2002-09-09 - incident - Nuwakot district २०५९-०५-२४ - घटना - नुवाकोट जिल्ला

Archive ref no: NCA-07150 अभिलेखालय सि. नं.: NCA-07150

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • क्र.सं.:१९४
  • पीडितको नाम र थर:राजाराम भण्डारी
  • ठेगाना:जिल्ला नुवाकोट थानसिब गाविस वडा नं.- २
  • उजुरीको सङ्क्षिप्त व्यहोरा:मिति २०५९/५/२४ गते जिल्ला नुवाकोट थानसिङ गाविस वडा नं.- २ बस्ने राजाराम भण्डारीलाई आफ्नै घरबाट सादा पोसाकमा आएका सुरक्षाकर्मी (नेपाली सेना) ले पक्राउ गरी बेपत्ता पारी गैरन्यायिक हत्यागरेकोले दोषीलाई कारबाही गरी पीडितलाई क्षतिपूर्तिको लागि आयोगमा उजुरी पर्न आएको
  • उल्लङ्घनकर्ता:सुरक्षाकर्मी
  • आयोगको निर्णय:गैरन्यायिक हत्यामासंलग्न सुरक्षाकर्मी (सेना) को पहिचान गरी फौजदारी अभियोगमा कारबाही चलाउन र पीडित परिवारको भरणपोषणको लागि आयोगको (उजुरी, कारबाही र क्षतिपूर्ति निर्धारण) नियमावली, २०५७ को नियम १७ बमोजिम रु. ३,००,०००/- क्षतिपूर्ति उपलब्ध गराउन नेपाल सरकारलाई सिफारिस गर्नेभन्ने मिति २०६५/७/५ को निर्णय
  • आयागेबाट गरिएको सिफारिसको विवरण:च. नं.१४४८ संरक्षण ७९१ मिति २०६५/९/९ मा प्र.म.म.प.को कायार्लय र शान्ति तथा पुन:निर्माण मन्त्रालयलाई आयोगको निर्णय सिफारिस गरिएको
  • कार्यान्वयनको स्थिति:*गृह मन्त्रालयको च.नं. ६२० मिति २०६६/२/३१ मा जि.प्र. का. नुवाकोटलाई रु. ३,००,०००/- क्षतिपूर्तिको ड्राफ्ट पठाइएको पत्रको बोधार्थ प्राप्त, गृह मन्त्रालयको २०६५/१२/३१ को निर्णयानुसार रु. ३,००,०००/- क्षतिपूर्तिउपलब्ध गराएको मिति २०६६/७/१० को च. नं. ७३ मा प्र.म.म.प.को पत्र प्राप्त, प्र.म.म.का.को च. नं. ३७२ मिति २०६६/१०/२२ मा जनही रु. १,००,०००/- क्षतिपूर्तिसम्बन्धी जि.प्र.का.बाट भुक्तानी पाउने गरी निकासा फुकुवा पठाइएको भन्ने व्यहोरा रहेको शान्ति प्रक्रिया सहयोग आयोजनाको च. नं. १३८ मिति २०६६/८/२४ संलग्न भएको पत्र प्राप्त
  • कैफियत:आंशिक

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री