2003-11-12 - incident - Dhading district २०६०-०७-२६ - घटना - धादिङ जिल्ला

Archive ref no: NCA-10824 अभिलेखालय सि. नं.: NCA-10824

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • क्र.सं.:३३८
  • पीडितको नाम र थर:रामप्रसाद आचार्य
  • ठेगाना:धादिङ जिल्ला नौविसे गाविस वडा नं.- १, धार्के
  • उजुरीको सङ्क्षिप्त व्यहोरा:धादिङ जिल्ला नौविसे गाविस वडा नं.- १ धार्के बस्ने रामप्रसाद आचार्यलाई मिति २०६०/७/२६ गते बिहान अन्दाज ३:४५ बजे सुतिरहको समयमा सादा पोसाकका नेपाली सेनाका सुरक्षाकर्मीहरू आई पक्राउ गरी बेपत्ता पारके ो घटनाको सम्बन्धमा आयोगमा दर्ता उजुरी निवेदन
  • उल्लङ्घनकर्ता:-
  • आयोगको निर्णय:सुरक्षाकर्मीले निज रामप्रसाद आचार्यलाई पक्राउ गरी स्थिति सार्वजनिक नगरी लामो समयसम्म बेपत्ता अवस्थामा राखेको देखिँदा निजलाई अविलम्ब सार्वजनिक गर्न, पीडतिका परिवारलाई अन्तरिम राहत स्वरूप रु. १,००,०००/- प्रदान गर्न नेपाल सरकारलाई सिफारिस गर्ने। घटनामा संलग्न देखिएका जगदल गणका तत्कालीन प्रमुखलाई वयानका लागि आयोगमा बोलाउने आयोगको मिति २०६६/५/१७ को निर्णय
  • आयोगबाट पठाइएको पत्रको विवरण:च. नं. ३२६ संरक्षण २२१४ मिति २०६६/७/१० गते प्र.म.म.प.को कार्यालयलाई आयोगको निर्णय सिफारिस गरिएको
  • कार्यान्वयनको स्थिति:शान्ति तथा पुन:निर्माण मन्त्रालयको च. नं. २४४ मिति २०६६/६/२८ मा राहत तथा पुन:स्थापना इकाईलाई आयोगको निर्णय कार्यान्वयन गर्न पठाइएको पत्रको बोधार्थ प्राप्त
  • कैफियत:नभएको

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री