2003-10-10 - incident - Makwanpur district २०६०-०६-२३ - घटना - मकवानपुर जिल्ला
Archive ref no: NCA-10156 अभिलेखालय सि. नं.: NCA-10156
Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा
Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी
- पीडितको नाम र थर:प्रह्लाद भनिने प्रवीण सत्याल
- ठेगाना:मकवानपुर जिल्ला, ठिङ्गन गाविस वडा नं.- २
- उजुरीको सङ्क्षिप्त व्यहोरा:मकवानपुर जिल्ला ठिङ्गन गाविस वडा नं.- २ स्थायी बसाबेास भई ललितपुर उपमहानगर पालिका वडा नं.- १५ सातदोबाटो बस्दै आएका वर्ष २४ का प्रह्लाद भनीने प्रवीण सत्याललाई मिति २०६०/६/२३ गते गस्तीमा आएका शाही नेपाली सेनाको टोलीले पक्राउ गरी कब्जामा लिइसकपेछि हत्या गरेकाले दोषीमाथि कारबाही गरी उचित क्षतिपूर्ति पाऊँ भनी आयोगमा प्राप्त उजुरी निवेदन
- उल्लङ्घनकर्ता:शाही नेपाली सेना
- आयोगको निर्णय:त्यस्तो कसुर को कसबाट भएको हो? पत्ता लगाई दोषीलाई कानुनबमोजिम कारबाही गर्न तथा मृतकका परिवारलाई क्षतिपूर्तिस्वरूप रु. २,००,०००/- उपलब्ध गराउन श्री ५ को सरकारलाई लेखी पठाउने मिति २०६३/२/३० को निर्णय
- आयोगबाट गरिएको सिफारिसको विवरण:आयोगको २५६४ मिति २०६३/३/३२ मा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयलाई पत्राचार गरिएको