त
  • कैफियत:पूर्ण

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री