2003-09-01 - document - CPN-M२०६०-०५-१५ - दस्तवेज - नेकपा-मा

Archive ref no: NCA-18800 अभिलेखालय सि. नं.: NCA-18800

एच. ई. कोफी अन्नान

सेप्टेम्बार-१, २००३

महासचिव

संयुक्त राष्ट्र संघ

महामहिम,

पूरानो राजतन्त्रात्मक राज्यसत्ता र हाम्रो पार्टीद्वारा नेतृत्व गरिएको क्रान्तिकारी प्रजातान्त्रिक शक्तिहरु बीचको वार्ता भंग भएका बारेमा सम्मानित अन्तर्राष्टि्रय अंग संयुक्त राष्ट्र संघका तर्फबाट तपाईले व्यक्त गर्नु भएको गहिरो अभिरुचिको हामी उच्च मूल्यांकन गर्दछौं।

नसुल्भि्कएका सबै समस्याहरुको समाधान भविष्यमा संवाद र शान्तिपूर्ण ढंगवाट खोज्न तपाईले भन्नुभएको कुरालाई हामीले उच्च जिम्मेवारीवोधका साथ लिएका छौं।

विश्व समुदाय राम्ररी जान्दछ कि : बन्धुहत्यारा र राजाहत्यारा 'राजा' ज्ञानेन्द्रले अक्टोबर देखि कमजोर संसदीय संस्थाहरु सहित सबै प्रजातान्त्रिक र नागरिक अधिकारहरु क्रमश: खोस्दै छ र परम्परागत रुपमा भरौटे शाही सेना माथि अडिएको शाही सैनिक तानाशाही स्थापना गरिरहेको छ। शाही फसीवाद विरुद्ध हाम्रो पार्टी लगायत संसदीय पार्टीहरु र गैर संसदीय पार्टीहरुले देशमा हाल नेतृत्व गर्दै संचालन गरेको शक्तिशाली प्रतिरोध आन्दोलनबाट निरंकुश राजतन्त्र पूर्णत: एक्लिएको छ र केही विदेशी शक्तिहरुको आडमा बढदै गएको क्रुर सैनिक शक्तिद्वारा बाँचिरहेको छ।

जेहोस, दुई सशस्त्र शक्तिहरु बीच उत्पन्न भएको राजनैतिक शक्ति सन्तुलन र देशको संवेदनशील भू-राजनैतिक अवस्थितिलाई ध्यान दिंदै हाम्रो पार्टी जनवरी २९ पछि युद्धविरामका लागि सहमत भयो। समस्याहरुको अग्रगामी राजनीतिक निकास निकाल्न पत्ता लगाउन पूरानो सत्तासंगको वार्ता प्रकवश गर्‍यो। अप्रील २७ गतेको पहिलो चरणको वार्तामै हामीले नेपालमा विगत आधा शताब्दी पूरानो राजतन्त्र र प्रजातन्त्रबीचको विवादलाई शान्तिपूर्ण ढंगबाट अन्त्य गर्न गोलमेच सम्मेन, अन्तरिम सरकार र संविधान सभाको तीन बूँदें सहमतिको प्रस्ताव गर्‍यो। तर, धेरै आलटाल पछि राजतन्त्रात्मक राज्यसत्ताले त्यो अस्वीकार गर्‍यो र मूलुकका हरेक जीवनका जनताबाटको समर्थनलाई कुल्चदैं त्यसको सट्टामा राजमुकुटको निरन्तरता र शाही सैनिक तानाशाहीलाई सुदृढ बनाउने तीब्र प्रतिगामी राजनीतिक एजेण्डा अगस्त १७-१९ को तेश्रो चरणको वार्तामा अघि सार्‍यो।

राजतन्त्रात्मक राज्यसत्ताद्वारा वार्ताकै बीचमा हतारमा अघि सारिएको कथित 'अवधारणा पत्र' उसको प्रतिक्रियावादी र प्रजातन्त्र विरोधी, निरंकुश राजतन्त्रलाई दीर्घकालीन बनाउने चलाखी हो भन्ने कुरा खुलासा गर्न पर्याप्त थियो। जबकि यो वर्तमान सत्तामा सामान्य सुधारका लागि आन्दोलित संसदीय पार्टीद्वारा नै अस्वीकार गरिएको छ।

संविधान सभा जस्तो प्रजातान्त्रिक प्रकृया मार्फत, मूलुकको अग्रगामी राजनीतिक निकास विरुद्ध राजतन्त्र र यसको समर्थित आधार शाहीसेनाको मूर्खतापूर्ण अडानले वार्ताको भविष्यलाई बन्द गरिदियो जुन औपचारिक रुपमा अगस्त २७ मा भंग भयो।

यसबाहेक, जहाँसम्म हाम्रो पार्टी र जनमुक्ति सेना विरुद्ध शाहीसेनाको दर्जनौंको हत्याका जुन भ्रमात्मक बाँसुरी बजाई रहेको छ, हामीले युद्धविरामको कडाईपूर्वक निरिक्षण गरिरहेका छौं। जस्तो कि तेश्रो वार्ताको पूर्व सन्ध्यामा पूर्वी नेपालको रामेछापको दोरम्वामा १९ जना हाम्रा नि:सस्त्र कार्यकर्ता र सामान्य जनताको क्रुरतापूर्वक हत्या गरेर शाही सेनाले आफनो असभ्य व्यवहार प्रकट गरेको छ। आफनो प्रजातन्त्र विरोधी तथा सैन्यवादी चरित्र र प्रगतीशील राजनीतिक समाधानलाई अस्वीकार गरेर उसैद्वारा गरिएको शान्तीवार्ताको वस्तुगत समाप्तीलाई ढाकछोप गर्न राजतन्त्रात्मक सत्ता अहिले क्रान्तिकारी प्रजातान्त्रीक शक्ति विरुद्ध निर्लज्जतापूर्वक गोयवल्स शैलीको दुश्प्रचार अभियानमा लागेको छ त्यसको सबैतिरबाट भण्डाफोर र भर्त्सना हुन आवश्यक छ।

हामी आशा गर्दछौं कि हालसालै नेपालमा भईरहेको क्रान्तिकारी प्रजातान्त्रिक शक्तिहरु र सामन्ती राजतन्त्रात्मक शक्तिहरु बीचको जीवन र मृत्युको जटील संघर्षलाई विश्व समुदायले मूल्यांकन र शान्तिपूर्ण ढंगबाट नै अग्रगामी राजनीतिक निकास पत्ता लगाउने हाम्रो प्रतिबद्धता एक पटक पुन: दोहोर्‍याउँद छौं। तर, राजतन्त्रात्मक सत्ताद्वारा आफना आधारभूत अधिकारका लागि लडिरहेका जनता विरुद्ध गरिएको स-शस्त्र आक्रमणको स-शस्त्र प्रतिरोध गर्नु हाम्रो कर्तव्य हो भन्ने ठान्दछौं। अन्तमा, हामी सामान्यतया विश्व समुदाय र विशेषगरी संयुक्त राष्ट्र संघसंग अपील गर्दछौं कि : नेपालमा भएका सबै प्रकारका सैनिक हस्तक्षेप विरुद्ध जे सकिन्छ सबै गरियोस र नेपाली जनतालाई आफनो भविष्यको फैसला आफै गर्न दिईयोस।।

उपलब्धीमूलक आपसी सम्बन्धहरुको हार्दिकतापूर्वक प्रतिक्षा गर्दै -

प्रचण्ड

अध्यक्ष

के.स.ने.क.पा.(माओवादी)