2001-09-03 - incident - Parsa district २०५८-०५-१८ - घटना - पर्सा जिल्ला

Archive ref no: NCA-02484 अभिलेखालय सि. नं.: NCA-02484

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • क्र.सं.:२१
  • पीडितको नाम र थर:मनतुरिया देवी साह
  • ठेगाना:पर्सा
  • उजुरीको सङ्क्षिप्त व्यहोरा:जिल्ला पर्सासिसरि्या गाविस वडा नं.- ९ निवासी ७० वर्षीया मनतुरियादेवी साहलाई बोक्सीको आरोपमा साहेी गाविस ९ का वडाअध्यक्ष लालबाबु रावत कुर्मीको सक्रियतामा स्थानीय बासिन्दाहरूले निजको छारेा दीपेन्द्र साह र उनी श्रीमती देवादी साहलाई कुटपिट गरी मनतुरीय देवीलाई दिशा पिसाब खुवाई बेहोस अवस्थामा पुर्‍याएको भन्ने मिति २०५८/५/१८ गतेको विभनि्न पत्रपत्रिकामा प्रकाशित समाचारप्रति आयोगको ध्यानाकर्षणभई आयोगको आफ्नै सक्रियतामा प्रस् तुत विषयमा छानबिन कार्य प्रारम्भ भएको
  • उल्लङ्घनकर्ता:स्थानीय व्यक्तिहरू
  • आयोगको निर्णय:निजलाई रु.३०,०००/- क्षतिपूर्तिस्वरूप उपलव्ध गराइदिने सम्बन्धमा मन्त्रिपरिषद् सविचालयमार्फत् श्री ५ को सरकारलाई लेखी पठाउने मिति २०६०/१/२३ को निर्णय
  • आयोगबाट पठाइएको पत्र मिति:*च.नं. १५९९ मिति २०६०/३/४ मा मन्त्रिपरिषद् सचिवालयमा निर्णय कार्यान्वयनका लागि पठाइएको, संरक्षण २१८४ मिति २०६०/६/२१ मा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्‍को कार्यालयमा ताकेता
  • कार्यान्वयनको स्थिति:गृह मन्त्रालय (आर्थिक प्रशासन शाखा)को च. नं. ६६४ मिति २०६०/९/२१ को पत्रानुसार पीडितलाई उपलव्ध गराउन जिल्ला प्रशासन कार्यालय पर्सामा रु. ३०,०००/- को ड्राफ्ट पठाइएको भन्ने जानकारी पत्र प्राप्त
  • कैफियत:पूर्ण

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री