2002-12-02 - incident - Ramechhap district २०५९-०८-१६ - घटना - रामेछाप जिल्ला

Archive ref no: NCA-08350 अभिलेखालय सि. नं.: NCA-08350

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • क्र.सं.:२६८
  • पीडितको नाम र थर:आङ्शवा शेर्पा
  • ठेगाना:रामेछाप जिल्ला चचुरुे गाविस वडा नं.- २
  • उजुरीको सङ्क्षिप्त व्यहोरा:जिल्ला रामेछाप चुचुरे गाविस वडा नं.- २ बस्ने आङ्शवा शेर्पालाई २०५९/८/१६ गते बेलुका निजको घरमा ने.क.पा.(माओवादी) का कार्यकर्ता आई सम्पूर्ण भाँडा, कपडा, गरगहना लटुपाट गरी त्रासको कारण काठमाडौमँा आन्तरिक रूपमा बिस्थापित भएकोले मानवअधिकार सरंक्षण गरी पाउन आयोगमा उजुरी पर्न आएको
  • उल्लङ्घनकर्ता:माओवादी
  • आयोगको निर्णय:आयोगको अनुसन्धान टोलीको प्रतिवदेन तथा जिल्ला प्रशासन कार्यालयको विवरणअनुसार रु.,५०,०००/-सम्पत्ति क्षति भएको भनी मूल्याङ्कन गरेको विवरण आयोगको अनुसन्धान टोलीको प्रतिवेदनमा संलग्न भएको पाइयो। निज हालसम्म पनि आफ्नो घर स्थायी बसोबास भएको ठाउँमा फर्किन नसकेको र क्षतिपूर्तिसमेत प्राप्त भएको भन्ने मिसिल संलग्न कागजबाट नदेखिँदा जिल्ला प्रशासन कार्यालय मन्थली रामेछापबाट निर्णयबमोजिम क्षतिपूर्ति प्राप्त नगरेको भए अविलम्ब क्षतिपूर्ति उपलब्ध गराउन निजलाई पुन:स्थापित गराउन नेपाल सरकारलाई सिफारिस गर्ने र आन्तरिक बिस्थापितलाई घर फर्कने वातावरण मिलाउन ने.क.पा. (माओवादी) लाई पत्राचार गर्ने मिति २०६५/६/७ को निर्णय
  • आयागेबाट पठाइएको पत्रको विवरण:च.नं. ३९६४ सरंक्षण ४८४ मिति २०६५/७/७ मा प्र.म.म.प.को कायार्लय र शान्ति तथा पुन:निर्माण मन्त्रालयलाई आयोगको निर्णय सिफारिस गर्ने
  • कार्यान्वयनको स्थिति:शान्ति तथा पुन:निर्माण मन्त्रालयको च. नं. ५७१ मिति २०६५/८/२ गते आयोगको निर्णय कार्यान्वयनको लागिराहत तथा पुन: स्थापना इकाइर्लाई लेखेको पत्रको बोधार्थ प्राप्त
  • कैफियत:नभएको

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री