2004-06-06 - incident - Gorkha district २०६१-०२-२४ - घटना - गोरखा जिल्ला

Archive ref no: NCA-13054 अभिलेखालय सि. नं.: NCA-13054

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • क्र.सं.:२७५
  • पीडितको नाम र थर:कृष्णप्रसाद अधिकारी
  • ठेगाना:फुजेल गाविस ७, गोरखा
  • उजुरीको सङ्क्षिप्त व्यहोरा:उजुरी नं. ,........गोरखा जिल्ला फुजेल- ७ निवासी नन्दप्रसाद अधिकारीको छोरा कृष्णप्रसाद अधिकारीलाई ने.क.पा. (माओवादी) ले अपहरण गरी मिति २०६१/२/२४ मा चितवनमा हत्या गरेको र निजका परिवार बिस्थापित भएको
  • उल्लङ्घनकर्ता:माओवादी
  • आयोगको निर्णय:निजका परिवारबिस्थापित भएको भन्ने सम्बन्धमा मुद्दा को अनुसन्धान कारबाही अगाडि बढाउन चितवन प्रहरी कार्यालयलाई लेखी पठाउने, मृतक कृष्णप्रसाद अधिकारीको कानुनबमोजिम हकवालालाई क्षतिपूर्तिवापत रु. ३,००,०००/- उपलब्ध गराउन साथै निजहरू आफ्नो घरबाट बिस्थापित भइसकेको हुनाले आफ्नो घरबारमा स्थापित गराउन र आवश्यक सुरक्षा पनि प्रदान गर्न नेपाल सरकार तथा गृह मन्त्रालयलाई लेखी पठाउने भनी २०६५/१२/२३ मा निर्णय गरिएको
  • आयागेबाट पठाइएको पत्रको विवरण:च. नं. पोखरा/१२२२ मिति ०६५/१२/३० मा प्र. म.म.प.को कार्यालय र शान्ति तथा पुन:निर्माण मन्त्रालयलाई आयोगको निर्णय सिफारिस गरिएको
  • कार्यान्वयनको स्थिति:*महानगरीय प्रहरी प्रभाग सिंहदरबारको च. नं. २३२१ मिति २०६६/१/६ गते कुनै लिखित वा मौखिक जानकारी नआएको भन्ने जवाफ प्राप्त, महानगरीय प्रहरी प्रभाग काठमाडौँको च. नं. २५३६ मिति २०६६/१/११ गते निजहरू यस कार्यालयको वडा एरियामा बसोबास गर्ने भनी जानकारी आएमा निगरानीमा राखी सुरक्षाको व्यवस्था मिलाइदिने भन्ने जवाफ प्राप्त, महानगरीय प्रहरी बृत्त, बौद्धको च. नं. ४७११ मिति २०६६/१/२९ गते नन्दप्रसाद अधिकारीको सम्बन्धमा खोजतलास गर्दा/गराउँदा हालसम्म फेला नपरेको साथै खोजतलास भइरहेको भेटिन आएमा निजहरूको सुरक्षा तथा सम्मानित आयोगमा समेत जानकारी गराउने भन्ने जवाफ प्राप्त, महानगरीय प्रहरी प्रभाग लैनचौरको च. नं. ३२७९ मिति २०६६/१/३० गते निजहरूको सम्बन्धमा हालसम्म उजुरी पर्न नआएको र उजुरी पर्न आएमा शान्ति सुरक्षाको व्यवस्था मिलाउन भन्ने जवाफ प्राप्त, महानगरीय प्रहरी बृत्त, नयाँबानेश्वरको च. नं. १६७९ मिति २०६६/२/१२ गते निजहरूको सम्बन्धमा बुझ्न प्र.ज. खटाई बुझ्दा के कहाँ बस्छन्? भन्ने खुल्न नसकेको, निज व्यक्तिहरूको सम्पर्क नं. तथा बसोबास गर्ने स्थानसमेत स्पष्ट नभएकोले र हालसम्म पीडित व्यक्तिहरू कोही सम्पर्क राख्न नआएको भन्ने जवाफ प्राप्त, महानगरीय प्रहरी बृत्त, बालाजुको च. नं. ४९६६ मिति २०६६/२/५ गते निज नुरप्रसाद अधिकारीलगायत अन्य कोही कसैको निवेदन एवम् उजुरीसम्बन्धमा यस प्रहरी बृत्तमा जानकारी नभएको भन्ने जवाफ प्राप्त, प्र.म.म.प.को च. नं. १६ मिति २०६६/४/१९ मा आयोगको निर्णय कार्यान्वयनको लागि गृह तथा शान्ति तथा पुन:निर्माण मन्त्रालयलाई पठाइएको ताकेता पत्रको बोधार्थ प्राप्त
  • कैफियत:आंशिक

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री