2002-03-15 - incident - Kathmandu district २०५८-१२-०२ - घटना - काठमाडौं जिल्ला

Archive ref no: NCA-04402 अभिलेखालय सि. नं.: NCA-04402

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • क्र.सं.:१५६
  • पीडितको नाम र थर:कान्छा डङ्गोल
  • ठेगाना:का.जि. सरस्वती गाविस वडा नं.- ३ टोखा
  • उजुरीको सङ्क्षिप्त व्यहोरा:का.जि. सरस्वती गाविस वडा नं.- ३ बस्ने वर्ष ३९ को कान्छा डङ्गोल लाई मिति २०५८/१२/२ गते साँझ नेपाली सेनाको गस्ती टोलीले गरिफ्तार गरी २०५८/१२/६ गते शक्षिण अस्पतालमा लाश ल्याई दोहोरो भीडन्तमा मारिएको भनी मानवअधिकारको उल्लङ्घन गरेकोले दोषीलाई कारबाही गरी पीडितलाई क्षतिपूर्ति उपलब्ध गराई पठाउन आयोगमा उजुरी पर्न आएको
  • उल्लङ्घनकर्ता:सुरक्षाकर्मी
  • आयोगको निर्णय:निजको मृत्युसम्बन्धमा पुर्पक्ष गर्न गठित सैनिक अदालतबाट दोषी सैनिकमध्ये २ जनालाई ३ महनिा कैद र कमाण्डरलाई सेवाबाट राजनिामा गराइएको भनी मानवअधिकार उल्लङ्घन भएको तथ्य स्वयम् स्वीकार गरी दोषीलाई कारबाहीसमेत भइसकेको देखिँदा केही गरिरहुन परेन। सो घटनाको कमाण्डरको नाउँ नेपाली सेना जङ्गी अड्डाबाट बुझी अभलिेखीकरण गर्ने ठहर्छ। मानवअधिकारको उल्लङ्घनबाट पीडित परिवारलाई आयोगको (उजुरी, कारबाही तथा क्षतिपूर्ति निधार्रण) नियमावली, २०५७ को नियम १७ बमोजिम रु. ३,००,०००/- क्षतिपूर्ति उपलब्ध गराउन र मृतकका बालबालिकालाई नि:शुल्क पठनपाठनको व्यवस्था मलिाउनसमेत नेपाल सरकारलाई सिफारिस गरी पठाउने भनी मिति २०६४/१०/३ मा निर्णय गरिएको
  • आयोबाट गरिएको सिफारिसको विवरण:*च.नं. ३७६६ संरक्षण ३१९ मिति २०६५/६/५ गते प्र. म.म.प.को कार्यालयलाई आयोगको निर्णय सिफारिस गरिएको, च. नं. ३७६६ संरक्षण ३१४ मिति २०६५/६/५ गते शान्ति तथा पुननिर्माण मन्त्रालयलाई आयोगको निर्णय सिफारिस गरिएको
  • कार्यान्वयनको स्थिति:गृह मन्त्रालयको २०६५/७/१८ को निर्णयानुसार रु. ३,५०,०००/- क्षतिपूर्ति उपलब्ध गराएको मिति २०६६/७/१० को च. नं. ७३ मा प्र. म.म.प.को पत्र प्राप्त
  • कैफियत:आंशिक

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री