2004-01-21 - incident - Gulmi district २०६०-१०-०७ - घटना - गुल्मी जिल्ला
Archive ref no: NCA-11587 अभिलेखालय सि. नं.: NCA-11587
Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा
Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी
- पीडितको नाम र थर:दधिलाल घिमिरे
- ठेगाना:गुल्मी जिल्ला ह्वाङ्गडी गाविस
- उजुरीको सङ्क्षिप्त व्यहोरा:गुल्मी जिल्ला ह्वाङ्गडी गाविस निवासी दधिलाल घिमिरेलाई नेकपा (माओवादी) का कार्यकर्ताहरूले अपहरण गरी हत्या गरेको घटनासम्बन्धमा आयोगको अनुसन्धान टोलीको प्रतिवेदनअनुसार निज घिमिरेलाई २०६०/१०/७ मा निजको आफ्नै घरबाट नेकपा (माओवादी) का कार्यकर्ताहरूले अपहरण गरी हत्या गरेको बुझिन आयो
- आयोगको निर्णय:यस कायर्बाट निजको बाँच्न पाउने अधिकार र अन्तर्राष्ट्रिय मानवीय कानुनको उल्लङ्घन भएकोले पीडितका हकवालाले यसअघि रु. १,५०,०००/- क्षतिपूर्तिपाएको देखिँदा थप रु. १,५०,०००/- क्षतिपूर्ति प्रदान गर्न र घटनामा संलग्न दोषी पहिचान गरी कानुनबमोजिम कारबाही गर्न नेपाल सरकारलाई सिफारिस गर्ने भन्ने मिति २०६६/९/२३ को निर्णय
- आयोगबाट गरिएको सिफारिस विवरण:च. नं. १२३३ संरक्षण ५१५ मिति २०६६/११/१७ मा प्र. म.म.प.को कार्यालयलाई पत्राचार गरिएको