2002-09-16 - incident - Ramechhap district २०५९-०५-३१ - घटना - रामेछाप जिल्ला

Archive ref no: NCA-07270 अभिलेखालय सि. नं.: NCA-07270

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • क्र.सं.:१०४
  • पीडितको नाम र थर:मीनबहादुर नेपाली
  • ठेगाना:गोठगाउँ गाविस वडा नं.- ७, रामेछाप
  • उजुरीको सङ्क्षिप्त व्यहोरा:रामछेाप जिल्ला गोठगाउँ गाविस वडा नं.- ७ निवासी मीनबहादुर नेपालीलाई मिति २०५९ /५/३१ गते आफ्नै घरमा बसरिहेको अवस्थामा सशस्त्र सुरक्षाफौजले पक्राउ गरी कब्जामा लिइसकेपछि गोठगाउँ तथा साँघटुार गाविसको सिमानामा पर्ने कमलबारीस्थित सल्लाघारीमा गोली हानी हत्या गरेकाले दोषीलाई कारबाही गरी पीडितलाई उचित क्षतिपूर्ति दलिाई भराई पाऊँ भनी आयोगमा प्राप्त उजुरी निवेदन
  • उल्लङ्घनकर्ता:सुरक्षाकर्मी
  • आयोगको निर्णय:दोषी सुरक्षाकर्मीको पहिचान गरी आवश्यक कानुनी कारबाही गर्न तथा मृतकको पीडित परिवारलाई जनही रु. १,५०,०००/- क्षतिपूर्ति उपलब्ध गराउन नेपाल सरकारलाई सिफारिस गर्ने मिति २०६३/२/३० को निर्णय
  • आयोगबाट गरिएको सिफारिसको विवरण:आयोगको ७ मिति २०६३/४/२ मा प्रधानमन्त्री तथा मन्त्रिपरिषद् को कार्यालयलाई आयोगको निर्णय कार्यान्वयनको लागि पत्राचार गरिएको
  • कार्यान्वयनको स्थिति:प्र.म.म.का.को च. नं. ३७२ मिति २०६६/१०/२२ मा जनही रु. १,००,०००/- क्षतिपूर्तिसम्बन्धी जि.प्र.का.बाट भुक्तानी पाउने गरी निकासा फुकुवा पठाइएको भन्ने व्यहोरा रहेको शान्ति प्रक्रिया सहयोग आयोजनाको च. नं. १३८ मिति २०६६/८/२४ संलग्न भएको पत्र प्राप्त
  • कैफियत:आंशिक

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री