1998-01-21 - incident - Jumla district २०५४-१०-०८ - घटना - जुम्ला जिल्ला

Archive ref no: NCA-00218 अभिलेखालय सि. नं.: NCA-00218

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • क्र.सं.:२८५
  • पीडितको नाम र थर:तुलबहादुर बुढा र मुनबहादुर बुढा
  • ठेगाना:जुम्ला जिल्ला ढाँटा गाविस वडा नं.- ९ तल्लो खापेरी
  • उजुरीको सङ्क्षिप्त व्यहोरा:जुम्ला जिल्ला ढाँटागाविस वडा नं.- ९ तल्लो पोखरी बस्ने सहादेर दाजभुाई तुलबहादुर बुढा र मुनबहादुर बुढाको गैरकानुनी हत्या भएको सम्बन्धमा आयोगको अनुसन्धान टोलीको प्रतिवदेनअनुसार मिति २०५४ साल माघ ८ गते सिलाजित काटन् जङ्गल गएकामेा निजहरू जङ्गलबाट फर्कंदै गर्दा प्रहरी सुरक्षाकमीर्हरूले नियन्त्रणमा लिई एक जना व्यक्तिको घरमा लगी सो घरभित्रै गोली हानी हत्या गरेको पाइयो
  • उल्लङ्घनकर्ता:सुरक्षाकर्मी
  • आयोगको निर्णय:यसबाट निजहरूको बाँच्न पाउने अधिकारको उल्लङ्घन भएकोले पीडितको कानुनबमोजिमको हकवालालाई जनही रु. ३,००,०००/- क्षतिपूर्ति प्रदान गर्न र दोषी सुरक्षाकर्मी पहिचान गरी कारबाही गर्न नेपाल सरकारलाई सिफारिस गर्ने भन्ने मिति २०६६/७/१७ को निर्णय
  • आयोगबाट गरिएको सिफारिसको विवरण:च.नं. ९०२ संरक्षण १६ मिति २०६६/८/२२ मा प्र.म.म.प.को कार्यालयलाई पत्राचार गरिएको
  • कार्यान्वयनको स्थिति:-
  • कैफियत:नभएको

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री