2003-08-17 - incident - Ramechhap district २०६०-०४-३२ - घटना - रामेछाप जिल्ला

Archive ref no: NCA-09382 अभिलेखालय सि. नं.: NCA-09382

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • क्र.सं.:
  • पीडितको नाम र थर:दोरम्बा घटना
  • ठेगाना:दोरम्बा, रामछेाप
  • उजुरीको संक्षिप्त व्यहोरा:मिति २०६०/४/३२ गते रामेछाप जिल्लाको दोरम्बा भन्ने ठाउँमा सैनिक व्यक्तिद्वारा २१ जना व्यक्तिहरूलाई सैनिक हिरासतमा लिई हत्या गरेको भन्ने सम्बन्धमा आयोगबाट आफ्नै सक्रियतामा मिति २०६०/५/१० गते घटनास्थल गई अनुसन्धान तथा छानबिन गरिएको
  • उल्लङ्घनकर्ता:सैनिक
  • आयोगको निर्णय:उक्त घटनाको स्वतन्त्र र बिस्तृत अनुसन्धान गरी दोषीलाई आवश्यक कारबाही तथा पीडित परिवारलाई उचित राहतको साथै यस्ता घटनाहरू पुन: दोहोरिन नदिन आवश्यक सतर्कता अपनाउन सरकारले सुरुक्षा निकायलाई सचेत गराउन मिति २०६०/५/२५ मा सिफारिस गरिएको
  • आयागेबाट गरिएको सिफारिसको विवरण:आयोगको च.नं. १९९५ मिति २०६०/५/२५ मा प्रधानमन्त्रीको कार्यालयमा पठाइएको, प्रधानमन्त्रीको कार्यालयमा २०६०/५/२५ र पुन: २०६१/५/१६ मा ताकेता गरिएको, च. नं. २७९० संरक्षण ३६ मिति २०६२/४/७ मा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा पत्राचार गरिएको, च. नं. १५६३ मिति २०६६/३/२४ मा प्र.म.म.का.लाई आयोगको सिफारिस कार्यान्वयन गर्नेसम्बन्धमा पत्राचार गरिएको
  • कार्यान्वयनको स्थिति:दोषी अफिसरलाई सेवाबाट वर्खास्त गरिएको, दुई वर्ष जेलमा पठाइएको साथै उक्त घटनामा संलग्न प्रहरीलाई आवश्यक कारबाही गर्न सम्बन्धित निकायमा पत्राचारसमेत गरिएको भन्ने शाहीनेपालीसेनाबाट जानकारी प्राप्त
  • कैफियत:आंशिक

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री