2004-02-17 - incident - Kavre district २०६०-११-०५ - घटना - काभ्रेपलाञ्चोक जिल्ला

Archive ref no: NCA-11856 अभिलेखालय सि. नं.: NCA-11856

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.1
  • घटना:हत्या (गम्भिर प्रकृति)
  • कम्प्युटर अ. नं.9088
  • अ. नं.80
  • घटना भएको जिल्ला:काभ्रेपलाञ्चोक
  • गाविस:पाँचखाल
  • वार्ड नं.:6
  • टोलको नाम:सैनिक व्यारेक
  • पीडित विवरण
  • पीडितको नाम:मैना सुनार
  • जन्म मिति:
  • साल:2044
  • महिना:05
  • गते:02
  • उमेर:16
  • स्थायी ठेगाना:
  • जिल्ला:काभ्रेपलाञ्चोक
  • गाविस:खरेलथोक
  • वार्ड नं.:6
  • टोल:कटुन्जे
  • अस्थायी ठेगाना:
  • जिल्ला:काभ्रेपलाञ्चोक
  • गाविस:खरेलथोक
  • वार्ड नं.:6
  • टोल:कटुन्जे
  • लिङ्ग:महिला
  • थर:सुनार
  • जात:दलित
  • भाषा:नेपाली
  • घटना हुँदाको पेशा:विद्यार्थी
  • कार्यालयको नामभगवती मावि, पलान्चोक
  • पद:विद्यार्थी
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:एकिकृत नेकपा माओवादीको समर्थक
  • बाबुको नामस्व. पूर्णबहादुर सुनार
  • आमाको नाम:देवी सुनार
  • शैक्षिक स्तर:निमावि
  • आर्थिक स्तरनिम्न
  • वैवाहिक स्थिति:अविवाहित
  • विवाहित भए पति वा पत्नीको नाम:
  • छोराको संख्या:0
  • छोरीको संख्या:0
  • अन्य आश्रितहरु भए संख्या3
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:No
  • कतै काममा लागेको भए कामको प्रकृति:घरव्यवहारमा रहेको
  • आश्रितहरुको जीविकोपार्जनको आधार:जागीर
  • क्षतिपुर्ती प्राप्त:Yes
  • प्राप्त भएको भए कोबाट:नेपाल सरकार
  • कति रकम बराबर (रु.)100000
  • घटनाको प्रभाव
  • पीडितपक्ष विस्थापित भएकोYes
  • विस्थापित भएको स्थान
  • काठमाडौं
  • मिति 2060-11-05
  • पुनस्थापित भएको भए मिति0000-00-00
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • कहिलेकाही घरमा जाने गरेको तर गाउको ङर भत्कीएर बस्न नहुने भएको।
  • पीडक पक्ष
  • राज्य
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2060-11-05
  • समय:00:11:30 AM
  • घटनास्थल
  • जिल्ला:काभ्रेपलाञ्चोक
  • गाविस:पाँचखाल
  • वार्ड नं.:6
  • पोस्टमार्टम भएको भए
  • अस्पतालको नाम:शिक्षण अस्पताल काठमाडौं
  • मिति:2063-12-09
  • चिकित्सकको नाम:डा. हरिहर वस्ती
  • सदगत गरिएको स्थान
  • प्रयोगशालमा नै रहेको
  • घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):खरेलथोक गाविस ६ घरभएकी भगवती मावि पलाञ्चोकमा ९ कक्षामा अध्ययनरत १६ वर्षीया मैना सुनारको हत्यामा संलग्न भनी सैनिक अदालतले ३ जना नेपाली सेनालार्इ दोषी देखायो। दोषि देखिएका सैनिकहरूलाई अन्य नागरिकसरह कार्वाहीको माग राखि मृतककी आमा देबी सुनारले जिल्ला प्रशासन कार्यालय धुलिखेलमा मुद्दा दर्ता गरिन। कानुनअनुसार गैरन्यायिक हत्याको घटनामा छानबिन र तहिकात गर्ने शुरूको कार्यालय जिल्ला प्रहरी कार्यालयले उजुरी दर्ता गर्न नमानेपछि संयुत्त राष्ट्रसंघिय मानवअधिकार उच्चायोगसहितको मानवअधिकारकर्मी र पत्रकारहरू सम्मिलित करिब ५० जना जिल्ला प्रशासन कार्यालय पुगेर मुद्दा दर्ता गरेका थिए।
  • प्रहरीको इन्कारपछि देबी सुनारले जिल्ला प्रशासन कार्यालयमा ११७५ नम्बरमा उजुरी दर्ता गरिन। सैनिक अदालतले यस घटनाका दोषीहरूबाट क्षतिपूर्ति भराउने निर्णय गरेको थियो। मैनाको परिवारलाइ खत्रीले ५० हजार, सहसेनानीहरूबाट २५/२५ हजारका दरले क्षतिपूर्ति भराउने निर्णय सैनिक अदालतले गरेको थियो। सैनिक अदालतले पीडित परिवारको १ लाख ५० हजार रुपैँया दिन सरकारको सिफारिस गरेको जनायो।
  • पोखरीचौरीमा मारिएका रिना रसाइली र सुभद्रा चौलागाई तथा खरेलथोककी मैना सुनारको हत्याका विषयमा छानविन गर्न भनी मोहनबहादुर बस्नेतको अध्यक्षतामा २०६१ फागुन ३ गते बोर्ड गठन भइ २०६१ चैत्र १ गते राय पेश गरेको थियो। उत्त बोर्डले दिएको निष्कर्षमा विहान ८:३० बजे व्यारेकमा ल्याइपुरयाइएकी मैना सुनारको पानीमा चोवल्दा सोही दिन मुखबाट फिँज काढेर ११:३० बजे मृत्यु भएको उल्लेख छ।
  • भगवती माविको कक्षा ९ मा अध्ययनरत खरेलथोक गाविस ६ की छात्रा मैना सुनारलाई २०६० फागुन ५ गते सेनाले घरबाटै गिरफ्तार गरी पाँचखाल व्यारेकमा चर्को यातना दिएर हत्या गरेका थिए।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री