2004-02-02 - incident - Siraha district २०६०-१०-१९ - घटना - सिराहा जिल्ला

Archive ref no: NCA-11684 अभिलेखालय सि. नं.: NCA-11684

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • क्र.सं.:१३
  • पीडितको नाम र थर:हेमनारायण यादव
  • ठेगाना:सिराहा
  • उजुरीको सङ्क्षिप्त व्यहोरा:सिराहा जिल्ला क्षेत्र नं. ४ नेकपा एमालेका निवर्तमान सांसद तथा नेकपा एमाले जिल्ला कमिटीका सदस्य हेमनारायण यादवलाई मिति ०६०/१०/१९ गते माओवादीले अपहरण गरी मिति २०६०/१०/२० गते रहस्यमय ढङ्गले हत्या गरिएको घटनाको निष्पक्ष छानबिनका लागि मिति २०६०/१०/२२ मा आयोगमा निवेदन दर्ता
  • उल्लङ्घनकर्ता:सुरक्षाकर्मी
  • आयोगको निर्णय:निजको हत्यासम्बन्धमा बिस्तृत अनसुन्धान गरी वास्तविक अपराधी पत्ता लगाई कानुनबमोजिम आवश्यक कारबाही गर्न श्री ५ को सरकार समक्ष सिफारिस गर्ने भन्ने मिति २०६०/११/८ गतेको निर्णय
  • आयागेबाट गरिएको सिफारिसको विवरण:आयोगको च. नं. ३४७७ मिति २०६०/११/११ मा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्‍को कार्यालयमा आवश्यक कारबाही अगाडि बढाउन सिफारिस गरिएको, च. नं. ३८१५ मिति २०६०/१२/१९ मा प्र.म.म.का.लाई उच्चस्तरीय अनुसन्धान टोली गठन गरी अनुसन्धान गर्न सिफारिस गरिएको
  • कार्यान्वयनको स्थिति:*निज हेमनारायाण यादवलाई सहिद घोषणा गरिएको भनी पत्रपत्रिकामा प्रकाशित समाचार, प्र.म.म.का.को च. नं. ३७२ मिति २०६६/१०/२२ मा जनही १,००,०००/- क्षतिपूर्तिसम्बन्धी जि.प्र.का.बाट भुक्तानी पाउने गरी निकासा फुकुवा पठाइएको भन्ने व्यहोरा रहेको शान्ति प्रक्रियासहयोग आयोजनाको च. नं. १३८ मिति २०६६/८/२४ संलग्न भएको पत्र प्राप्त
  • कैफियत:आंशिक

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री