2002-10-02 - incident - Bardiya district २०५९-०६-१६ - घटना - बर्दिया जिल्ला
Archive ref no: NCA-07500 अभिलेखालय सि. नं.: NCA-07500
Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा
Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी
- पीडितको नाम र थर:दरबारी थारू, लक्ष्मीराम थारू, तुल्सीराम थारू, बाबुराम थारू, कालीराम थारू
- ठेगाना:बर्दिया जिल्ला मोतीपुर गाविस
- उजुरीको सङ्क्षिप्त व्यहोरा:बर्दिया जिल्ला मोतीपुर गाविस वडा नं.- ५ बस्ने दरबारी थारू, लक्ष्मीराम थारू, तुल्सीराम थारू, बाबुरामथारू, बाँधु थारू र कालीराम थारूलाई सुरक्षाकर्मीले पक्राउ गरी बेपत्ता पारेकोसम्बन्धमा आयोगको अनुसन्धान टोलीको प्रतिवेदनअनुसार दरबारी थारू, लक्ष्मीराम थारू र बाबुराम थारूलाई मिति २०५८/१०/१२ गते र बाँधु थारू, तुल्सीराम थारू र कालीरामथारूलाई मिति २०५९/६/१६ गते घरघरबाटै पक्राउ गरी बेपत्ता बनाएको बुझियो
- उल्लङ्घनकर्ता:सुरक्षाकर्मी
- आयोगको निर्णय:यस घटनाबाट निजहरूको गम्भीर मानवअधिकार उल्लङ्घन भएकोले बेपत्ता पारिएका दरबारी थारू, तुल्सीराम थारू, लक्ष्मीराम थारू, बाबुराम थारू, कालीराम थारू, बाँधु थारूको अवस्था यथाशीघ्र सार्वजनिक गर्न, घटनामा संलग्न दोषी पहिचान गरी कानुनबमोजिम कारबाही गर्न र पीडतिका कानुनबमोजिमका हकवालालाई अन्तरिम राहत स्वरूप जनही रु. १,००,०००/- प्रदान गर्न नेपाल सरकारलाई सिफारिस गर्ने भन्ने मिति २०६६/८/८ को निर्णय
- आयोगबाट पठाइएको पत्रको विवरण:च. नं. ९४७ संरक्षण ८५० मिति २०६६/८/२२ गते प्र.म.म.प.को कार्यालयलाई आयोगको निर्णय सिफारिस गरिएको