2004-02-13 - incident - Kavre district २०६०-११-०१ - घटना - काभ्रेपलाञ्चोक जिल्ला

Archive ref no: NCA-11804 अभिलेखालय सि. नं.: NCA-11804

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.1
  • घटना:हत्या (गैरन्यायीक)
  • कम्प्युटर अ. नं.8303
  • अ. नं.62
  • घटना भएको जिल्ला:काभ्रेपलाञ्चोक
  • गाविस:पोखरी चौरी
  • वार्ड नं.:4
  • टोलको नाम:सुलिकोट
  • पीडित विवरण
  • पीडितको नाम:सुभद्रा चौलागाई (अस्मिता)
  • जन्म मिति:
  • साल:2043
  • महिना:03
  • गते:07
  • उमेर:17
  • स्थायी ठेगाना:
  • जिल्ला:काभ्रेपलाञ्चोक
  • गाविस:पोखरी चौरी
  • वार्ड नं.:3
  • टोल:सुलिकोट
  • अस्थायी ठेगाना:
  • जिल्ला:काभ्रेपलाञ्चोक
  • गाविस:पोखरी चौरी
  • वार्ड नं.:3
  • टोल:सुलिकोट
  • लिङ्ग:महिला
  • थर:चौलागाई
  • जात:बाहुन/क्षेत्री
  • भाषा:नेपाली
  • घटना हुँदाको पेशा:राजनीति
  • कार्यालयको नामप्रभा उच्च मावि, कात्तकिेदेउराली
  • पद:विद्यार्थी
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:नेकपा माओवादी, कार्यकर्ता
  • बाबुको नामकेदारनाथ चौलागाई
  • आमाको नाम:पुतली चौलागाई
  • शैक्षिक स्तर:प्रावि
  • आर्थिक स्तरनिम्न
  • वैवाहिक स्थिति:अविवाहित
  • विवाहित भए पति वा पत्नीको नाम:
  • छोराको संख्या:0
  • छोरीको संख्या:0
  • अन्य आश्रितहरु भए संख्या2
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:No
  • कतै काममा लागेको भए कामको प्रकृति:घरव्यवहारमा रहेको
  • आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
  • क्षतिपुर्ती प्राप्त:Yes
  • प्राप्त भएको भए कोबाट:नेपाल सरकार
  • कति रकम बराबर (रु.)100000
  • घटनाको प्रभाव
  • पीडितपक्ष विस्थापित भएकोYes
  • विस्थापित भएको स्थान
  • काठमाडौं
  • मिति 2061-01-18
  • पुनस्थापित भएको भए मिति2062-08-05
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • पीडक पक्ष
  • राज्य
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2060-11-01
  • समय:00:03:45 AM
  • घटनास्थल
  • जिल्ला:काभ्रेपलाञ्चोक
  • गाविस:पोखरी चौरी
  • वार्ड नं.:4
  • पोस्टमार्टम भएको भए
  • अस्पतालको नाम:पोष्टमार्टम नगरेको
  • मिति:0000-00-00
  • चिकित्सकको नाम:
  • सदगत गरिएको स्थान
  • घटनास्थल
  • घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):पोखरीचौरी गाविस-३ निवासी माओवादी कार्यकर्ता सुभद्रा चौलागाइलको ०६० फागुन १ गते सुतेको अबस्थाबाट उठाएर सुरक्षाकर्मीले घरभन्दा तल लगी गोली प्रहार गरी हत्या गरे। घटनापछि अस्मिता भनिने सुभद्रा माओवादीको एरिया कमाण्डर रहेको भन्ने रक्षा विज्ञप्ती आयो। प्रभा माविमा ७ कक्षामा पढ्दापढ्दै हिडेकी सुभद्रा काका धुर्बको छोरीको बिबाहमा आएको कुरा थाहा पाएर सेनाले हमला गरेको थियो। राती सुतेको अबस्थाबाट समातेर तल्लो घरमा ल्याई केरकार गरेपछि भाग भन्दै गोली हानीएको प्रत्यक्षदर्शीहरूले बताए। उनकै घरमा सुतेका माओवादीका कमाण्डर मोतीलाल गौतम (रिम) भने मोवाइल र पेस्तोल छाडी माथिल्लो तल्लाबाट हाम्फालेर भागेका थिए। बारीमा उनको शब आन्द्रा निस्केको अबस्थामा पाँच दिनसम्म छरफस्ट पाइयो। स्थानिय प्रशासनले उनी माओवादी भन्दै वास्ता नगरेपछि गाउँलेको सहयोगमा सतगत् गरियो। राज्यले सताउने डरमा परिवारका सबै २०६१ बैशाख १८ गतेदेखि घरमा ढोकालगाएर काठमाडौंमा डेरा गरि बस्न बाध्य भए। पीडितको घर पुरै भत्किएको र घरमा ताला लागेको पाइयो। उनका ५ जना परिवार लामो समय काठमाडौंमा चिया बेचेर बसे। आफ्नो छोरीलाई सुतेको अवस्थामा उठाएर बलत्कार गरी हत्या गर्ने दोषी सैनिकहरूलाइ कर्तव्य ज्यानसम्वन्धि सजायको माग गरी मृतकका बाबु केदारनाथ चौलागाईले ०६३ जेठ २५ जिल्ला प्रहरी कार्यालय काभ्रेमा मुद्दा दर्ता गरे। यस मुद्दामा सेनाले प्रहरीलाई देवान थापामगरको कमाण्डमा गएको टोलीले उनको हत्या गरेको उत्तर दियो।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री