2002-02-21 - incident - Dhanusha district २०५८-११-०९ - घटना - धनुषा जिल्ला

Archive ref no: NCA-03893 अभिलेखालय सि. नं.: NCA-03893

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • क्र.सं.:१४
  • पीडितको नाम र थर:रामपरी देवी
  • ठेगाना:पतनकुा, धनुषा
  • उजुरीको सङ्क्षिप्त व्यहोरा:जिल्ला धनुषा पतनुका गाविस वडा नं.- ३ बस्ने ४५ की रामपरी देवीलाई बोक्सीको आरोपमा स्थानीय दु:खमोचन साह, रामइश्वर साह, रघुनी साह, शंकर साह र सन्तोष साहलगायतका व्यक्तिहरूले अमानवीय व्यवहार तथा कुटपिट गरी पटकपटक यातना दिएको कारण टाउकोमा चाटे पटक लागेको तथा बेहासे भएको भन्ने मिति २०५८ फागनु ९ गतेको विभनि्न पत्रपत्रिकामाप्रकाशित समाचारबाट आयोगको ध्यानाकर्षण भई आयोगको आफ्नै सक्रियतामा कारबाही अगाडि बढाइएको
  • उल्लङ्घनकर्ता:स्थानीय व्यक्तिहरू
  • आयोगको निर्णय:निजलाई रु. ३०,०००/- क्षतिपूर्ति स्वरूप उपलव्ध गराइदिने सम्बन्धमा मन्त्रिपरिषद्‍को सविचालयमार्फत् श्री ५ को सरकारलाई लेखी पठाउने मिति २०६०/१/२३ को निर्णय
  • आयोगबाट पठाइएको पत्र मिति:*च. नं. १५९९ मिति २०६०/३/४ मा मन्त्रिपरिषद् सचिवालयमा निर्णय कार्यान्वयनका लागि पत्राचार गरिएको संरक्षण २१८३ मिति २०६०/६/२१ मा पुन:प्रधानमन्त्री तथा मन्त्रिपरिषद्‍को कार्यालयमा ताकेता, च. नं. १८३ (ए) संरक्षण २८८१ मिति ०६२ /०३/३१ मा जि.प्र.का. धनुषासँग पीडितहरूले क्षतिपूर्ति रकम पाए/नपाएको सम्बन्धमा जानकारीका लागि पत्राचार
  • कार्यान्वयनको स्थिति:गृह मन्त्रालय (आर्थिक प्रशासन शाखा)को मिति २०६०/८/१७ को पत्रानुसार पीडितलाई उपलव्ध गराउन जिल्ला प्रशासन कार्यालय धनुषामा रु. ३०,०००/- को ड्राफ्ट पठाइएको भन्ने जानकारी पत्र प्राप्त
  • कैफियत:पूर्ण

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री