0000-00-00 - incident - Dang district ००००-००-०० - घटना - दाङ जिल्ला

Archive ref no: NCA-18266 अभिलेखालय सि. नं.: NCA-18266

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • क्र.सं.:१५९
  • पीडितको नाम र थर:मृतकहरू चडुामणि श्रेष्ठ, धर्म नेपाली, मनोज नेपाली, टोपबहादुर नेपाली, टोपबहादुर वि. क., राम कुमार नेपाली, श्यामकुमार विश्वकर्मा, रववििश्वकर्मा, खमिलाल नेपाली घाइतेहरू पुनराम वि.क., भक्तबहादुर नेपाली
  • ठेगाना:दाङ जिल्ला फूलबारी गाविस वडा नं.- ४, बाख्रे
  • उजुरीको सङ्क्षिप्त व्यहोरा:दाङ जिल्ला फूलबारी गाविस- ४ स्थित बाख्रे भन्ने टोलमा धर्म नेपालीको घरमा राँगो काटेर खाने क्रममा संयुक्त सुरक्षाफौजले माओवादीको आशंकामा सर्वसाधारण चुडामणि श्रेष्ठ, धर्म नेपाली, मनाजे नेपाली, रामपुर बस्ने टोपबहादुर नेपाली, टोपबहादुर वि. क., रामकुमार नेपालीलाई गोली हानी मारेको तथा पनुाराम वि.क. र भक्तबहादुर नेपालीको सुरक्षाकर्मीको पिटाइको कारण उपचार गराउँदागराउदँै केही समयपछि मृत्यु तथा श्यामकुमार विश्वकर्मा, रवि विश्वकर्मा र खमिलाल नेपालीलाई सुरक्षाकर्मीले दिएको यातनाको कारण हालसम्म पनि औषधोपचार गर्नपुर्ने भन्ने आयोगको क्षेत्रीय कार्यालय नेपालगञ्जमा दर्ता उजुरी निवेदन
  • उल्लङ्घनकर्ता:सुरक्षाकर्मी
  • आयोगको निर्णय:दोषी सुरक्षाकर्मीलाई कारबाही गर्नुका साथै पीडित परिवारलाई राष्ट्रिय मानवअधिकार आयोग (उजुरी, काबाही तथा क्षतिपूर्ति निर्धारण) नियमावली, २०५७ को नियम १७ बमोजिम मृतकको परिवारलाई जनही रु. १,००,०००/- क्षतिपुर्ति उपलब्ध गराउन सिफारिस गरी पठाउने ठहर्छ साथै घाइते व्यक्तिहरू पुनराम वि.क. र भक्तबहादुर नेपालीको उपचार गराउँदागराउँदैको अवस्थामा मृत्यु भएको पाइएकोले निजको परिवारलाई जनही रु. २५,०००/- का दरले क्षतिपूर्ति उपलब्ध गराउन र यातनाकै कारण उपचार गराइरहेका श्यामकुमार विश्वकर्मा, रविविश्वकर्मा र खमिलाल नेपालीलाई जनही रु. २५,०००/- का दरले क्षतिपूर्ति उपलब्ध गराउनको लागि नेपाल सरकार समक्ष लेखी पठाउने ठहर्छ भन्ने मिति २०६४/१०/६ को निर्णय निजको मृत्यु भएको देखिएकोले राष्ट्रिय मानवअधिकार आयोग उजुरी, कारबाही तथा क्षतिपुर्ति निर्धारण) नियमावली, २०५७ को नियम १७ बमोजिम रु. १,००,०००/- क्षतिपूर्ति उपलब्ध गराउनको लागि नेपाल सरकारसमक्ष लेखी पठाउने ठहर्छ भन्ने मिति २०६४।१०।६ को निर्णय
  • आयोबाट गरिएको सिफारिसको विवरण:च. नं. ८८४/नेपालगञ्ज संरक्षण ३१६ मिति २०६५/६/५ गते प्र.म.म.प.को कार्यालयलाई आयोगको निर्णय सिफारिस गरिएको, च. नं. ८८४/नेपालगञ्ज संरक्षण ३१३ मिति २०६५/६/५ गते शान्ति तथा पुन निर्माण मन्त्रालयलाई आयोगको निर्णय सिफारिस गरिएको
  • कार्यान्वयनको स्थिति:गृह मन्त्रालयको २०६५/७/१८ को निर्णयानुसार आयोगको निर्णयअनुसार क्षतिपूर्ति उपलब्ध गराएको तथा दोषी सुरक्षाकर्मीलाई कारबाही गर्न प्र.प.का.लाई निर्देशन दिइएको मिति २०६६/७/१० को च. नं. ७३ मा प्र.म.म.प.को पत्र प्राप्त, प्र.म.म.का.को च. नं. ३७२ मिति २०६६/१०/२२ मा जनही रु. १,००,०००/- क्षतिपूर्तिसम्बन्धी जि.प्र.का.बाट भुक्तानी पाउने गरी निकासा फुकुवा पठाइएको भन्ने व्यहोरा रहेको शान्ति प्रक्रिया सहयोग आयोजनाको च. नं. १३८ मिति २०६६/८/२४ संलग्न भएको पत्र प्राप्त
  • कैफियत:पूर्ण

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री