2004-02-18 - incident - Chitwan district २०६०-११-०६ - घटना - चितवन जिल्ला

Archive ref no: NCA-11866 अभिलेखालय सि. नं.: NCA-11866

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • क्र.सं.:३१
  • पीडितको नाम र थर:विराज गुरुङ, तिर्की प्रजा र सुनील गुरुङ
  • ठेगाना:जुगेडी, चितवन
  • उजुरीको सङ्क्षिप्त व्यहोरा:२०६० साल फागुन ६ गते सुरक्षाकर्मी शिवरात्रिको दिन बिहान ५:०० बजे चितवन जिल्लाको जुगेडीमा एकै परिवारका तीन जना व्यक्तिलाई सेनाको एक टोलीले बिना सोधपुछ अन्धाधुन्ध गोली हानी हत्या गरेको र अन्य दुई जनालाई गम्भीर घाइते बनाएको हुनाले घटनाको अनुसन्धान गरी दोषीमाथि कारबाही तथा पीडित परिवारलाई क्षतिपूर्ति उपलव्ध दिलाइदिन निवेदन दर्ता हुन आएको
  • उल्लङ्घनकर्ता:सुरक्षाकर्मी
  • आयोगको निर्णय:दोषी सुरक्षाकर्मीलाई प्रचलित श्री ५ को कानुनबमोजिम कारबाही तथा पीडित परिवारहरूलाई जनही रु. १,००,०००/- र घाइते खेम गुरुङ र अञ्जु गुरुङलाई निजहरूको उपचारलाई लाग्ने खर्च र चोट लागेको ठाउँको संवेदनशीलतालाई मध्यनजर गरी रु. ४०,०००/- उपलव्ध गराइदिन श्री ५ को सरकारलाई मिति २०६१/६/२० मा लेखी पठाउने निर्णय
  • आयागेबाट गरिएको सिफारिसको विवरण:श्री ५ को सरकारमा मिति २०६१/८/४ आयोगबाट निर्णय कार्यान्वयनका लागि लेखी पठाइएको
  • कार्यान्वयनको स्थिति:उक्त घटनाको सम्बन्धमा नभएको निजहरू निर्दोष नै भए पनि विद्यमान परिस्थितिमा निजहरूले आतङ्ककारीहरूले गर्नेजस्तो हर्कत गरेको कारणबाट उक्त घटना घट्न गएको हुँदा क्षतिपूर्ति दिनु सकारात्मक पक्ष भए पनि सुरक्षाफौजलाई दोषी ठहर्‍याउनु उपयुक्त नदेखिएको भनी शाही नेपाली जङ्गी अड्डा, मानवअधिकार शाखा, कार्यरथी विभागको प. सं. १४६४४ /१६/ए/०६१/ ६२/६१, मिति ०६२/११/१४ गतेको पत्रमार्फत् जानकारी प्राप्त
  • कैफियत:नभएको

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री